×

NMB BANK
NIC ASIA

निजी क्षेत्रको प्रतिष्ठा बढाउने गरी काम गर्नेछु - वरिष्ठ उपाध्यक्ष ढकाल

फागुन २५, २०७९

NTC
Premier Steels

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रलाई समाज र राज्यले हेर्ने दृष्टिकोणमा व्यापक परिवर्तन गर्न आवश्यक रहेको बताएका छन्। 

Muktinath Bank

नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको छैठौँ प्रदेश सभालाई प्रमुख अतिथिको रूपमा सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले भने, 'निजी क्षेत्रलाई सम्मानित बनाउने गरी र निजी क्षेत्रको खस्किएको साखलाई पुनःस्थापित गर्ने गरी काम गर्नुपर्नेछ । यसका लागि हामीले सकेसम्म जिल्ला नगर, प्रदेश र केन्द्रको नेतृत्व सर्वसम्मतरुपमा चयन गर्न आवश्यक छ । निजी क्षेत्रका मागहरू पूरा गर्न बलियो र सशक्त निजी क्षेत्र बनाउनुपर्नेछ ।'


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले सस्तो लोकप्रियता र भीडमा तालीका लागि मात्र गैरजिम्मेवार ढंगले विषयवस्तु नउठाउन सबैलाई आग्रह गरे। ​


Advertisment
Nabil box
Kumari

कोभिड-१९ का कारण मुलुकको आर्थिक अवस्था बिग्रिएकाले वैदेशिक रोजगारमा जाने क्रम घट्दा नेपाल फर्किएका कामदारहरू तत्काल विदेश जान नपाएका र त्यसले रेमिट्यान्स आप्रवाहमा कमी आएको उनको भनाइ थियो। 

Vianet communication

त्यस्तै, बाह्य पर्यटकको संख्या घट्दा र बैंकमा लगानी योग्य तरलताको अभाव हुँदा धेरै उद्योग व्यवसायहरू खुम्चिन बाध्य भएको उनले बताए। 

'कोरोना भाइरसको समयमा ६ महिनाको अवधिमा बैंकहरूबाट साढे ४ खर्ब रुपैयाँ कर्जा गएको छ । त्यसबेला जब बैंकमा तरलता बढ्यो त्यो समयमा बैंकले उद्योगी व्यवसायीहरूलाई कर्जा लिन प्रोत्साहन गरेका थिए ।बैंकहरूले पनि सहज रूपमा कर्जा दिएकै हुन् ।  उद्योगी व्यवसायीहरूले कर्जा लिएर घर जग्गा किनेको पनि हो,' उनले भने। 

तर कोरोना भाइरसपछि वैदेशिक रोजगारमा जाने क्रममा कमी आएको र गएकाहरू पनि फर्किएका उनले बताए।

यस बेला पर्यटकहरू आउने क्रम पनि रोकिएको उनले खुलाए। 'तब, बैंकमा रहेको तरलता सकिँदै गयो । त्यसपछि नेपाल राष्ट्र बैंकले बैंकहरूलाई तरलता व्यवस्थापन गर्न मुद्दतीमा ५० प्रतिशत र बचतमा १०० प्रतिशतजस्तो ब्याज बढाउने नीति लियो । त्यसको फलस्वरुम करिब ८ प्रतिशत मात्र तरलता बैंकमा आयो । तर, यसले बैंकको लागत बढ्न गयो । बैंकको व्याज बढेपछि तरलता बढ्छ भनेको त्यसो हुन सकेन,' ढकालले भने। 

उनले अर्थतन्त्रका केही कुराहरूमा सुधार आएको र अर्थतन्त्र अहिलेको अवस्थाभन्दा नबिग्रने विश्वास व्यक्त गरे। 

'वैदेशिक रोजगारमा जानेको संख्या पनि बढेको छ । विदेशबाट आउने पर्यटकको संख्या पनि बढ्न थालेको छ । रेमिट्यान्सको आप्रवाह पनि बढेको छ । बैंक तथा वित्तीय संस्थाहरूमा तरलताको अवस्थामा पनि सुधार देखिएको छ । र, आउने दिन आउने दिनमा अर्थतन्त्र यो भन्दा धेरै बिग्रिन्छ भन्ने मलाई लाग्दैन । केही न केही सुधार हुने मलाई विश्वास छ,' उनले भने। 

हरेक असजिलोमा संघर्ष गरेर सहज परिस्थितिको अपेक्षा गरेर बस्ने निजी क्षेत्र सानातिना असहजताबाट आत्तिन नहुने पनि उनले बताए। 

उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्वमा महिलाहरूको प्रतिनिधित्वमा पूर्ण समर्थन जनाउँदै उनले आफ्नो कार्यकालमा महासंघमा महिला प्रतिनिधित्व बढाउन पूरापूर प्रयास गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे। 

उनले महासंघको विधानमा रहेका केही प्रावधान नमिलेको भन्दै त्यसलाई संशोधन गरेर अगाडि बढ्ने विश्वास दिलाए। 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x