×

NMB BANK
NIC ASIA

बिलखबन्दमा सत्ता गठबन्धन दल

निर्वाचन आयोगका कारण सत्ता गठबन्धनलाई तनावः उपराष्ट्रपति चिप्लने डरले तीन उम्मेदवार !

फागुन २७, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

निर्वाचन आयोगले उपराष्ट्रपति पुरुष हुन नसक्ने आशयको विज्ञप्ति जारी गरेपछि सत्ता गठबन्धनमा आबद्ध दललाई एउटा मात्रै उम्मेदवार अगाडि सार्न सकस परेको छ ।

Muktinath Bank

उपराष्ट्रपतिमा उम्मेदवार मनोनयन गर्नुअघि बसेको सत्ता गठबन्धनको बैठकमा आयोगको व्याख्यामा एकरूपता नदेखिएपछि यसको कानुनी व्याख्यामा थप छलफल गर्ने तयारी भएको लोसपाका नेता शरतसिंह भण्डारीले जानकारी दिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘आज २ बजेसम्म उपराष्ट्रपतिमा उम्मेदवारी दिने समय छ । तर निर्वाचन आयोगले राष्ट्रपति पुरुष भएपछि उपराष्ट्रपति महिला हुनुपर्ने वा पुरुष नै भए पनि हुने भन्नेमा छिनछिनमा फरक व्याख्या गर्दा समस्या भयो’, भण्डारीले लोकान्तरसँग भने, ‘संविधानले राष्ट्रपति र उपराष्ट्रपति फरक फरक लिंग वा समुदायका हुने भनेको छ । तर आयोगले फरक व्याख्या गरेपछि यसको कानुनी व्याख्याबारे हामी छलफल गर्दैछौं । छलफलपछि दिउसोसम्म एउटा टुंगोमा पुग्छौं ।’


Advertisment
Nabil box
Kumari

निर्वाचन आयोगको यही व्याख्यापछि एमालेले चलाखलीपूर्ण रूपमा अष्टलक्ष्मी शाक्यलाई उपराष्ट्रपतिको उम्मेदवार बनाएको छ ।

Vianet communication
Laxmi Bank

यसपछि सत्ता गठबन्धनका दल झन् अप्ठ्यारोमा परेका हुन् । निर्वाचन आयोगले पुरुष उम्मेदवारको मनोनयन दर्ता नगर्दा उपराष्ट्रपति नै चिप्लिन सक्ने डर सत्ता गठबन्धनमा देखिएको छ । यसैले उनीहरूले उपराष्ट्रपतिमा तीन जना उम्मेदवारलाई अगाडि सार्ने तयारी गरेका छन् ।

तीन उम्मेदवारले नै उम्मेदवारी दर्ता गरे पनि अन्तिममा एउटा मात्रै उम्मेदवारी कायम गरेर जाने पक्षमा सत्ता गठबन्धनमा आबद्ध दल पुगेका हुन् ।

‘अन्योलका बीच सत्ता गठबन्धनमा तीन जना उपराष्ट्रपतिको उम्मेदवारको प्रस्ताव आएको छ । महिला नै हुनुपर्ने भए एउटै मात्र अगाडि सार्छौँ’, भण्डारीले भने, ‘यसैले जनमतले ममता झा र जसपाबाट रामसहायप्रसाद यावद र अर्को एक जना महिला उम्मेदवारको नाम अगाडि सारेका छन् ।'

उम्मेदवारी दिनु अगावै कानुनी विषय टुंगिए एक जना मात्रै उम्मेदवार हुने नभए महिला नै उम्मेदवार कायम राख्न फरकफरक दलबाट फरक लिंगका उम्मेदवार अघि सार्न सत्ता गठबन्धनलाई बाध्यता आइलागेको हो । 

‘बैठकपछि जनमत पार्टीका अध्यक्ष सीके राउतले आफ्नो दलबाट ममता झा उम्मेदवार हुने र जसपाले पनि दुई जना उम्मेदवार उठाउने जानकारी दिए । 

‘१० दलको बैठक बस्यौं । उपराष्ट्रपतिको उम्मेदवारबारे छलफल  भयो । निर्वाचन आयोगले नै महिला उम्मेदवार उठाउनुपर्छ भनेको छ । हामीले पनि महिला उठाउनुपर्छ भनेपछि रिस्क नलिने भएका हौं ।  निर्वाचन आयोगले संविधानको ३८ (४) लाई कोट गरेको छ’, राउतले भने, ‘राष्ट्रपति पुरुष भएपछि उपराष्ट्रपति महिला हुनुपर्छ भनेको छ । यसैले जनमतले ममता झालाई उम्मेदवार बनाउँछ । उम्मेदवार दर्ता गर्छ । जसपाले पनि दुई जनालाई उम्मेदवार बनाउने कुरा छ । भोलिसम्ममा यसबाट निष्कर्ष निस्केर एउटा मात्रै उम्मेदवार कायम हुनेछ ।’

के भनेका छ आयोगले ? 

आयोगले शुक्रबार विज्ञप्ति जारी गर्दै नवनिर्वाचित राष्ट्रपतिको लिंग वा समुदायभन्दा फरक हुने गरी उपराष्ट्रपतिको निर्वाचनका लागि उम्मेदवारको मनोनयनपत्र दर्ता गर्न निर्वाचन अधिकृतलाई निर्देशन दिएको थियो ।

‘उपराष्ट्रपति पदको निर्वाचनका लागि उम्मेदवारको मनोनयनपत्र दर्ताका सन्दर्भमा उम्मेदवारको योग्यताबारे थप स्पष्टतासहित नवनिर्वाचित सम्माननीय राष्ट्रपतिको लिंग वा समुदायभन्दा फरक हुने गरी उपराष्ट्रपतिको निर्वाचनका लागि उम्मेदवारको मनोनयनपत्र दर्ता गर्न निर्वाचन अधिकृतलाई निर्देशन दिने निर्णय गरेको छ,’ आयोगले विज्ञप्ति जारी गर्दै भनेको छ ।

तर एउटै विज्ञप्तिमा थप व्याख्या गर्दै फरक समुदायको हुन सक्ने आशयको व्याख्या पनि आयोगले गर्दा दलहरूलाई अप्ठ्यारो परेको हो ।

‘संविधानले राष्ट्रपति र उपराष्ट्रपति फरक लिंग वा समुदायको हुनुपर्छ भनेको छ । यस्तोमा अब दलहरूले खस आर्यभन्दा फरक लिंग (महिला वा अन्य) वा फरक समुदायका रुपमा दलित, आदिवासी जनजाति, मधेशी, थारू वा मुस्लिम समुदायका व्यक्तिको मनोनयनपत्र मात्र आयोगले दर्ता गर्नेछ,’ आयोगले थप व्याख्या गर्दै भनेको थियो ।

संविधानको धारा ७० मा राष्ट्रपति र उपराष्ट्रपति फरकफरक लिंग वा समुदायको हुने व्याख्या गर्दै भनेको छ– ‘यस संविधानबमोजिम राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन फरक फरक लिंग वा समुदायको प्रतिनिधित्व हने गरी गरी गर्नुपर्नेछ ।’

बिहीबार राष्ट्रपतिमा खस आर्यका पुरुष रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएका थिए । 

संविधानमा भएको व्यवस्थालाई अन्योलपूर्ण देखाउँदै आयोगले विवादास्पद व्याख्या गरेपछि दलहरू अन्योलमा देखिएका हुन् ।

यता सत्ता गठबन्धनका तर्फबाट जसपा संसदीय दलका नेता रामसहायप्रसाद यादवलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने तयारी थियो ।

तर आयोगले व्याख्यापछि उपराष्ट्रपतिको उम्मेदवार महिला नै बनाउनुपर्ने  हो कि धर्मसंकटमा दलहरू पुगेका हुन् ।

यादवलाई उपराष्ट्रपति बनाएपछि उनले जितेको बारा २ बाट जसपाका अध्यक्ष उपेन्द्र यादव उपचुनाव लडेर आउन तयारीमा लागेका छन् । तर महिला नै उम्मेदवार  उठाउनुपर्ने अवस्था आए यादवको महत्वकांक्षा पूरा नहुने देखिएको छ ।

यादव गत निर्वाचनमा सप्तरीबाट राउतसँग पराजित भएका थिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x