×

NMB BANK
NIC ASIA

चैतेदशैंमा सोमेश्वरगढी र गोद्धकमा भक्तजनको घुइँचो

चैत १५, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

चितवनका धार्मिक तथा पर्यटकीयस्थल विक्रमबाबा, सोमेश्वरगढी र गोद्धकमा बुधवार बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ ।

Muktinath Bank

चैत्र शुक्ल अष्टमी अर्थात् चैतेदशैंको अवसरमा यी शक्तिपीठमा भक्तजनको घुइँचो लागेको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

चैतेदेशैंको नवरात्र शुरू भएदेखि नै यहाँ नेपालका विभिन्न जिल्ला र भारतबाट समेत भक्तजन आएका छन् । हरेक वर्ष चैतेदशैंमा मनाइने विक्रमबाबा मेला १ हप्ताअघिदेखि शुरू भएको हो ।


Advertisment
Nabil box
Kumari

भरतपुर महानगरपालिका–२३ को कार्यालय, निकुञ्ज प्रशासन, निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेना र पूजा व्यवस्थापन समितिले विक्रमबाबाको मन्दिरमा १ हप्ताअघि पूजा गरेपछि मेला शुरू भएको थियो ।

Vianet communication
Laxmi Bank

भरतपुर महानगरको वडा नम्बर २३ का वडाध्यक्ष दीपक दबाडीका अनुसार मेला चैत २३ गतेसम्म सञ्चालन हुनेछ । उनले यस वर्ष हजारौं भक्तजन विक्रमबाबा मेलामा आएको बताए ।

राप्ती पुलबाट करीब २ किलोमिटर निकुञ्जभित्र विक्रमबाबाको दर्शन तथा पूजापाठ गर्ने गरिन्छ । विक्रमबाबाको पूजा परापूर्वकालदेखि थारू जातिले गर्ने भए पनि पछिल्लो समय सबै समुदायले पूजा गर्न थालेका छन् । सन्तान प्राप्ति र सुखलगायत मनोकांक्षा पूरा हुने विश्वासका साथ विक्रमबाबाको पूजा गर्ने प्रचलन छ ।

माडीको गोद्धक मेलामा पनि भक्तजनको घुइँचो लागेको छ । धार्मिक एवं पुरातात्विक महत्त्व बोकेको माडी नगरपालिका–१ मा रहेको गोद्धकमा गोद्धक राम चरित्रकथा यज्ञ एवं गोद्धक मेला १ हप्ताअघिदेखि शुरू भएको हो । चैत १७ गतेसम्म मेलासँगै यज्ञ सञ्चालन हुनेछ । 

मेलामा गुरु चैतन्य कृष्णले राम कथावाचन गरेका छन् । यज्ञसँगै गोद्धक मेलामा हरेक दिन सांस्कृतिक कार्यक्रम, ठेलो फाल्ने प्रतियोगिता, भलिबल प्रतियोगिता सञ्चालन हुने आयोजकले जनाएको छ । गोद्धक क्षेत्र विकास संस्थाका अध्यक्ष तुलसिंह गुरुङले यहाँ रहेका ४ धामको अवलोकन गरी धार्मिक पर्यटनको विकास गर्ने उद्देश्यले मेला आयोजना गरिएको बताए ।

गोद्धक क्षेत्रबारे महाभारत तथा रामायणमा रोचक कथा समेटिएका छन् । यहाँ गोद्धकनाथ बाबा मन्दिर, शिवमन्दिर, सीता गुफा, परशुराम कुण्ड, द्रौपती कुण्ड, कुकुरनाथ, बिरालोनाथ लगायत प्राचीन एवं धार्मिक महत्त्व बोकेका ठाउँ गोद्धक क्षेत्रमा प्रशस्तै छन् । गोद्धकमा पाँचपाण्डवले तपस्या गर्थे भन्ने विश्वास छ । 

प्राचीन किंवदन्तीअनुसार यहाँ परशुरामले तपस्या गरेका थिए । परशुराम ऋषिले आफ्नै आमाको हत्या गरेर पाप मोक्ष (पाप पखाल्न) गर्न गोद्धक क्षेत्रमा रहेको देउता खोलाको सिरानको कुण्ड (परशुराम कुण्ड)मा पुगी स्नान गरेकोे धार्मिक विश्वास रहेको छ । धार्मिक पुरातात्विक महत्वका मूर्ति, इनार, कुण्ड अवलोकन गर्न र विशेष पर्वमा मठमन्दिरमा स्वदेशी तथा विदेशी भक्तजनको घुइँचो लाग्ने गर्छ ।

माडीको सोमेश्वरगढीस्थित कालिका मन्दिरमा भक्तजनको घुइँचो लागेको छ । कालिका मन्दिरमा प्रत्येक वर्ष चैत शुक्ल प्रतिपदादेखि चैत शुक्ल नवमीसम्म विशेष पूजाआजासहित भव्य मेला लाग्ने गर्छ । नेपाल र भारतको सीमाक्षेत्रमा रहेको सो मन्दिर परिसरमा हरेक वर्ष चैतेदशैंको अवसर पारेर हुने मेलामा ९ दिनसम्म पूजाआजा हुने परम्परा छ ।

मेलामा पूजा गर्न दैनिक दशौं हजारको संख्यामा नेपाली र भारतीय भक्तजन आउने गरेका छन् ।

सोमेश्वरगढी पुग्ने पर्यटक तथा भक्तजनको सहजतालाई मध्यनजर गर्दै माडी नगरपालिकाका निर्माण साधन प्रयोग गरी सडकको मर्मत गरिएको र मन्दिरस्थल सरसफाइ, पिउने पानीको व्यवस्था र अन्य आधारभूत काम गरिएको सोमेश्वर क्षेत्र पूजा व्यवस्थापन समितिका अध्यक्ष पीताम्बर पोखरेलले बताए । उनले यस वर्ष भारतबाट हजारौं भक्तजन सोमेश्वरमा आएका बताए । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले घोषणा गरेको १०० पर्यटकीय गन्तव्यस्थलमध्ये चितवनको सोमेश्वरगढी पनि एक हो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २८, २०८०

वास्तुशास्त्र अनुसार घरमा कुन ठाउँमा के कुरा राख्ने नियमको पालना गर्दा सुखसमृद्धि प्राप्त हुन्छ । वास्तु पालन नगर्दा भने स्वास्थ्य र धनहानिका अलावा अन्य धेरै समस्याबाट ग्रस्त भइन्छ । खराब भएको र टुटेफुटेको सामान घ...

कात्तिक २१, २०८०

घरमा माउसुली देखिनु एक सामान्य घटना हो । सामान्यरुपमा हेर्दा यो एक जीव हो तर जीव जन्तु मनुष्यको प्रकृतिको एक महत्वपूर्ण हिस्सा मान्ने हिन्दू शास्त्रमा माउसुली बारे जोडिएको गतिविधिबारे विस्तृत जानकारी छ ।...

मंसिर १०, २०८०

काठमाडौं, — हिन्दू धर्मले सहगोत्रीका बीच विवाह गर्न नहुने विधान गरेको छ । गोत्र भनेको वंश र कुल हो । प्रत्येक नयाँ पुस्तालाई गोत्रले जोड्ने काम गर्छ । जस्तो, कसैको भारद्वाज गोत्र छ भने त्यो व्यक्ति भरद्वा...

कात्तिक १५, २०८०

१. नमस्कारको चलन हिन्दु संस्कृतिमा मानिस हात जोडेर एक अर्कालाई अभिवादन गर्छन् जसलाई नमस्कार भनिन्छ । यो परम्पराका पछाडिको सामान्य कारण भनेको दुवै हात जोडेर गरिने अभिवादनले सम्मान झल्काउँछ । तर वैज्ञानिक र...

कात्तिक २४, २०८०

सनातन धर्ममा गोत्रको धेरै महत्व हुन्छ । ‘गोत्र’को शाब्दिक अर्थ त धेरै व्यापक हुन्छ । यद्यपि विद्वानहरुले समय–समयमा यसरबारे यथोचित व्यख्या गरेका छन् ।  ‘गो’ अर्थात् इन्द्रिय, र &...

कात्तिक २९, २०८०

महाभारतको युद्धमा धेरै शूरवीरले आफ्नो प्राण को आहुति दिएका थिए । यो यस्तो युद्ध थियो जसले कुरुक्षेत्र को धरतीलाई रक्तरंजित बनाएको थियो ।  रगत यति धेरै बगेको थियो कि आज पनि उक्त स्थानको माटो रातो छ ।&...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x