×

NMB BANK
NIC ASIA

आजदेखि भक्तपुरमा बिस्का यात्रा मनाइँदै

चैत २७, २०७९

NTC
Sarbottam
फाइल फोटो
Premier Steels
Marvel

तान्त्रिक विधिबाट ८ रात, ९ दिन मनाइने भक्तपुरको ऐतिहासिक एवं सांस्कृतिक महत्त्व रहेको बिस्का जात्रा आजदेखि शुरू हुँदैछ ।

Muktinath Bank

जात्रालाई शान्तिपूर्ण, मर्यादित र सुरक्षित ढंगले मनाउने सन्देश प्रवाह गर्दै आइतवार भक्तपुरमा सद्भाव र्‍याली आयोजना गरिएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

भक्तपुरमा आजदेखि शुरू हुने बिस्का जात्रालाई ढुंगा हानाहान नगरी शान्तिपूर्ण रूपमा भव्यसँग मनाउने सन्देश प्रवाह गर्दै आइतवार दत्तात्रय इनाय टोल र दूधपाटीबाट एकैसाथ शुरू भएको र्‍याली पाँचतले मन्दिर प्रांगण तौमढीमा पुगेर सभामा परिणत भएको थियो । 


Advertisment
Nabil box
Kumari

‘बिस्केट जात्रा शान्तिपूर्ण रूपमा मनाऔं’ भन्ने नारा लगाउँदै भएको र्‍यालीमा सांसद प्रेम सुवाल, भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति, भक्तपुरका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाल, सहायक प्रजिअ माधवप्रसाद शर्मा, नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना, विभिन्न विद्यालय एवं क्याम्पसका विद्यार्थी, नेपाल स्काउट, क्लब, सहकारी, विभिन्न संघसंस्थाका सयौं व्यक्ति सहभागी र्‍याली तौमढी पुगेको थियो । 

Vianet communication
Laxmi Bank

सद्भाव सभामा सांसद सुवालले विश्व प्रसिद्ध यो जात्रालाई विकृतिरहित ढंगले शान्तिपूर्ण रूपमा सम्पन्न गर्न आह्वान गर्दै जात्रालाई भड्किलो नबनाई मितव्ययिता बनाउन आग्रह गरेका छन् ।

भक्तपुर नगरपालिकाका प्रमुख प्रजापतिले बिस्का जात्रा भक्तपुरको गौरव बोकेको जात्रा भएको बताउँदै जात्राबारे सबैलाई जानकारी दिन स्थानीय पाठ्यक्रम निर्माण गरी भक्तपुरका ९२ वटै विद्यालयहरूमा यसको पढाइ भएको बताए ।

कार्यक्रममा भक्तपुरका प्रजिअ रिजालले बिस्का जात्रा भक्तपुरवासी र नेपालकै पहिचान र गौरव बोकेको जात्राका रूपमा रहेकाले यसलाई शान्तिपूर्ण बनाउन सबैले हातेमालो गर्नु आवश्यक रहेको बताए । उनले जात्रामा हुने अवाञ्छित र उच्छृंखल गतिविधिमाथि सीसी क्यामेराबाट निगरानी गरी कारबाही गरिने स्पष्ट पारेका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

काठमाडौं -केही मानिस धार्मिक मान्यताका कारण लसुन र प्याज खाँदैनन् । विशेषगरी ब्राह्मणहरू लसुन प्याज खाँदैनन् । यसरी नखानुका वैज्ञानिक र धार्मिक कारण छन् । आयुर्वेदका अनुसार खाद्य पदार्थलाई तीनवटा श्रेणीमा बाँड...

कात्तिक १९, २०८०

महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो ।  यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीह...

मंसिर ११, २०८०

जन्मदेखि लिएर मृत्युसम्म निर्धारित परम्परा पालन गर्नु हिन्दूहरूको विशेषता हो । पर्वहरूमा मात्र नभएर दिनदिनैको कर्मकाण्डमा पनि धर्म, परम्परा र भगवानको पूजापाठलाई हिन्दूहरू महत्व दिन्छन् । दिनदिनै पूजापाठ गर्ने हिन्...

कात्तिक २१, २०८०

घरमा माउसुली देखिनु एक सामान्य घटना हो । सामान्यरुपमा हेर्दा यो एक जीव हो तर जीव जन्तु मनुष्यको प्रकृतिको एक महत्वपूर्ण हिस्सा मान्ने हिन्दू शास्त्रमा माउसुली बारे जोडिएको गतिविधिबारे विस्तृत जानकारी छ ।...

कात्तिक २९, २०८०

महाभारतको युद्धमा धेरै शूरवीरले आफ्नो प्राण को आहुति दिएका थिए । यो यस्तो युद्ध थियो जसले कुरुक्षेत्र को धरतीलाई रक्तरंजित बनाएको थियो ।  रगत यति धेरै बगेको थियो कि आज पनि उक्त स्थानको माटो रातो छ ।&...

कात्तिक १५, २०८०

१. नमस्कारको चलन हिन्दु संस्कृतिमा मानिस हात जोडेर एक अर्कालाई अभिवादन गर्छन् जसलाई नमस्कार भनिन्छ । यो परम्पराका पछाडिको सामान्य कारण भनेको दुवै हात जोडेर गरिने अभिवादनले सम्मान झल्काउँछ । तर वैज्ञानिक र...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x