×

NMB BANK
NIC ASIA

सामाजिक सुरक्षा कोषका योगदानकर्तालाई यी ४४ अस्पतालमा ८० प्रतिशत छुट

चैत २४, २०७९

NTC
Premier Steels

सामाजिक सुरक्षा कोषले योगदानकर्ताको सुविधाका लागि ४४ वटा अस्पतालसँग सम्झौता गरेको छ । जसअनुसार सम्झौता भएका अस्पतालबाट सेवा लिँदा लाभग्राहीले उपचार गर्दा लागेको रकमको २० प्रतिशत मात्र बुझाए पुग्नेछ । अर्थात् ८० प्रतिशत रकम योगदानकर्ताले छुट पाउनेछन् । 

Muktinath Bank

योगदानकर्ताले उपचारपछि कोषको कार्यालयमा पुगेर दाबी भुक्तानी लिनु नपर्ने गरी देशभरका ४४ अस्पतालसँग अनलाइन सम्झौता भएको कोषले जनाएको छ । 
नियमित योगदान गर्ने योगदानकर्ताले कोशी प्रदेशका ९, मधेस प्रदेशका ९, बागमती प्रदेशका २०, गण्डकी प्रदेशका २ र लुम्बिनी प्रदेशका ४ वटा गरी कोषको प्रणालीसँग जोडिएका ४४ अस्पतालमा कोषको परिचय पत्र देखाएर सुविधा दिन सक्नेछन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

फागुन १ यता देशभरका विभिन्न १५ वटा स्थानमा अनलाइन (लाइभ) सम्झौता भएका ४४ अस्पतालबाट मात्र औषधि उपचारबापतको सुविधा भुक्तानी हुने कोषले जनाएको छ । त्यसबाहेकका स्थानहरूमा जुनसुकै अस्पतालमा उपचार गर्दा कोषको कार्यालयमा आवश्यक कागजात बुझाएर दाबी गर्नुपर्ने कोषले जनाएको छ ।


Advertisment
Nabil box
Kumari

सम्झौता भएका ४४ अस्पताल कुन–कुन हुन्, सूची हेर्नुहोस्
१. मनमोहन मेमोरियल पूर्वाञ्चल क्षेत्रीय सामुदायिक अस्पताल– बिर्तामोड, झापा
२. बी एन्ड सी मेडिकल कलेज एन्ड टिचिङ हस्पिटल– बिर्तामोड, झापा
३. पशुपति मोडेल हस्पिटल– इटहरी, सुनसरी
४. हाम्रो अस्पताल– विराटनगर, मोरङ
५. विराट मेडिकल कलेज एन्ड टिचिङ हस्पिटल– टंकिसिनुवारी, विराटनगर
६. नोवेल मेडिकल कलेज टिचिङ हस्पिटल– विराटनगर, मोरङ
७. मोरङ सहकारी अस्पताल– सोमबारे हाट, विराटनगर, मोरङ
८. ओखलढुंगा सामुदायिक अस्पताल– ओखलढुंगा
९. रामलाल गोल्छा आँखा अस्पताल– विराटनगर, मोरङ
१०. नेसनल मेडिकल कलेज– वीरगन्ज, पर्सा
११. वीरगन्ज हेल्थ केयर अस्पताल– वीरगन्ज, पर्सा
१२. गण्डक अस्पताल– वीरगन्ज, पर्सा
१३. स्पर्स अस्पताल– वीरगन्ज, पर्सा
१४. किरण आँखा अस्पताल– वीरगन्ज, पर्सा
१५. नमुना सामुदायिक अस्पताल– हरिवन, सर्लाही
१६. जानकी हेल्थ केयर– जनकपुर, धनुषा
१७. छिन्नमस्ता अस्पताल– राजविराज, सप्तरी
१८. शुभ स्वस्तिक अस्पताल– बर्दिबास, महोत्तरी
१९. वीर अस्पताल– काठमाडौं
२०. त्रिवि शिक्षण अस्पताल– महाराजगन्ज, काठमाडौं
२१. मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पताल– स्वयम्भू, काठमाडौं
२२. हेल्पिङ ह्यान्ड्स सामुदायिक अस्पताल– चाबहिल, काठमाडौं
२३. काठमाडौं मेडिकल कलेज (केएमसी)– सिनामंगल, काठमाडौं
२४. ने.अ.सं. नेपाल अर्थोपेडिक अस्पताल– जोरपाटी, काठमाडौं
२५. तिलगंगा आँखा अस्पताल– तिलगंगा, काठमाडौं
२६. दृष्टि आई केयर– कलंकी, काठमाडौं
२७. एभरेस्ट अस्पताल– नयाँ बानेश्वर, काठमाडौं
२८. होप अस्पताल– सिनामंगल, काठमाडौं
२९. शंकरापुर अस्पताल– गोकर्णेश्वर, काठमाडौं
३०. पिपुल्स डेन्टल कलेज एन्ड हस्पिटल– सोह्रखुट्टे, काठमाडौं
३१. फ्रन्टलाइन हस्पिटल– पुरानो बानेश्वर, काठमाडौं
३२. पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान (पाटन अस्पताल)– ललितपुर
३३. शिर मेमोरियल अस्पताल– बनेपा, काभ्रे
३४. कलेज अफ मेडिकल साइन्सेस– भरतपुर, चितवन
३५. चितवन मेडिकल कलेज टिचिङ हस्पिटल– भरतपुर, चितवन
३६. मकवानपुर सहकारी अस्पताल– हेटौंडा, मकवानपुर
३७. चुरेहिल अस्पताल– हेटौंडा, मकवानपुर
३८. काठमाडौं क्यान्सर सेन्टर– ताथली, भक्तपुर
३९. चरक मेमोरियल अस्पताल– पोखरा, कास्की
४०. ग्यालेक्सी अस्पताल– पोखरा, कास्की
४१. लर्डबुद्ध एजुकेसनल एकडेमी (नेपालगन्ज मेडिकल कलेज)– कोहलपुर, बाँके
४२. लर्डबुद्ध एजुकेसनल एकेडेमी (नेपालगन्ज मेडिकल कलेज)– नेपालगन्ज, बाँके
४३. युनिभर्सल कलेज अफ मेडिकल साइन्स– भैरहवा, रुपन्देही
४४. गौतमबुद्ध मुटु अस्पताल– बुटवल, रुपन्देही

Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x