×

NMB BANK
NIC ASIA

राष्ट्रिय ध्वजावाहकको हविगत

वायुसेवा निगमको खस्किँदो छवि : नेतृत्वकै लापरवाहीले एकपछि अर्को गल्ती

चैत १७, २०७९

NTC
फाइल फोटो
Premier Steels

राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको नेतृत्वबाट भएको गम्भीर लापरवाहीका कारण मंगलवारदेखि मलेसिया उडान प्रभावित बन्न पुग्यो । 

Muktinath Bank

यात्रुहरूले टिकट काटिसकेको अवस्थामा नियमित उडान हुन नसकेपछि निगमले मंगलवारदेखि शनिवारसम्म चारवटा चार्टर उडान गर्न सोमवार अनुमति मागेको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यात्रुले दुःख पाउने भएपछि हवाई क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले चार्टर उडानको अनुमति त दियो, सँगै निगमलाई स्पष्टीकरण पनि सोधियो ।


Advertisment
Nabil box
Kumari

निगम नेतृत्वकै लापरवाही र गैरजिम्मेवारीका कारण काठमाडौं–मलेसिया नियमित उडान रोकिन पुगेको देखिन्छ ।

Vianet communication

निगमले समयमा नै मलेसियाको नागरिक उड्डयन प्राधिकरणबाट फरेन एयर अपरेटर सर्टिफिकेट (एफएओसी) नवीकरण नगराएका कारण नियमित उडान हुन नसकेको हो ।

समयमा नै प्रक्रिया पूरा गरेर एफएओसी नवीकरण नगराउँदा मंगलवारपछिका सबै उडान ठप्प हुने अवस्था आयो । निगमले यो प्रक्रिया ६ महिनाअगाडि नै पूरा गरिसक्नुपर्ने देखिएको छ ।

निगमले कोरोनालाई कारण देखाएर ढिलासुस्तीको आरोपबाट उन्मुक्ति पाउन खोजेको छ ।

प्राधिकरण स्रोतका अनुसार मलेसियाको नागरिक उड्डयन प्राधिकरणले निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई सम्पर्क गरेर एफएओसी नवीकरण गर्न पटक–पटक ताकेता गरेको पाइएको छ ।

तर, उनले प्रमाणपत्र नवीकरण गर्न ढिलासुस्ती गर्दा उडान रोकिने अवस्था आयो ।

एक साता अगाडि मात्र एमएओसी नवीकरणको प्रक्रिया शुरू गरेको थियो । प्रक्रिया पूरा हुन समय लाग्दा उडान प्रभावित बन्न पुगेको हो ।

निगमले २२ सय रिंगेट खर्चिएर प्रक्रिया अगाडि बढाए पनि अन्तिम डेटलाइन ‘मंगलवार’सम्ममा प्रक्रिया पूरा हुन सकेन ।

नेपाल र मलेसिया दुवैले सातामा २८ वटा उडान गर्न पाउने हवाई सम्झौता छ ।

निगमले हाल सातामा ५ उडान गर्दै आइरहेको थियो । तर, सोमवारपछि एफएओसी नवीकरण नभएका कारण काठमाडौं–क्वालालमपुर–काठमाडौं नियमित उडान अवरुद्ध भएको छ ।

निगमको कमजोरीका कारण चार्टर उडान गर्नुपर्दा नियमितभन्दा ५० प्रतिशत महंगो पर्न गयो ।

शेड्युल उडान दुई देशको हवाई सम्झौताअनुसार हुने गर्छ । दुवै देशको हवाई उड्डयन प्राधिकरणले एरोनटिकल चार्जमा छुट दिएको पनि हुन्छ । चार्टर उडान गर्दा भने हवाई सेवा सम्झौता आकर्षित नहुने र जुनसकुकै देशको वायुसेवाले जुनसुकै बेला उडान गर्न सक्ने प्रावधान हुन्छ ।

चार्टर उडान गर्दा प्रक्रिया लामो हुने, पूर्ण डकुमेन्ट हरेक उडानमा समावेश गरेर छुट्टाछुट्टै अनुमति लिनुपर्ने हुन्छ । चार्टर उडानमाजस्तो ६ महिनासम्मका लागि एकैपटक अनुमति पाउने व्यवस्था हुँदैन । जसले गर्दा वायुसेवाले अतिरिक्त शुल्क तिर्नुपर्ने नागरिक उड्डयन प्राधिरकणको भनाइ छ । 

चार्टर उडान गर्दा पहिले नै शुल्क बुझाउनुपर्ने हुन्छ । साथै पटके निर्णय, लामो प्रक्रिया आदिका कारण ५० प्रतिशत महंगो पर्न जान्छ । वायुसेवा निगमले शेड्युल उडानका यात्रुलाई चार्टरमा लैजाँदा अतिरिक्त शुल्क लिन पाउँदैन । पहिले नै टिकट काटिसकेको यात्रु भएकाले अतिरिक्त शुल्क लिन नमिल्ने र सेवा दिनैपर्ने बाध्यताले गर्दा सम्बन्धित वायुसेवालाई घाटा हुने स्थिति आउँछ ।

निगम नेतृत्वको कमजोरी कारण यात्रुलाई सास्ती नहोस् भनेर मात्रै प्राधिकरणले चार्टर उडानको अनुमति दिएको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले बताए ।

नेपाल वायुसेवा निगमका सहप्रवक्ता गणेशकुमार घिमिरेले भने निगमकै कमजोरीले सेड्युल उडानको तालिका नवीकरण हुन नसकेको स्वीकार गरे ।

उनले भने, ‘हवाई उडानमा सानोतिनो कमजोरी भइरहन्छ । नियमित प्रक्रिया पूरा गर्दागर्दै मलेसियाबाट अनुमति नआउँदा एक साताका लागि ४ वटा चार्टर उडान गरेर यात्रुलाई सेवा दिन खोजिएको हो ।’

घिमिरेका अनुसार काम गर्दागर्दै भएको कमजोरीले शेड्युल उडान प्रभावित हुने भएपछि चार्टर उडानको अनुमति मागिएको हो । निगमले चार्टर उडानको अनुमति पाइसकेको भएपनि मंगलवारै मलेसियाले नियमति उडान स्वीकृत गरेकाले अब भोलिपल्टबाट शेड्युल उडान सम्भव भएको उनको दाबी छ ।

घिमिरेले यात्रुबाट अतिरिक्त शुल्क नलिई, नियमित समयमा नै उडान गरेकाले केही फरक नपरेको जिकिर गरे । ‘हवाई उडानमा दैनिक काममा आउने समस्या र यसको समाधान भइरहने विषय हो । सानोतिनो समस्या भएपनि प्राधिकरणले मिडियाबाजी गरेका कारण ठूलो इस्यु बनेको जस्तो देखिएको हो,’ उनले भने ।

पटक–पटक गल्ती

वायुसेवा निगमले एक पछि अर्को गल्ती गर्दा हवाई उडानमा नै नकारात्मक छवि प्रवाह भइरहेको छ । हवाई उडानमा चलखेल हुने, विभिन्न काण्ड बाहिरिने तथा पटक–पटक विवादमा आउने गरेका कारण निगमको छवि राम्रो छैन । त्यसमा पनि जहाज थप गर्न नसक्ने, यात्रुलाई सेवा दिने कुरामा कमजोरी गर्ने, भएकै सेवा प्रभावकारी ढंगले दिन नसक्ने स्थितिका कारण निगमको छवि झन् धमिलो हुँदै गएको छ । 

६ चैतमा ताप्लेजुङबाट काठमाडौं उडान गरेको निगमकै जहाजमा तोकिएको भन्दा बढी तौल राखेको पाइएको थियो । उक्त उडानमा पुरुष यात्रुलाई महिला उल्लेख गरेको समेत पाइएको थियो । तौल बढी भएको विषय खोजी गर्दा पुरुषलाई महिला बनाएर यात्रा गराएको पाइएपछि नागरिक उड्यन प्राधिकरणले कारबाही प्रक्रिया अगाडि बढाएको थियो ।

उक्त घटनामा प्राधिकरणले चालक दलका सदस्य, परिचारिका, ताप्लेजुङ विमानस्थलका स्टेसन प्रमुख र काठमाडौं विमानस्थलमा खटिएका निगमका कर्मचारीसहित ७ जनालाई ग्राउन्डेड गरी अनुसन्धान थालेको  छ । यसको अनुसन्धान नसकिएकाले कारबाहीमा परेका चालक दलको निलम्बन फुकुवा भएको छैन ।

४ चैतमा निगमकै एक वाइडबडी जहाजको दाँयातर्फको ढोका खुला राखेको भन्दै निगमका दुईजना एरोनटिकल इन्जिनीयर निलम्बनमा परे । उक्त जहाजका दुई इन्जिनीयरलाई अर्को सूचना नभएसम्म काम गर्न नपाउने र वायुसेवा कम्पनीले सोको विषयमा अध्ययन रिपोर्ट दिनुपर्ने निर्णय उड्डयन प्राधिकरणले गरेको छ । यो विषयमा पनि अहिलेसम्म निर्णय नभएकाले इन्जिनीयर निलम्बनमै छन् । 

यसअघि १२ फागुनमा नेपाल वायुसेवा निगमका पाइलटले आकाशमै विमान परिचारिका (एयर होस्टेस)लाई काखमा राखेर ल्याएको पाइएपछि दुई पाइलट निलम्बनमा परे । दुबईबाट काठमाडौं आउँदै गरेको जहाजको चालक दलका सदस्यले आकाशमै एयर होस्टेसलाई दुव्र्यवहार गरेको उजुरी परेपछि निलम्बनमा राखिएको हो । उनीहरूका विषयमा निगमले थप अध्ययन गरेर प्रतिवेदन नदिएसम्म कुनै निर्णय नहुने प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले बताए । 

दुई साता अगाडि काठमाडौंबाट दिल्ली उडानका क्रममा निगमकै कर्मचारीले एक उच्च सरकारी कर्मचारीको ब्यागेज फुटाएको घटना बाहिरिएको थियो । निगम यो घटनामा जिम्मेवारी लिनुको साटो यात्रुले सामान धेरै खाँदेर ब्यागेज फुटेको प्रतिक्रिया दिएर पन्छियो ।

दुई साता अगाडि मात्रै वायुसेवा निगमकै कार्यकारी अध्यक्ष युवराज अधिकारीले नै उड्डयन प्राधिकरणले विमानस्थल क्षेत्रभित्र तोकेको नियम पालना नगरेको भन्दै स्पष्टीकरण सोधेको थियो । प्राधिकरणका अनुसार अधिकारीले निषेधित क्षेत्रमा सुरक्षा ज्याकेट नलगाएको र पास समेत नभएको पाइएपछि उनीमाथि स्पष्टीकरण सोधिएको हो । 

सरकारी कम्पनी निगमका कर्मचारी नै एकतर्फ जिम्मेवार नहुने अर्कातिर राजनीतिक हस्ताक्षेपको केन्द्र बन्ने गरेका कारण पटक–पटक विवादमा पनि आउने गरेको छ । निगमका कर्मचारी जिम्मेवार हुन नसक्दा र नेतृत्वले जिम्मेवारी लिन नसक्दा एक पछि अर्को कमजोरी छताछुल्ल हुने गरेको छ ।

सानातिना कमजोरी भइरहन्छ, सुधार गर्दै जाने हो– अधिकारी

वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी भने उड्डयमा सानातिनो कमजोरी हुनुलाई स्वभाविक रूपमा लिनुपर्ने तर्क गर्छन् । निगमले तालुक मन्त्रालयसँग समन्वय गरेर काम गरिरहेको उनको भनाइ छ । आन्तरिक उडानमा जहाज थप गर्ने, चिनियाँ जहाज बिक्री गर्ने, जहाजको किस्ता तिर्ने, दीर्घकालीन योजना बनाएर काम अगाडि बढाउने तयारी भइरहेको उनको भनाइ छ ।

अधिकारीले निगमका तर्फबाट कुनै कमजोरी नभएको जिकिर गर्दै प्रश्न उठेका आन्तरिक तथा प्राविधिक विषयको मूल्यांकन भइरहेको बताए । ‘नियमित उडान हुन नसक्दा चार्टर उडानको अनुमति लिनु, उडानका दौरानमा केही सानातिना घटना हुनु र नियामकले सचेत गराउनु सामान्य विषय हो । यस्ता घटनालाई निगमको गैरजिम्मेवारी भन्न मिल्दैन,’ अधिकारीले जिकिर गरे ।

निगमले उडान गर्न छोडेको करीब ३ वर्षसम्म चिनियाँ जहाज न भाडामा लगाउन सक्यो न त बिक्री गर्न नै । दुईपटक भाडामा लगाउने प्रयास गरेर थाती राखेको ५ चिनियाँ जहाज बिक्री गर्न भर्खर मूल्यांकन गराउँदै छ । निगमले गरेको ढिलाइ र निर्णय क्षमताको अभावले जहाजको मूल्य घट्दै गइरहेको छ । जति ढिलो गरेर निर्णय गर्‍यो उति नै जहाजको मूल्यांकन कम हुन्छ । यसमा पनि निगम नेतृत्वकै कमजोरी रहेको पर्यटन मन्त्रालयका एक उच्च अधिकारीले बताए । मन्त्रालयले जहाज उडाउने, भाडामा लगाउने वा बेच्ने जिम्मेवारी करीब ३ अगाडि नै निगमलाई दिएको थियो ।

तर, निगमले यस विषयमा समयमै जिम्मेवारी पूरा नगर्दा घाटा चुलिँदो छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

बैशाख २०, २०८१

काठमाडौंको चण्डोल घर भएका कामोद ढुंगाना २०८० असार ३१ गते वुलिङ एयरको विद्युतीय गाडी (ईभी) किन्न नयाँ बानेश्वरस्थित बज्र ग्रुपको इभी-नेपाल मोटर्स प्रालि पुगेका थिए । अंकित मूल्य (एमआरपी) ३० लाख ९९ हजार रुप...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x