×

NMB BANK
NIC ASIA

अर्थतन्त्रको चिन्ता

अर्थतन्त्र सुधारको प्रश्न– कसरी काम गर्दैछन् नवनियुक्त अर्थमन्त्री डा. महत ?

चैत २४, २०७९

NTC
Premier Steels

सरकारले लिएकै नीतिका कारण मुलुकको अर्थतन्त्रमा असहजता उत्पन्न भइरहेको छ । राष्ट्र बैंकले जारी गर्ने बाह्य सूचक सकारात्मक भए पनि व्यावहारिक रूपमा भने अर्थतन्त्र संकुचनतर्फ गएको छ । 

Muktinath Bank

घरजग्गा व्यवसाय ठप्प र आयात निरुत्साहनले चालू आर्थिक वर्षको चैत २२ सम्ममा १ खर्ब ५ अर्ब रुपैयाँले राजस्व घटेको, शेयर बजार दुई वर्षदेखि चलायमान हुन नसकेको, तरलता अभावका कारण अर्थतन्त्र चलायमान हुन नसकेको र निजी क्षेत्रको विकासको गति कमजोर भएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अर्थतन्त्रको प्रमुख सूचकमा प्रत्यक्ष असर गर्ने गरी राजस्व संकलनमा कमी भएको छ । सरकारको आम्दानी यो वर्ष साउनदेखि चैतसम्ममा जम्मा ६ खर्ब ६८ अर्ब रुपैयाँ मात्रै भएको छ । यो अवधिसम्ममा सरकारले संकलन गरेको राजस्व जम्मा ६ खर्ब २७ अर्ब रुपैयाँ मात्रै छ । 


Advertisment
Nabil box
Kumari

सरकारको लक्ष्यभन्दा करीब साढे ३ खर्ब रुपैयाँले राजस्व संकलन यो अवधिमा घटिसकेको छ । अहिलेसम्मको अवधिमा राजस्व संकलन जम्मा ४४ प्रतिशत मात्रै छ । अबको ३ महिनामा यसलाई बढाएर शत प्रतिशत अर्थात् १४ खर्ब ३ अर्ब रुपैयाँ पुर्‍याउन सक्ने अवस्था छैन ।

Vianet communication

यो अवधिसम्ममा सरकारको खर्च भने ८ खर्ब ५९ अर्ब रुपैयाँ पुगिसकेको छ । आम्दानीभन्दा खर्च १ खर्ब ९१ अर्ब रुपैयाँले बढी हो । अहिलेसम्म सरकारले जम्मा ४४ प्रतिशत मात्रै राजस्व संकलन गर्न सकेको छ भने खर्च ५६ प्रतिशत पुगिसकेको छ । 

गत वर्ष २२ चैतसम्ममा सरकारले ७ खर्ब ८५ अर्ब रुपैयाँ राजस्व संकलन गरेको थियो । यसबाट भएको खर्च भने जम्मा ७ खर्ब ४९ अर्ब रुपैयाँ मात्रै थियो । गत वर्ष यो अवधिसम्ममा राजस्व ६२ प्रतिशत संकलन भएको थियो भने खर्च ५५ प्रतिशत मात्रै थियो ।

अर्थतन्त्र कमजोर भएका बेला अर्थमन्त्रालको नेतृत्व भने पछिल्लो समय एक महिनाभन्दा बढी खाली रहन पुग्यो । जसका कारण पनि संकुचित अर्थतन्त्रमा सुधार हुन समय लागिरहेको छ । संकुचित अर्थतन्त्र सुधार गर्दै बजेट तयारीको मुखैमा शुक्रवार मात्रै अर्थमन्त्रीका रूपमा डा. प्रकाशशरण महतले जिम्मेवारी सम्हालेका छन् ।

महतले जिम्मेवारी सम्हालेपछि मन्त्रालय र मातहतका निकायको गतिविधिका विषयमा आवश्यक बिफ्रिङ लिने एक चरणको काम सकेका छन् । मन्त्रीले निजी क्षेत्रका प्रतिनिधिमूलक संस्था नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, बैंकर्स एसोसिएसन अफ नेपाल, नेपाल चेम्बर अफ कमर्ससहिका निकायबाट अर्थतन्त्रको अवस्था र गतिविधिको जानकारी लिएका छन् ।

निजी क्षेत्रले अर्थतन्त्रको सुधारका लागि सबैभन्दा पहिलो पहल बैंकको ब्याजदर घटाउने, तरलता प्रवाह बढाउने र अर्थतन्त्रलाई चलायमान बनाउन भूमिका खेल्नुपर्ने सुझाव दिएका छन । 

अर्थमन्त्रीलाई नेपाल राष्ट्र बैंकका गभर्नरले भेटेर अर्थतन्त्रको वास्तविक अवस्थाबारे जानकारी गराइसकेका छन् । बजारमा तरलता अभावको कारण र अपनाउन सकिने उपायबारे पनि जानकारी दिइसकेका छन् । 

यसबीचमा अर्थमन्त्री डा. महतले गृह मन्त्रालयसहितको समन्वयमा राजस्व चुहावट तथा नियन्त्रण समितिको बैठक राखिसकेका छन् । अर्थमन्त्रीले राजस्व चुहावट हुन नदिन र नियन्त्रण गर्न कडा निर्देशनसमेत दिइसकेका छन् । अर्थमन्त्री महतबाट विदेशी दातृ निकायसँगको भेटघाट र आवश्यक सुझाव लिने काम पनि भएको छ । 

मुलुकको अर्थतन्त्रको अवस्थाबारे जानकारी लिएका महतले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन नीति लिएर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरिसकेका छन् । 

अर्थमन्त्री महतले बिहीवार आर्थिक पत्रकारसँगको भेटमा उद्योगी व्यवसायीले औंल्याएका समस्या समाधान गरेर जाने संकेत गरेका छन् । यसका लागि आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट (वित्त नीति) र मौद्रिक नीति पर्खन पनि मन्त्री महतले आग्रह गरे ।

अहिले बजेट बनाउने चटारो बढेको छ । बजेट बनाउन अब डेढ महिना मात्रै समय बाँकी रहेको छ । बजेट बनाउने कामलाई प्राथमिकता दिएर अगाडि बढिरहेकाले धेरै समस्याको समाधान बजेट र त्यसपछि आउने मौद्रिक नीतिबाट हुने उनले बिहीवार अर्थमन्त्रालयमा आयोजित एक कार्यक्रममा बताएका थिए ।

ब्याजदर घटाउने संकेत

अर्थमन्त्री डा. महतले आगामी आर्थिक वर्षबाट बैंकहरूले लिइरहेको निक्षेप तथा कर्जाको ब्याजदर घटाउने संकेत गरेका छन् । निजी क्षेत्रले कर्जाको ब्याजदर महंगो भएकाले लगानी गर्न सक्ने वातावरण नभएको र प्रतिफल कम भएको भन्दै घटाउन लबिङ गरिरहेका छन् ।

अहिले बैंकहरूको औसत ब्याजदर १० वर्षयताकै उच्च विन्दुमा पुगेको छ । नेपाल बैंकर्स संघले उपलब्ध गराएको एक तथ्यांकअनुसार २०६९ असारपछि सबैभन्दा बढी ब्याजदर २०७९ माघमा पुगेको देखिएको छ । माघमा बैंकहरूको औसत ब्याजदर १३.०३ प्रतिशत पुगेको थियो । यस्तो ब्याजदर १० वर्ष पहिले असारमा १२.६० प्रतिशत पुगेको थियो । 

१० वर्ष अगाडि उच्च विन्दुमा पुगेर २०७८ असारमा ब्याजदर घटेर औसतमा ८.४३ प्रतिशतमा झरेको थियो । पछिल्लो समय तरलता अभाव र अर्थतन्त्रको असहज अवस्थाका कारण ब्याजदर बढेको छ । २०७८ असारपछि निरन्तर बढ्दै गएको ब्याजदर पछिल्लो डेढ वर्षमा औसतमै ५ प्रतिशतले बढेको छ । पछिल्लो समय बढेको ब्याजदर कम गर्न बैंकहरूले बेसरेट घटाउँदै गएका छन् । तर, बजारले खोजेको जस्तो अस्वाभाविक ढंगले ब्याजदर घट्ने अवस्था भने नभएको बैंकर्स संघले बताइरहेको छ ।

असार २०७९ मा ११.६२ प्रतिशत पुगेको यस्तो ब्याजदर अहिले १३.०३ प्रतिशत पुग्नुलाई बैंकर्स संघ भने सामान्य उतारचढाव मात्रै भनेर बसेको छ ।  बैंकर्स संघका अध्यक्ष सुनिल केसीले पछिल्लो समय कर्जाको ब्याजदर मात्रै नभएर निक्षेपको ब्याजदर पनि बढेको तर्क गरे । 

पछिल्लो समय बैंकको औसत निक्षेपको ब्याजदर पनि ८.४१ प्रतिशत पुगेको छ । निक्षेपको ब्याजदर पनि अहिलेसम्मकै धेरै हो । निक्षेपको दरसँगै औसत बेसरेट र ब्याजदर बढेको केसीको तर्क छ ।

हाल बैंकहरूको औसत बेसरेट १०.७२ प्रतिशत पुगेको छ । यस्तो बेसरेट पनि अहिलेसम्मकै धेरै भएको तथ्यांकले देखाएको छ । यसअघि बैंकहरूको बेसरेट असार २०७३ मा ६.५४ प्रतिशत थियो ।

परिणाम देखिने गरी काम गर्दै छु– अर्थमन्त्री महत

अर्थमन्त्री डा. प्रकाशशरण महतले परिणाम देखिने गरी काम गर्दै गरेको बताएका छन् । महतले भने, ‘अरूले काम नगरे पनि गरेजस्तो गरेर प्रचार गर्ने गरेका रहेछन् । म भने गरेको काम पनि प्रचार गर्न नरुचाउने र नसक्ने स्वभावको व्यक्ति परें । जे जति काम गरिरहेको छु, परिणाम देखिनेगरी गर्दैछु ।’

उनले राजस्व संकलन घटेर अर्थतन्त्रमा दबाब परेको विषयलाई गम्भीर रूपमा लिएको बताए । गत वर्षको तुलनामा राजस्व संकलन यो वर्ष पनि पुर्‍याउने गरी काम भइरहेको छ भने भन्सार राजस्व घटेको विषयमा आवश्यक अध्ययन भइरहेको छ । भन्सारमा मोबाइलकै कारण ३० देखि ३५ अर्ब राजस्व कम भयो भन्नेसहितको विषय उठिरहेको र ती विषयमा अर्थ मन्त्रालयले गम्भीरताका साथ अध्ययन गरेर निर्णय गर्ने उनले बताए । 

अर्थमन्त्री महतले ब्याजदर बढी हुँदा उत्पादनको लागत बढ्ने र लगानीको वातावरण नबन्ने हुँदा त्यसले असर पारिरहेको क्षेत्रलाई पनि गम्भीरताका साथ लिएर काम गरिरहेको जानकारी दिएका छन् । अर्थतन्त्रमा गर्नुपर्ने सुधार र आवश्यक पहलको विषयमा निजी क्षेत्र, सम्बन्धित सरोकारवाला निकायदेखि दातृ निकायसम्म आवश्यक छलफल भइरहेको भनाइ पनि अर्थमन्त्री महतको छ ।

उनले विदेशी सहयोगको पूर्ण उपयोग गर्ने, स्रोतको सुनिश्चितता बढाएर काम गर्ने, प्राथमिकता निर्धारण गरेर अर्थतन्त्र सुधारमा काम गर्दै जाने बताए ।

चालू खर्च कम गर्ने, पूँजीगत खर्चलाई बढीभन्दा बढी उत्पादनमुखी बनाउनेसहितका काम अर्थ मन्त्रालयबाट भइरहेको पनि अर्थमन्त्री महतको भनाइ छ । महतले जनता र जनप्रतिनिधि सबैबाट अर्थतन्त्र सुधारका पूरा गर्नुपर्ने जिम्मेवारीका विषयमा अवगत गराएर अहिलेको समस्या समाधानको पहल भइरहेको पनि जानकारी दिए । 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x