जेठ १५, २०८०
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेडा ठूलो नेपालीको अधिकतम मूल्य प्रतिकिलो ५० र गोलभेडा डूलो भारतीयको ६० रुपैयाँ निर्धारण ग...
अटोमोबाइल पार्टस् क्षेत्रमा प्रतिष्ठित सत्यदीप ग्रुपले खाद्य उद्योग तथा अक्सिजन ग्यास उत्पादन कार्यमा संलग्न एसबी ग्रुपसँग मिलेर ‘नेपाल गोल्ड’ ब्रान्डको लुब्रिकेन्ट र ग्रिज उत्पादन गरी नेपाली बजारमा ल्याउने भएको छ ।
यी २ समूहको लगानीमा सञ्चालित युनाइटेड लुब्रिकेन्ट्स इन्डस्ट्रिज प्रालिले धनुषाको ढल्केवर–३ लालभित्ती चोकमा ल्युब आयल ब्लेन्डिङ प्लान्ट सञ्चालन गर्ने अन्तिम तयारी गरिरहेको छ ।
नयाँ वर्ष २०८० पश्चात वैशाख महिनादेखि नै ‘नेपाल गोल्ड’ ब्रान्डको लुब्रिकेन्ट र ग्रिज नेपाली बजारमा उपलब्ध हुनेछ । सत्यदीप इन्टरनेसनलका म्यानेजिङ डाइरेक्टर दीपेन्द्र मिश्र भन्छन्, ‘सबै संरचना निर्माणको कार्य पूरा भइसकेको छ । वैशाखदेखि नयाँ नेपाली लुब्रिकेन्टको उत्पादन प्रारम्भ हुनेछ । हामी नेपाल गोल्ड लुब्रिकेन्ट उत्पादनको व्यग्र प्रतीक्षामा छौं ।’
युनाइटेड लुब्रिकेन्ट्स इन्डस्ट्रिज प्रालिले २ बिघा ५ कठ्ठा क्षेत्रफलमा फैलिएको ल्युब आयल ब्लेन्डिङ प्लान्ट र अन्य संरचना निर्माण गरेको छ । सो क्षेत्रमा ६ वटा स्टोरेज ट्यांकी रहने र २ हजार केएल लुब्रिकेन्ट स्टोरेज गर्न सकिने मिश्रले बताए । दैनिक रूपमा १५ हजार लिटर लुब्रिकेन्ट र १० हजार किलोग्राम ग्रिज उत्पादन गर्न सकिने छ । फिनिस्ड गूड राख्नका लागि २० हजार वर्गफिट क्षमताका २ वटा स्टोर रहने छन् ।
बहुराष्ट्रिय कम्पनीहरूको उत्पादनभन्दा नेपालमा उत्पादन हुने नयाँ लुब्रिकेन्ट र ग्रिजको गुणस्तरमा कमी नहुने मिश्रको दाबी छ । ‘अन्तर्राष्ट्रिय रूपमा उपलब्ध हुने एपीआई लगायतका विभिन्न गुणस्तर प्रमाण चिह्न पाए बराबरको गुणस्तर यसमा हुनेछ । लुब्रिकेन्ट र ग्रिज उत्पादनका लागि आवश्यक उपकरण तथा अन्य कच्चा पदार्थ सबै गुणस्तरीय हुनेछन्,’ उनले भने ।
उद्योग स्थापनाका लागि करीब ५० करोड रुपैयाँ लागत लाग्नेछ । एसबी ग्रुपका सञ्चालक यस बर्धन सर्राफ भन्छन्, ‘हालको विषम परिस्थितिमा पनि रकमको जोहो गरेर काम अगाडि बढाएका छौं ।’ बैंक तथा वित्तीय संस्थाहरूले कर्जा लगानी गर्न समेत अप्ठ्यारो मान्ने समयमा अन्य क्षेत्रको लगानी कटौती गरेर अगाडि बढिरहेको र अझै पनि लगानीयोग्य रकमको खोजी गरिरहेको उनको भनाइ छ ।
नेपाल गोल्ड लुब्रिकेन्ट र ग्रिज प्याकिङका लागि लाग्ने बकेट र अन्य सामग्री समेत कम्पनी आफैंले उत्पादन गर्ने सर्राफले बताए । बजारमा २५० एमएलदेखि २१० लिटरसम्मको प्याकिङमा लुब्रिकेन्ट र ग्रिज उपलब्ध हुने बताइएको छ ।
नेपाल गोल्ड लुब्रिकेन्ट र ग्रिज उत्पादन भए पश्चात पहिलो चरणमा करीब ५० जनाले रोजगारी पाउने छन् । यो नेपालको रोजगार क्षेत्रमा नयाँ अवसर समेत हुने बताइएको छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेडा ठूलो नेपालीको अधिकतम मूल्य प्रतिकिलो ५० र गोलभेडा डूलो भारतीयको ६० रुपैयाँ निर्धारण ग...
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेडा ठूलो नेपालीको अधिकतम मूल्य प्रतिकिलो ५० रुपैयाँ रहेको छ । यस्तै गोलभेडा सानो लोक...
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेडा ठूलो भारतीयको अधिकतम मूल्य ६० रुपैयाँ र गोलभेडा सानो टनेलको ४० रुपैयाँ रह...
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समिति, काठमाडौँले बिहीबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेडा ठुलो (नेपाली)को अधिकतम मूल्य प्रतिकिलो ६० रुपैयाँ रहेको छ । यस्तै गोल...
काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषिउपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेडा ठूलो नेपालीको अधिकतम मूल्य प्रतिकिलो ५० र भारतीय सानो गोलभेडाको प्र...
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेडा ठूलो नेपालीको अधिकतम मूल्य प्रतिकिलो ६० रुपैयाँ र सानो लोकल गोलभेडाको मूल्...
बजेट भाषणमा प्राय: धेरैको ध्यान हुन्छ नै । अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमवार मध्याह्न आगामी आर्थिक वर्ष २०८०/०८१ बजेट भाषण गरिरहँदा संसद्मा एकाएक हाँसो फैलियो । महतले बजेट भाषण गरिरहँदा प्रतिनिधिसभा स...
आदि दार्शनिक सुकरातले ईशापूर्व चौथो शताब्दीमा चौबाटोमा उभिएर सबै बटुवालाई सोध्ने गर्दथे, ‘मित्र, तपाईं एथेन्स नगरको महान्, शक्तिशाली र बुद्धिमान नागरिक हुनुपर्दछ । के तपाईं धन सम्पत्ति र मानसम्मान मात्रै थु...
सामान्यतया रूपान्तरण भन्नाले कुनै पनि वस्तुको रूप वा गुणमा परिवर्तन वा बदलाव, संस्था, समाज या व्यक्तिको चेतना वा गुणवत्तामा आधारभूत परिवर्तन वा सुधार भन्ने जनाउँछ । अंग्रेजीमा 'ट्रान्सफर्मेशन'...