×

NMB BANK
NIC ASIA

बुढ्यौलीमा मौरीपालनको मोह

बैशाख २, २०८०

NTC
Premier Steels

पाल्पाको रामपुरका जयनारायण न्यौपानेको समय बुढ्यौलीमा पनि मौरीको हेरचाह र मह उत्पादनमा बित्ने गरेको छ । रामपुर नगरपालिका–६ किसान टोलमा मौरी उद्योग सञ्चालन गर्दै आएका न्यौपाने पाल्पाकै नमूना र सफल मौरीपालन व्यवसायी हुन् ।

Muktinath Bank

घर वरिपरिका फलफूलसहितको मौरीघारले भरिएको बगैंचामा दिनभर मौरीको रेखदेख, हेरचाहमै रमाउने न्यौपाने यस क्षेत्रकै मौरीपालन व्यवसायमा अब्बल कृषकका रूपमा कहलिएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनको घरमा हाल मौरीगोलासहित ४० घार छन् । आफ्नै करीब ४ रोपनी क्षेत्रफलमा बगैंचा सहितको मौरीपालन गरिरहेका छन् । आजभन्दा साढे २ दशकअघिदेखि शुरू गरेको व्यवसाय अहिलेसम्म निरन्तर रूपमा अगाडि बढाइरहेका छन् ।


Advertisment
Nabil box
Kumari

‘मौरीपालनमा लागेपछि समय बिताउन समस्या छैन, बुढ्यौलीमा घर वरपरका बगैंचामा मौरीपालन गरेर आम्दानी मात्र नभई घरमा यससम्बन्धी ज्ञान सीप सिक्न आउनेलाई प्रविधि सिकाउने गरिरहेको छु,’ उनले भने ।

Vianet communication

गोला सहितको मौरीघार ९ हजार, खालीघार ५ हजार रुपैयाँमा बिक्री भइरहेको छ । यहाँ उत्पादन भएको मह प्रतिकिलो १ हजार १०० रुपैयाँमा बिक्री हुने गरेको छ । १ वर्षमा करीब १०० मौरीघार बिक्री भइरहेको छ । १ घारमा वर्षमा ३ पटक मह उत्पादन हुने गर्दछ ।

वार्षिक करीब डेढ क्वीन्टल मह उत्पादन हुने गरेको न्यौपाने बताउँछन् । एउटा घारमा १ वर्षमा १८ किलोसम्म मह उत्पादन लिएको उनको भनाइ छ । आफूले सक्दासम्म व्यवसायलाई निरन्तर चलाउने उनको अठोट छ ।

मौरीघार (खालीघार), गोलासहित र मह बिक्री गरेर उनले १ वर्षमा ६ लाख रुपैयाँसम्म आम्दानी गर्दै आएका छन् ।

उनी भन्छन्, ‘लगानी धेरै गर्न नपर्ने, सानो लगानीबाट धेरै आम्दानी लिन सकिने, पशुपालनलाई झै आहार व्यवस्थान गर्न नपर्ने भएपछि मौरीपालनबाट धेरै फाइदा लिन सकिन्छ, स्वास्थ्यका लागि पनि हितकारी हुने भएपछि यो व्यवसाय आनन्दको छ ।’

उनले विक्रम संवत् २०५५ सालदेखि व्यावसायिक रूपमा मौरीपालन गर्दै आएका छन् । घरमा परम्परागत (मुढेघार) १५–२० घारमा बाउबाजेले मौरीपालन गरेको देखेपछि व्यावसायिक रूपमा नै उनले आधुनिक घारबाट अगाडि बढेका छन् । उनले भारतीय सेनाको जागिर बीचमै छाडेर गाउँ फर्केर मौरीपालनलाई व्यावसायिक रूपमा शुरू गरेका हुन् ।

स्वास्थ्यका लागि मह अति राम्रो हुने भएकाले पछिल्लो समय बजारमा माग बढ्दो रहेका र मह निकालेपछि झट्ट बिक्री नभए पनि अन्य कृषि उपजझै बिग्रियो भन्न नपर्ने भएकाले यसबाट कृषकले व्यावसायिक रूपमा मौरीपालनबाट धेरै लाभ लिन सक्ने उनका छोरा हुमनाथ न्यौपाने बताउँछन् । ‘महका लागि अहिले विभिन्न ठाउँबाट माग आइरहेको छ, मह औषधिको रूपमा, पूजाआजामा प्रयोग गरिने भएकाले बजार राम्रै छ, स्थानीयस्तरमा भन्दा बाहिर धेरै खपत भइरहेको छ,’ उनले भने ।

उनका अनुसार मंसिर, फागुन र साउनमा मह निकाल्ने गरिन्छ । स्थानीय उत्पादन भएकाले यहाँ उत्पादित मह अस्ट्रेलिया, जापानमा कोसेलीको रूपमा पुगेको छ । रामपुर–६ कै ज्येष्ठ नागरिक टिकाराम पाठक पनि मौरीपालनमै रमाइरहेका छन् । मौरी उनका लागि बुढेसकालको साहारा जस्तै बनेको छ । उनका घरमा हाल १६ आधुनिक मौरीका घार छन् ।

उनले २०६६ देखि नियमित रूपमा मौरीपालन व्यावसाय गरिरहेका छन् । पाठकले घार बढाउँदै गएका छन् ।

‘मौरीको वर्गीकरण, रानी मौरी पहिचान, गोला निरीक्षण, गोला विभाजन लगायत प्रविधि सिकेपछि व्यवसायमा सजिलो भएको छ, मौरीपालनमा मह काढ्ने तरिका, गोला विभाजन लगायतका प्रविधिमा पोख्त बन्नुपर्छ, सानो प्रविधि जानिएन भने व्यावसायिकीकरणमा समस्या हुन्छ,’ उनले भने ।

कृषि ज्ञान केन्द्र पाल्पाले मौरीपालनलाई व्यावसायिकीकरण गर्न विभिन्न प्रवद्र्धनात्मक कार्यक्रम गरिरहेको कार्यालयका प्रमुख कामना अधिकारी बताउँछिन् । मौरी प्रवद्र्धनलाई विगतका वर्षदेखि कार्यालयले विभिन्न कार्यक्रम गरिरहेको र यसवर्ष कृषकको क्षमता वृद्धिको लागि विभिन्न तालिम, सेरेना मौरी वंश सुधारका लागि पूर्वी रुकुम र जुम्लाबाट रानो ल्याएर मौरी संरक्षण गर्ने कार्यक्रम रहेको प्रमुख अधिकारीले बताइन् । उनका अनुसार पूर्वी रुकुमबाट रानो ल्याइसकेको र जुम्लाबाट ल्याउने तयारी भइरहेको छ । 
   
‘स्थलगत प्रविधि सिकाउन थालेपछि मौरीपालनमा कृषकको आकर्षण बढेको छ,’ उनले भनिन्, ‘व्यवसाय गर्न ईच्छुकलाई प्रविधि, मौरीपालनका लागि आवश्यक पर्ने विभिन्न उपकरण तथा सामग्री कार्यालयले आवश्यकताको आधारमा सहयोग गरिरहेको छ ।’ – सुशीला रेग्मी/रासस

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

चैत १५, २०८०

२०५८ साल वसन्त ऋतुको समय । घमाइलो त्यो समयमा एउटा फूल काँडाको बाटो डोरिँदै थियो । बहकाउ र त्रासमा १३ वर्षको बालक सत्तालाई बन्दुक नाल तेर्स्याउन कस्सिएको थियो । लहडमा हिँडेको बाटोमा न ऊ फुल्न पायो, न ओइलियो ।...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x