कात्तिक २२, २०८०
नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...
नेपालका लेग स्पीनर सन्दीप लामिछाने एक दिवसीय क्रिकेटमा विश्व कीर्तिमानको नजिक पुगेका छन् । सोमबार पपुवा न्युगिनीविरुद्ध १० ओभरमा २५ रन खर्चेर ५ विकेट लिएका सन्दीप छिटो १ सय विकेट लिने खेलाडीको विश्वकीर्तिमान नजिक पुगेका हुन् ।
सन्दीपले ३८ खेलबाट ९८ विकेट लिइसकेका छन् । अब आईसिसी विश्वकप लिग २ अन्तर्गत बिहीबार यूएईविरुद्ध हुने खेलमा २ विकेट लिए सन्दीपले छिटो १ सय विकेट लिने खेलाडीको पहिलो नम्बरमा आफ्नो नाम लेखाउनेछन् । जुन विश्वकीर्तिमान हुनेछ । यस अघि ४४ खेलबाट अफगानिस्तानका राशिद खानले १ सय विकेट लिंदै यो रेकर्ड आफ्नो नाममा लेखाएका छन् ।
अष्ट्रेलियाका माइकल स्ट्राक ५२ खेलमा १ सय विकेट पूरा गर्नेमा दोस्रोमा छन् । उनले २०१६ मा श्रीलंकाविरुद्ध रेकर्ड बनाएका थिए । तर राशिदले वेस्ट इण्डिजविरुद्ध २०१८ मा जिम्बावेको हरारेमा स्ट्राकको रेडर्क तोड्दै कीर्तिमान आफ्ना नाममा लेखाएका थिए ।
अब नेपालका लामिछाने राशिदको यो रेकर्ड तोड्न केही कदममात्रै टाढा छन् । ६ खेलबाट २ विकेट लिएमात्रै पनि सन्दीपले राशिदको यो रेकर्डसँग बराबरी गर्न सक्नेछन् । तर सन्दीप एकदिवसीयका पछिल्ला खेलमा निरन्तर विकेट लिइरहेका छन् । यसैले उनले अबको एक वा दुई खेलबाट राशिदको कीर्तिमान भंग गर्न सक्नेछन् ।
छिटो ५० विकेट लिनेमा पनि सन्दीप दोस्रो
सन्दीप एकदिवसीयमा छिटो ५० विकेट लिने दोस्रो खेलाडी पनि हुन् । २०२२ मा पपुवा न्यगिनीविरुद्ध २२ खेलमा सन्दीपले ५० विकेट पूरा गरेका थिए । सन्दीप अगाडि श्रीलंकाका अथन्था मेन्डिसको नाममा यो कीर्तिमान छ । उनले २००९ मा मिरपुरमा जिम्बावेविरुद्ध १९ खेलमा ५० विकेट लिएका थिए ।
नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...
अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...
फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...
राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...
इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ । यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...
यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो । सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...