×

NMB BANK
NIC ASIA

सदन छल्दै लुम्बिनीका मुख्यमन्त्री गिरी

चैत २१, २०७९

NTC
Premier Steels

लुम्बिनी प्रदेशमा मुख्यमन्त्री लीला गिरी सोमवारदेखि शुरू प्रदेशसभा बैठक छल्दै आएका छन् ।

Muktinath Bank

पहिलो अधिवेशनको सोमवार र मंगलवार बसेको सातौं र आठौं बैठकमा गिरी उपस्थित भएनन् । सदनमा समसामयिक विषयमा बोल्दै सांसदहरूले मुख्यमन्त्री गिरी मुख्यमन्त्री कार्यालयमा रहे पनि सभामा उपस्थित नभएको दाबी गरे । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

वर्तमान सत्ता गठबन्धनले १२ चैतमा मुख्यमन्त्री गिरी नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि उनी अल्पमतमा छन् । सदनमा विपक्षी नेताहरू विशेष समयमा बोल्दै मुख्यमन्त्री गिरीलाई राजीनामा दिएर नयाँ सरकारको लागि मार्ग प्रशस्त गर्न आग्रह गर्दै आएका छन् । 


Advertisment
Nabil box
Kumari

मंगलवारको बैठकमा कांग्रेस सांसद बादशाह कुर्मीले अल्पमतले बहुमतलाई शासन गर्न सम्भावना नभएकोले मुख्यमन्त्री गिरीलाई मार्गप्रशस्त गर्न आग्रह गरे ।

Vianet communication

अर्का सांसद राजु खनालले बहुमत गुमाएको सरकारले बहिर्मन गरी नैतिकता देखाउन आग्रह गरे ।

कांग्रेस सांसद बसिउद्दिन खाँले मुख्यमन्त्री कार्यालयमा बसेर मुख्यमन्त्री सदनमा आउने आँट गर्न नसकेको आरोप लगाए । 

एमाले प्रमुख सचेतक तुलसीप्रसाद चौधरीले गठबन्धनलाई नैतिकताको पाठ सिकाउन सुझाए । सरकारले बहुमत सिद्ध गर्न नसके स्वाभाविक रूपमा मुख्यमन्त्रीले राजीनामा दिनुपर्ने उनले बताए ।  

‘यो संविधानको धारा १६८ (२) बमोजिम बनेको सरकार हो’, चौधरीले भने, ‘यो सरकार फेजआउट हुन्छ भने धारा ३ मा प्रवेश गर्छ । फर्केर फेरि धारा २ मा जाँदैन । धारा ३ मा जादाखेरि फेरि ठूलो दलको हैसियत जो छ उसैले सरकार बनाउने अवसर प्राप्त गर्छ ।’

प्रदेशसभामा एमाले २९ सांसदसहित पहिलो दल हो । प्रदेशसभाको अर्को बैठक आगामी २०८० वैशाख ९ गते शनिवार १ बजे बोलाइएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x