बैशाख ११, २०८१
फागुन २१ मा नाटकीय ढंगले सत्ता समीकरण बदलिएको दुई महिना पनि नबित्दै नयाँ समीकरणका लागि कसरत भइरहेको संकेत देखिएको छ । नेपाली राजनीति तथा सत्ताका खेलाडीसँग निकट विश्वसनीय स्रोतले भित्रभित्रै अर्को नयाँ स...
चैत १६, २०७९
भारतमा विपक्षी दल कांग्रेसका नेता राहुल गान्धीलाई मोदी थरको बहानामा अन्य पिछडिएका जातिको मानहानि गरेको आरोपमा अदालतले दोषी ठहर गरेपछि सांसद पद खोसिएको छ ।
राहुललाई लोकसभाबाट बर्खास्त गरिएपछि विपक्षी दलहरूले मोदी सरकार तानाशाह बन्दै गएको भनी विरोध गरिरहेका छन् । यस प्रकरणले भारतमा विपक्षीहरूको एकता बलियो बन्ने अनि त्यसले सन् २०२४ मा हुने लोकसभा निर्वाचनमा भारतीय जनता पार्टीलाई अप्ठ्यारो पार्न सक्ने कतिपयले अपेक्षा गरेका छन् ।
तर विपक्षीहरूको यस कथित एकतामा अनेकौं चिराहरू भेटिन्छन् ।
तृणमूल कांग्रेसकी नेत्री ममता बनर्जीले त स्पष्ट रूपमा आफ्नो दल सन् २०२४ को चुनाव एक्लै लड्ने बताएकी छन् । त्रिपुरामा सम्पन्न विधानसभा निर्वाचनमा पार्टीको लज्जास्पद पराजय भएपछि ममताले कसैसँग नमिली चुनाव लड्ने उद्घोष गरेकी हुन् । तर पश्चिम बंगालभन्दा बाहिर तृणमूलको उपस्थिति खासै प्रभावशाली छैन ।
त्यस्तै बिहारका मुख्यमन्त्री नीतीश कुमार पनि कांग्रेस नेतृत्वको विपक्षी एकताका लागि दौडधुप गरिरहेका छन् तर उनको मनसुबा सफल हुन सकिरहेको छैन । उनको उत्साहलाई राहुल र सोनिया गान्धीले नै साथ दिइरहेका छैनन् ।
मोदी सरकारका विरुद्ध माहोल बनाउन अनि विपक्षी एकतालाई गति दिन राहुल गान्धीले गरेको ‘भारत जोडो यात्रा’ पनि लक्ष्यप्राप्तिमा कमजोर साबित भएको छ । उनको यात्रामा दुई दर्जनभन्दा बढी दललाई निम्तो गरिएको भए पनि कोही पनि उनीसँग यात्रामा केही पाइला मात्र भए पनि हिँडेन । विपक्षी दलका नेताहरू राहुलको नेतृत्वमा अनुत्साहित रहेको यसबाट संकेत पाइन्छ ।
त्यस्तै आम आदमी पार्टीले दिल्लीका दुई मन्त्री मनीष सिसोदिया र सत्येन्द्र जैनलाई कारागारमा पुर्याइएपछि ‘मोदी हटाओ, देश बचाओ’ अभियान थालेको छ । तर उसको यस अभियानमा अन्य दलहरू खुलेर लागेका छैनन् ।
कांग्रेस सहितका तीन विपक्षी दलले त सिसोदिया पक्राउको विरोधपत्रमा हस्ताक्षर गर्न समेत मानेनन् । केजरीवाल सरकार भ्रष्ट भएको र ईडीले सिसोदियाविरुद्ध गरेको कारवाही सही रहेको स्वयं दिल्लीका कांग्रेस नेताहरूले बयान दिइरहेका छन् । अनि केजरीवालले दुई साताअघि गैरभाजपा र गैरकांग्रेस मुख्यमन्त्रीहरूसँग एउटा बैठक गर्न खोजेको भए पनि अरूले उत्साह नदेखाउँदा त्यसलाई रद्द गर्नुपरेको थियो ।
अन्य साना दलहरू विपक्षी मोर्चामा सहभागी त छन् तर उनीहरूले चुनावअघिको माहौल हेरेर खेमा परिवर्तन गर्न सक्ने सम्भावना छ । त्यसैले उनीहरूमा सर्वथा निर्भर रहन सम्भव छैन ।
विपक्षीहरूमा एकता हुन किन नसकेको भन्ने विषयमा भारतीय विश्लेषक आशुतोषले एनडीटीभी डट्कममा सटीक टिप्पणी गरेका छन् । उनका अनुसार, भाजपा एक निश्चित विचारधारालाई ग्रहण गरी अघि बढिरहेको छ भने विपक्षी दलहरू विचारधाराविहीन छन् । उनीहरू मोदी सरकार हटेमा सत्ताको स्वाद चाख्न पाइन्थ्यो भन्ने लोभमा मात्र एकताबद्ध हुन खोजेका हुन् । यसैलाई इंगित गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलवार एक सम्बोधनका क्रममा सबै भ्रष्टहरू एउटै मञ्चमा आउन खोजेको भनी विपक्षीहरूमाथि कठोर प्रहार गरे ।
त्यसै पनि विपक्षी दलका ठूला नेताको इगोका कारण उनीहरू एकजुट हुन सकिरहेका छैनन् ।
भाजपाको विरोधलाई मात्र विचारधारा बनाएर विपक्षीहरूले गरेको गठबन्धन सफल हुनेमा अर्का विश्लेषक आनन्द वर्धन शंका गर्छन् । इतिहासमा कांग्रेस पार्टीको दबदबा हुँदा कांग्रेसको विरोध गर्दै विभिन्न विचारधारा तथा क्षेत्रका विपक्षी दलहरू एकजुट भएका थिए । सन् १९७७ मा जनता पार्टीको गठबन्धन अनि सन् १९८९ मा नेशनल फ्रन्टको गठबन्धन कांग्रेसलाई ढालेर सत्तामा पुगेको थियो । तर ती सरकारहरूको आयु छोटो थियो ।
त्यसैगरी अहिले भाजपाविरुद्ध एकजुट हुन खोजेका दलहरूको गठबन्धन कथंकदाचित् सत्तामा पुगेछ भने पनि लामो समय टिक्न मुश्किल छ । सन् १९९० को दशकमा बनेका गठबन्धन सरकारका कारण भारतमा आएको अस्थिरतालाई मतदाताले बिर्सेका छैनन् तर फेरि त्यस्तो स्थिति दोहोर्याउने पक्षमा उनीहरू देखिँदैनन् ।
भाजपाविरुद्ध विपक्षी दलहरूको एक्यबद्धताको साटो कम्तीमा तीनवटा गुट देखिएको इन्डिया टुडेमा शिखा मुखर्जी लेख्छिन् । पहिलो गुटमा कांग्रेसलाई गठबन्धन निर्माताका रूपमा स्वीकार गरेर केही दलहरू गोलबद्ध हुन खोजेका छन् । अर्को गुटमा क्षेत्रीय दलहरू आफ्ना ठूला नेताको नेतृत्वमा भेला भएका छन् र कांग्रेसलाई मन पराउँदैनन् अनि भाजपालाई आफ्नो क्षेत्रीय प्रभुत्वमा तेर्सिएको जोखिमका रूपमा हेर्छन् । तेस्रो समूहमा स्वतन्त्र रही कुनै गठबन्धनमा लाग्न नचाहने दलहरू छन् ।
अनि विपक्षी दलहरूले स्वीकार नगरे पनि भाजपाकै एजेन्डालाई अपनाइरहेकाले पनि मतदाताले मूल हुँदाहुँदै प्रतिलिपिलाई मतदान गर्नुपर्ने कारण पनि देखिँदैन । वास्तवमा मोदी सरकारको नौ वर्षे कार्यकालमा भारतीय राजनीतिको ‘ओभरटन विन्डो’ दक्षिणपन्थतर्फ सरिसकेको छ ।
दी इन्डियन एक्सप्रेसमा विश्लेषक हिलाल अहमदले लेखेअनुसार, अहिले भारतमा हिन्दू भावनालाई कुनै पनि राजनीतिक दलले बेवास्ता गर्नै सक्दैन । अनि हिजोआज गैरभाजपा दलहरू धर्मनिरपेक्षता भन्ने शब्द पनि कमै मात्र उच्चारण गर्ने गर्छन् ।
त्यससँगै विपक्षीहरूको शासन रहेको राज्यहरू पनि केन्द्र सरकार जस्तै गरी जनतालाई कल्याणकारी योजना दिलाउन कुनै हिचकिचाहट देखाउँदैनन् । दिल्लीको आम आदमी पार्टी सरकार त्यसको ज्वलन्त उदाहरण हो ।
द प्रिन्ट पत्रिकाका सम्पादक शेखर गुप्ताले भाजपालाई ‘हिन्दू लेफ्ट’ भनी चित्रण गरेका छन् । हिन्दूवादी एजेन्डासँगै समाजवादी शैलीमा जनतालाई कल्याणकारी योजनाको लाभार्थी बनाउने भाजपाको शैलीले उसलाई सफलता दिलाइरहेको हो । उसको यस सफलताको अनुकरण अरू दलले पनि गरिरहँदा भारतीय राजनीतिमा भाजपाको प्रभुत्वशाली उपस्थिति स्थापित भएको छ ।
यसका साथै मोदीको ‘लार्जर द्यान लाइफ’ छवि भारतीय जनताको मनमस्तिष्कमा छापिएको छ । विपक्षी नेताहरूमा मोदीको जस्तो अग्लो व्यक्तित्व कसैले बनाउन सकेको छैन ।
जनताको असली प्रतिनिधि मोदी नै भएको भन्ने भाष्य भारतमा जबर्जस्त रूपमा स्थापित भएको छ । सामान्य परिवारमा जन्मेर कठोर संघर्ष गर्दै देशको कार्यकारी पदमा आसीन भएका मोदीको जीवनकथाप्रति बहुसंख्यक भारतीयहरू समानुभूति राख्छन् ।
त्यसमाथि घरपरिवार, नातेदार वा आसेपासेलाई पोस्नुपर्ने बाध्यता मोदीलाई नरहेकाले भ्रष्टाचार गर्नुपर्ने कुनै आवश्यकता पनि छैन । भ्रष्टाचार नगर्ने मोदीको यो छवि नै उनको सबभन्दा बलियो राजनीतिक पूँजी हो र यसले उनलाई मात्र नभई उनको दल भाजपालाई पनि अपार समर्थन दिलाइरहेको छ ।
गौतम अणानीसँग जोडेर मोदीको चरित्रमा विपक्षी दलका नेताहरूले प्रश्न उठाउन खोजेको भए पनि आम जनताले त्यस आरोपलाई पत्याएको देखिन्न । सन् २०१९ मा राहुल गान्धीले मोदीलाई भ्रष्टाचारीको संरक्षक रूपमा प्रस्तुत गर्नका लागि ‘चौकीदार चोर है’ भन्ने नारा दिएको भए पनि जनताले त्यसलाई पत्याएका थिएनन् । अहिले पनि विपक्षीहरूले त्यस्तै किसिमको नकारात्मक प्रचारशैली अपनाउने सम्भावना छ र त्यसले उनीहरूलाई नै घाटा गराउन सक्छ ।
लोकसभा निर्वाचन आउनका लागि एक वर्ष मात्र बाँकी रहँदा विपक्षी दलहरू एकजुट हुन नसक्नु भाजपाका लागि फाइदाको विषय हो । कुनै नाटकीय परिवर्तन नआएमा अहिलेकै जस्तो स्थिति त्यतिखेरसम्म पनि रहने सम्भावना छ । त्यसैले सन् २०२९ सम्म नै भाजपाले सरकार चलाउने लक्षण देखिँदैछ ।
फागुन २१ मा नाटकीय ढंगले सत्ता समीकरण बदलिएको दुई महिना पनि नबित्दै नयाँ समीकरणका लागि कसरत भइरहेको संकेत देखिएको छ । नेपाली राजनीति तथा सत्ताका खेलाडीसँग निकट विश्वसनीय स्रोतले भित्रभित्रै अर्को नयाँ स...
आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...
एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...
सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...
देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...
दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...