×

NMB BANK
NIC ASIA

जसले गरे जरिवानासहित ४२ वर्षपछि पुस्तक फिर्ता

चैत २२, २०७९

NTC
Premier Steels

६४ रुपैयाँ मूल्यको पुस्तकको जरिवाना चार हजार रुपियाँ !  सुन्दा अचम्म लाग्न सक्ला तर पुस्तकालयबाट लगेको एक पुस्तक फिर्ता गर्दा पाठकले चार हजार रुपियाँ जरिवाना तिर्नुपरेको छ।

Muktinath Bank

पुस्तक लगेर वर्षौंसम्म फिर्ता नगर्ने वा हराउने प्रवृत्तिलाई रोक्न त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालय पछिल्लो समय कडा रूपमा प्रस्तुत भएको छ। पुस्तकालयले हालै विश्वविद्यालयका एक जना प्राध्यापकसँग चार हजार रुपियाँ जरिवाना असुल गरेको छ। ती प्राध्यापकले ‘एक सातामै फिर्ता गर्छु’ भनेर २०४२ सालमा पुस्तकालयबाट राजनीतिशास्त्र विषयको ‘पोलिटिकल डेभलपमेन्ट एन्ड सोसियल चेन्ज’ नामक पुस्तक लिएका थिए । त्यतिखेर विश्वविद्यालयको विद्यार्थी नै थिएनन्। पढाइ सकेर त्रिविमै सेवा सुरु गरेपछि पनि पुस्तक फिर्ता गर्ने विषयमा उनले ध्यान दिएनन्। सेवाबाट निवृत्त हुने बेलामा पुस्तकालयबाट उक्त पुस्तक लगेर फिर्ता नगरेको अभिलेख फेला प¥यो। 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पुस्तकालयका प्रमुख पूर्णलाल श्रेष्ठले भने, “नियमअनुसार पुस्तक लैजाने व्यक्तिले अध्ययन सकेपछि परीक्षा नियन्त्रण कार्यालयबाट ट्रान्सक्रिप्ट झिक्ने बेलामा पुस्तकालयको क्लियरेन्स गर्नुपर्ने हो तर त्यतिखेर परीक्षा नियन्त्रण कार्यालयमा भनसुन गरेर काम मिलाए होलान्। अहिले ४२ वर्षपछि भए पनि तिर्न बाध्य पारियो।”


Advertisment
Nabil box
Kumari

पुस्तकालयका सूचना अधिकारी विजय शर्माका अनुसार सो पुस्तक अहिले नेपाली बजारमा कतै पनि पाइँदैन। “आदेशअनुसार सामानको अनलाइन डेलिभरी गर्ने पोर्टल अमेजनमा खोज्दा अहिले उक्त पुस्तकको मूल्य दुई हजार पाँच सय रुपियाँ रहेछ,” उनले भने, “पुस्तकको मूल्यमा पुस्तकालयको नियमअनुसार जरिवाना शुल्कसमेत जोड्दा चार हजार रुपियाँ पुग्यो। सोहीअनुसार भर्खर मात्रै उहाँलाई पुस्तकालयबाट क्लियरेन्सको पत्र दिइयो।”

Vianet communication

आर डब्लु फिन्क्ले र जेएल गब्लले सो पुस्तक संयुक्त रूपमा लेखेको र जो विन्ली एन्ड सन्स इङ्कले पुस्तक प्रकाशन गरेको थियो। पुस्तकालयले पुस्तक लगेर समयमै फिर्ता नगर्नेलाई तोकिएको समयावधि नाघेपछि दिनको एक रुपियाँका दरले जरिवाना लिन्छ। त्यसबाहेक पुस्तक फिर्ता गर्ने समयमा उक्त पुस्तकको बजार मूल्य जति छ, त्यसको २५ प्रतिशत अतिरिक्त शुल्क पनि लिने गर्छ। गोरखापत्रमा खबर छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x