×

NMB BANK
NIC ASIA

खेलकुद क्षेत्रमा पार्टी र गुटगत राजनीति गर्न हुँदैनः मुख्यमन्त्री कार्की

चैत २२, २०७९

NTC
Premier Steels

 कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले खेलकुद क्षेत्रलाई राजनीतिमा मिसाउने पक्षमा आफू नरहेको बताएका छन् ।  राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका प्रतियोगिताहरुमा सहभागी भई विभिन्न विधाका पदक विजेता कोशी प्रदेशका खेलाडीहरुलाई सम्मान गर्दै मुख्यमन्त्री कार्कीले सो कुरा बताएका हुन् । उनले खेलकुद क्षेत्रमा पार्टी र गुटगत राजनीति गर्न नहुने बताउँदै संवैधानिक र कानूनी प्रक्रिया पुर्याएर काम गर्न प्रदेश खेलकुद बोर्डका पदाधिकारीहरुलाई निर्देशन गरे । 

Muktinath Bank

त्यसैगरी उनले विकास बोर्डलाई चाहिलेन आवश्यक कर्मचारीको व्यवस्थापन चाँडै गर्ने जानकारी गराउँदै आर्थिक मन्दि आएपनि  प्रदेशका खेलकुद गतिविधिलाई प्रभावित हुन नदिने प्रतिवद्धता जनाए । 
उनले खेलकुद क्षेत्रलाई कोशी प्रदेशकै पहिचानको रुपमा अगाडि बढाउन प्रदेश सरकार तयार रहेको बताउँदै झापाको कमल गाउँपालिकामा अवस्थित रङ्गशालालाई आदिवासी जनजाति रङ्गशालाको रुपमा निर्माण गर्न कोशी प्रदेश सरकारले काम सुरु गरिसकेको जानकारी गराए । उनले भने, ‘ नेपालको क्रिकेट खेलले ठूलो आशा जगाएको छ, मोरङको  झापा वैजनाथपुर स्थित रङ्गशालालाई तीन वर्ष भित्र अन्तराष्ट्रिय स्तरको रङ्गशालाको रुपमा निर्माण सम्पन्न गर्ने गरी कोशी प्रदेश सरकारले काम अगाडि बढाउनेछ ।’ 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मुख्यमन्त्री कार्कीले कोशी प्रदेश सरकारले आगमी २/३ वर्ष भित्र खेलकुदको क्षेत्रमा सन्देश दिने गरी काम गर्ने दाबी गरे । कार्यक्रममा बोल्दै कोशी प्रदेशका सामाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारीले राष्ट्रिय स्तरका खेलाडीहरु राष्ट्रिय व्यक्तित्व भएकाले अनुशासनमा ध्यान दिनुपर्ने बताए । 


Advertisment
Nabil box
Kumari

कार्यक्रममा विभिन्न विधाका पदक विजेताहरु ललित राजवंशी र  दीपेश कँडेल एक लाख ११ हजार १११, सञ्जय राई ३० हजार , प्रिय राईलाई एक लाख नगद्  डेनिका राईलाई २५ हजार  , सागर यादव १५ हजार , निमा जिसीलाई १५ हजार, अंशु मण्डललाई, रंजु चौधरी, र  पूजा चौधरीलाई पाँच हजार नगद सहित सम्मान गरिएको मुख्यमन्त्री कार्यालयले जनाएको छ । 

Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख १८, २०८१

भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्सले दिल्ली क्यापिटल्समाथि जीत दर्ता गरेको छ ।  सोमबार राति घरेलु मैदान इडेन गार्डेनमा भएको खेलमा उत्कृष्ट फर्ममा रहेको कोलकाताले द...

जेठ २, २०८१

इंडियन प्रिमियर लिग (आईपीएल)क्रिकेटमा लखनऊ सुपर जाएन्ट्स दिल्ली क्यापिटल्ससँग पराजित भएको छ । दिल्लीको घरेलु मैदानमा सोमबार राति सम्पन्न खेलमा दिल्ली १९ रनले विजयी भएको हो । दिल्लीले दिएको २०९ रनको लक्ष्य पछ्य...

कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x