×

दिमागमा नकारात्मक कुरा धेरै खेल्न थालेपछि मैले केही समय स्तम्भ लेख्न छाडेको थिएँ । लेख्न बस्यो कि खाली मुखै छाड्न मन लाग्ने । एकप्रकारको जंगली स्वभाव देखापर्‍यो । तर बैतडीतिरका एकजना 'ब्रदर'ले आयुर्वेदिक औषधि सेवन गर्न दिएपछि हाल ठीकै छु । यो बीचमा मलाई खोजीनीति गर्ने सबै प्रिय पाठक वर्गमा यो लेख भेटीस्वरूप चढाउँछु ।

Laxmi Bank

अलेक्जेन्डरले संसार जित्न खोजेजस्तै रवि लामिछानेले नेपाल नै जित्न थालेपछि म आश्चर्यमा परें । असिनाले कुटेको कुखुराको जस्तो टाउको बनाएँ, किनकी म रवि प्रवृत्तिसँग कहिल्यै सहमत थिइनँ । एउटा मान्छे उफ्रिँदैमा यो देशलाई केही फरक पर्दैन भन्ने लाग्थ्यो । तर रविले आफूसँगै लाखौं मान्छेलाई उफारे । ती उफ्रिने अरू कोही नभएर तपाईं हाम्रै घरपरिवारका मान्छेहरू छन्।


Advertisment

मकै भुट्दा फूल उठेझैं यसरी मान्छे उफ्रिनुका केही कारण छन् :


Advertisment

आज एउटा बाजे आफ्ना प्यारा नातिनातिनाको उजाड भविष्य सम्झेर सडकमा रुनुपर्ने अवस्था छ । आज एउटा लक्काजवान आफूलाई जन्म दिने आमाको काजकिरिया गर्न विदेशबाट हिँड्न सकेको छैन। आज एउटा किसान घाँस काट्दा लागेको घाउको उपचार गर्न नसकेर सडकमा चन्दा मागिरहेको छ। आज एउटा आमा तिलहरी बेचेर नानीको स्कूल भर्ना गर्ने भरपुर कोशिश गर्दैछिन् । आज एउटा विद्यार्थी साउदीको भिसा कुरेर बसेको छ ।

तर, ठूला दलका नेताहरू हरेक दिन बेहुलाजस्तो पहिरनमा ठाँटिएर हिँडिरहेका छन् । तिनका कार्यकर्ताहरूले बजाएको बाजागाजा अनि रेकर्ड तोड्न लगाइदिएको ६० किलोको रंगीचंगी मालाले जनताको पीरमर्का छोपिएको छ । देशमा लोकतन्त्र त आएको छ, तर जनताले देशको झण्डा हल्लाउने मन्त्रीलाई भन्दा एउटा मामुली युट्युबरलाई विश्वास गर्ने परिस्थिति बनेको छ । नेताहरू दिउँसो झगडा गरेर राति फेरि मिलिरहेका छन् तर जनतालाई एक गाँस भात मिल्न सकिरहेको छैन ।

यिनै भोकमरीहरूको बीचमा एकाएक घण्टी बज्न पुग्यो । कोशी ब्यारेजमा पानी 'ओभर फ्लो' हुँदा खतराको साइरन बजेजस्तै ठूला नेताहरूको घमन्ड 'ओभर फ्लो' हुँदा यतिबेला घण्टीरूपी साइरन बजिरहेको छ । तर कोही पनि भ्रममा नपर्नुहोला, यो घण्टी कुनै चलचित्रको नायक नायिकाले बजाएको हैन । यो घण्टी त आफ्नो जिन्दगी दाउमा राखेर त्रिशुली नदीको भंगालो तर्ने इच्छाकामनाका  चेपाङहरूले बजाएका हुन्। यो घण्टी त अरबमा वैंश ढल्किन लागेका तरुना, तन्नेनीहरूले बजाएका हुन् । यो घण्टी त २१ औं शताब्दीमा पनि मानव तस्करीमा परेर 'हाउस मेड' बसिरहेका दिदीबहिनीहरूले बजाएका हुन्। 

र, यो एकदमै स्वाभाविक छ । जब मान्छेहरूमा असन्तुष्टि पैदा हुन्छ तब केही न केही बज्न शुरू गर्छ । घण्टी बजाउन मन नहुनेले मुड्की भए पनि बजाउँछन् । मुड्की बजाउन नसक्नेहरू गाला बजाएर भए पनि बस्छन् । आज घण्टी बज्यो । हिजो बन्दुक बजेको थियो । त्यो बन्दुक पनि शुरूमा सामाजिकरूपमा बहिष्करणमा परेका रोल्पा, रुकुमका किसानहरूले बजाएका थिए। हिजो सामाजिक अन्याय थियो, आज आर्थिक लुटतन्त्र छ । यो लुटतन्त्र हल गर्न नसके भोलि फेरि बन्चरो बज्न सक्छ । कुटो, कोदालो, लौरो जे पनि बज्न सक्छ ।

यिनै बजाइहरूको बीचमा कतिपय टीभी,  पत्रिकाका शेयर होल्डरवाला राजनीतिक विश्लेषक भन्छन्,  'गठबन्धनले चुनाव हार्‍यो ।' तर, म त गठबन्धनले चुनाव जितेको देख्छु। फरक यत्ति हो, हिजो नेताहरूले गठबन्धन गरे, आज जनताले गठबन्धन गरिरहेका छन् । हिजोसम्म एमाले, कांग्रेस, राप्रपा, माओवादीको नाममा चिनिएका नेता, कार्यकर्ताहरूले आज एउटै चुनाव चिह्नमा ढ्याप, ढ्याप मतदान गर्नु  पनि एक प्रकारको गठबन्धन नै हो । यसरी हेर्दा जनताको गठबन्धन सफल भएको देखिन्छ ।

नेताहरू बिग्रिएर के भयो ? जनताहरू सुध्रिए। जनताको व्यापक मत परिवर्तन हुनुलाई दलउपर जनताले गरेको सचेत 'राजनीतिक कु'को रूपमा बुझ्नु पर्दछ किनकी सधैंभरी कु सैनिकले मात्र गर्दैनन्, कहिलेकाहीँ जनताले पनि गर्छन् । खासगरी एमाले र कांग्रेस पार्टीको एकतन्त्रीय  सोचमाथि जनताले चक्मा दिने गरि कु गरिदिए।

नेताहरू बिग्रिएर के भयो ? जनताहरू सुध्रिए। जनताको व्यापक मत परिवर्तन हुनुलाई दलउपर जनताले गरेको सचेत 'राजनीतिक कु'को रूपमा बुझ्नु पर्दछ किनकी सधैंभरी कु सैनिकले मात्र गर्दैनन्, कहिलेकाहीँ जनताले पनि गर्छन् । खासगरी एमाले र कांग्रेस पार्टीको एकतन्त्रीय  सोचमाथि जनताले चक्मा दिने गरि कु गरिदिए। हामीबाहेक अरू कोही चाहिन्न भन्ने यिनीहरूको सामन्ती प्रवृत्ति 'रिकभर' हुन मुस्किल नै छ ।

बरु माओवादीलाई हाइसन्चो छ। उसको त उम्मेदवार पनि छैन । राप्रपाको उम्मेदवार छ, तर माओवादीको छैन । स्थानअनुसार जोसुकैलाई पनि मतदान गर्न सकिने अधिकार भएको माओवादी पार्टी अब साझा यातयातजस्तो भैसक्यो । यो गाडीमा जो पनि चढ्न सक्ने, पैसा नतिरी फरार हुन पनि पाइने । पार्टी नेतृत्व प्रधानमन्त्री हुनुहुन्छ, तर हामीलाई खतरा छ भन्नुहुन्छ । प्रधानमन्त्रीलाई खतरा भएको देशमा जनता कसरी  सुरक्षित हुने होला ?

यिनै डरमर्दो कोलाहलको बीचमा यतिखेर रवि लामिछाने एकप्रकारको उद्धारकर्ताको रूपमा देखा परेका छन् । थाहा छैन उनको हस्तरेखा कस्तो छ । तर यिनका अन्धभक्तहरूमा चाहिँ एउटा गम्भीर असामाजिक चरित्र देखिएको छ । दोबाटोमा भगवान् कृष्णको गीत गाएर थपडी बजाउँछन् । २१ औं शताब्दीमा पनि सती जाने कुरा गर्छन् । मर्दको छोराले जे पनि गर्न पाउँछसम्म भन्छन् । यस्तैयस्तै सेक्सी कुरा गर्छन् । अन्धभक्तहरूको जयजयकारबीच मोदीले भारतमा राज गरेको १० वर्ष हुन लाग्यो । जयजयकारको ध्वनी चर्को हुँदा नसुनिने गरी एयर इन्डिया बेचेर खाए । भोलि नेपालमा त्यस्तो नहोस् ।

आईसीयूमा अन्तिम श्वास फेरिरहेको बिरामीलाई डाक्टरले अक्सिजन दिनुको साटो भात खाने कि रोटी खाने भनेर सोध्यो भने के होला ? पक्कै पनि बिरामी कुरुवाहरू तोडफोडमा उत्रिन बेर लाग्दैन । डाक्टर लखेटिन सक्छन् । जीवनयापनको समस्याग्रस्त अभावमा तड्पिरहेका दु:खी कार्यकर्ताहरूलाई एउटा प्रधानमन्त्रीको हैसियतमा ढाडस दिनुको साटो, बेरोजगारीले प्याकप्याक परेका युवाहरूको माझमा सरकारले रोजगार दिने योजना सुनाउनुको साटो 'फलनालाई भोट दिए म मन्त्री दिन्छु' भन्नु नै पराजयको शुरूआत थियो ।

त्यो मन्त्री पदसँग जनतालाई कुनै सरोकार छैन । मन्त्रीसँग त जनता वाक्कदिक्क भैसकेका छन् । को मन्त्री बन्छ, को बन्दैन भनेर जनतालाई मतलब पनि हुँदैन । मन्त्रीले विकास गर्छ भन्ने कुरामा जनतालाई विश्वास छैन । मन्त्री कसरी हुन्छन्, मन्त्री पद पाएपछि तिनले के गर्छन्, त्यो सबैलाई थाहा भएकै कुरा हो । मन्त्री पदसँग मन्त्रीको नै भरोसा नभएको देशमा जनताको भरोसा हुने कुरा पनि भएन । जनताको प्रमुख सरोकार मन्त्री पद हैन, गाँस, बास र कपास हो ।

विश्वप्रकाश नाम गरेका नेता राम्रै सोचका हुन्, तर तनहुँमा यसपालि साडी बोकेर गएछन् । आमाहरूलाई सुहाउँछ होला भनेर साडी उपहार दिएछन् । एक भोट मागेछन् । ठूला दलका प्राय: सबै नेताले जनताको आर्थिक अभावलाई चुनावको मुखमा यसरी नै 'भिक्टिम कार्ड'का रूपमा प्रयोग गर्दै आइरहेका छन् । जनतालाई नांगो बनायो अनि चुनावको मुखमा एउटा साडी दिएर नमस्कार गर्‍यो, अनि फेरि अर्को चुनावका लागि नांगो बनाइदियो । यस्तो 'निन्जा टेक्निक' सरकारी कर्मचारीहरूलाई पनि थाहा रहेछ । परार साल प्रहरीका एक डीएसपीले भनेका थिए, 'के गर्ने बढुवा हुन गुण्डा पक्राउ गर्नुपर्छ । गुण्डा पक्राउ गर्न आफैंले गुण्डा पाल्नुपर्छ । गुण्डाविना बढुवा हुन गाह्रो छ यार ।' यसरी नेतासँगै नेपालका कर्मचारीहरू पनि महाचोर बनिसकेका छन् । जनताको सरकारी कामलाई महिनौंसम्म झुलाएर राख्छन्, तर आईटीका लागि भनेरचाहिँ बर्सेनि अर्बौं बजेट खर्चिन्छन् ।

अंग्रेजीमा scamming भन्ने एउटा शब्द छ । ठूला दलका नेताहरूले सधैंभरी जनताको सपनामाथि स्क्याम गर्दै आइरहेका छन् । माओवादीलाई पनि २०६२/०६३ तिर जनताले 'छप्पड फाडके' मत दिएकै थिए । तर अनुभवप्राप्त 'स्क्यामर' देउवा र ओलीको पछि लागेर प्रचण्डले यतिखेर आफ्नो पार्टीको उम्मेदवार खडा गर्न समेत सकेनन् । जो देशको प्रधानमन्त्री छ, उसैको उम्मेदवार छैन । माओवादी आन्दोलनको दृष्टिकोणबाट हेर्दा यो शर्मनाक अवस्था हो ।

एकजना पाकिस्तानीले कतै चिट्ठा खेलाउने काम गरेको देखेको थिएँ । टन्नै पैसा जितेको, जिताएको देखिन्थ्यो । त्यो हेर्नका लागि भीड नै लाग्थ्यो । धेरैले चिट्ठा थापे, तर परेन । पछि थाहा भयो त्यो चिट्ठा खेलाउने, जित्ने, जिताउने त सबै मिलेको पो हुँदा रहेछन् । अरूलाई उक्साउनका लागि साथीसाथी मिलेर नाटक गर्दा रहेछन् । बटुवाहरूलाई लोभ्याएर तिनीहरूसँग भएको पकेटखर्च झारझुर पारेपछि ती ठगमाराहरू कहिल्यै नभेटिने गरी एकसाथ फरार हुने रहेछन् ।

ठूला दलका नेताहरू जोसुकै किन नहुन्, यिनीहरूको शैली तिनै चिट्ठा खेलाउनेहरू जस्तो छ । एकसाथ ब्रम्हलुट गर्छन्, एकसाथ फरार हुन्छन् । निर्वाचन घोषणा गर्छन्, आफू-आफू मिल्छन् । दिउँसो झगडा गरेजस्तो गर्छन्, राति-राति भेट्छन् । राम्रालाई हराउन नराम्राहरू हलगोरु झैं एकजुट भएर आउँछन् । एउटा पार्टीको मान्छेलाई अर्को पार्टीको चुनाव चिह्नमा भोट हाल्न लगाउँछन् । तर यसरी नेता-नेता मिलेर जनतालाई मुर्गा बनाउने गोरखधन्दाको यसपालि राम्रैसँग पर्दाफास भयो ।

यही ठूला नेताको लहरमा अहिले अर्को नेता थपिएका छन्, रवि लामिछाने। अहिले नै भन्नु केही छैन, हेर्न बाँकी छ । तर यिनी पनि सिधा बाटोमा हिँड्ने मनुष्य भने हैनन् । यिनीमा जेलेनस्की प्रवृत्ति धेरै छ । घमन्डले भरिएको भाँडो जहिले पनि प्याट्ट फुट्न सक्छ । यिनीमा देखिएको चरम महत्त्वाकांक्षाले यो देशलाई युक्रेनजस्तो बनाउन पनि सक्छ । अपेक्षाचाहिँ रसियाजस्तो पावरफूल बनाऊन् भन्ने हो ।

तनहुँ, चितवन र बाराको प्रारम्भिक नतिजा आउन नपाउँदै एक ठुटे नेताले सामाजिक सञ्जालमा लेखे-'सच्चिने कि सक्किने ?'  हाँसोलाग्दो प्रश्नको जवाफ यही छ- सच्चिने पनि हैन, सक्किने पनि हैन । अब केही नगर्ने । के गर्ने त भन्दा पीडित जनताहरूलाई यतिका वर्षसम्म भ्रममा राखेर दु:ख दिएकोमा आममाफी मागेर घरभित्रै बिरालो खेलाएर बस्ने । यसो गमलामा पानी हाल्ने । पिँजडामा सुगा पालिएको छ भने सुगासँग बोलेर बस्ने । पट्टुपट्टु तिम्रो नाम के हो ? भन त भन्ने । जनताको अपार गाली खान मन लागेको छ भने टिकटक लाइभतिर जाँदा पनि भयो ।

सच्चिने कि सक्किने भन्ने त तर्क नै हैन । कतिपय चिजहरू यसरी बिग्रिन्छन् कि जसलाई कहिल्यै सच्च्याउन सकिन्न । आलु बिग्रिएपछि कुहिन्छ । त्यो सच्चिन्न । कुहिएको आलु पकाएर खाने कि काँचै खाने भन्ने पनि हुन्छ र ? आलु कुहिएपछि त कुहिइहाल्यो नि । गन्हायो, सकियो ।

सच्चिने कि सक्किने भन्ने त तर्क नै हैन । कतिपय चिजहरू यसरी बिग्रिन्छन् कि जसलाई कहिल्यै सच्च्याउन सकिन्न । आलु बिग्रिएपछि कुहिन्छ । त्यो सच्चिन्न । कुहिएको आलु पकाएर खाने कि काँचै खाने भन्ने पनि हुन्छ र ? आलु कुहिएपछि त कुहिइहाल्यो नि । गन्हायो, सकियो ।

ठूला पार्टीका पहिलो पुस्ताका प्राय: सबै नेताहरू कुहिसकेका छन् । त्यसकारण कुहिएको आलुहरू फ्यांकेर भकारीको रक्षा गर्ने बेला आएको छ। के चाकडीबाजहरू भकारीको रक्षा गर्न तयार छन् ? शायद, छैनन् । किनकी तिनीहरू पनि कुहिन थालेका छन् । यो कुरालाई बेलैमा नसोच्ने हो भने जनताले भकारी नै उठाएर फाल्दिन बेर लाग्दैन। संसारका ठूल्ठूला भकारीहरू हाम्रै आँखाअगाडि गुल्टिएका छन् ।

एउटा प्रसंग भन्छु । केही महिनाअगाडि विदेश पढेर गएका एकजना विद्यार्थीले ठूला दलका शीर्ष नेतालाई भेटेछन् र भनेछन्- हेर्नुहोस्, जमाना हाइड्रो इनर्जीको आइसक्यो । हामीसँग यसको भरपूर सम्भावना छ । यसका लागि पहल गर्नुपर्‍यो ।

यस्तो सल्लाह सुन्नेबित्तिकै ती नेताले रिसाउँदै भनेछन्, 'कहाँ त्यस्तो हुन्छ ? हाइड्रोजनले सबै मान्छेलाई मार्छ । उत्तरकोरिया हाइड्रोजन बमले ध्वस्त हुन थालिसक्यो । त्यस्तो ल्याउन हुँदै हुँदैन।' यस्तो जवाफ सुनेपछि ती विद्यार्थी चुपचाप निस्किएछन् । विचरा अहिले उनलाई मानसिक समस्या समेत देखापरेको छ अरे ।

हाम्रो ठूला नेताका कारण मात्रै हैन ठूला मिडिया, ठूला हाकिम, ठूला व्यापारी, ठूला डन, ठूला पत्रकार, ठूला विश्लेषक सबैका कारण जनताले दु:ख पाएका छन् ।

जनतामाथि चरम दमन छ । सबै कुरा उनीहरूले चाहेजस्तै हुनुपर्ने घेराबन्दी छ । फलस्वरूप जनताका कुरा कसैले सुन्दैनन्, बुझ्दैनन्, हेर्दैनन् । पछिल्लो समय स-साना मानिसहरूको हातहातमा स्मार्ट फोन पुगेको छ । स्मार्ट फोनले तिनीहरूको दिमाग स्मार्ट बनाइदिएको छ । र तिनीहरूले ठूल्ठूला मानिसहरूको धज्जी उडाइरहेका छन् ।

र, जे कुरा नगर भनेको हो त्यही कुरा जनताले गरेपछि ठूला नेताहरूको हैकमवादी घमन्ड समेत लगभग तोडिएको छ । कम्तीमा रक्षात्मक अवस्थामा पुगेको छ ।

फेसबूकमा एमाले उमेदवारलाई भोट माग्दा आफूलाई हार्दिक श्रद्धाञ्जलि दिएको भनेर एकजना नेताले  हिजो बेलुकी चित्त दुखाए- 'मेरो पनि परिवार छन् । ज्युँदो मान्छेलाई त्यस्तो भन्नेलाई म साइबर क्राइममा मुद्दा हाल्छु ।'

मैले भनें, 'तपाईंहरूले पनि त जनतालाई वर्षौंदेखि ज्युँदै मार्नुभएको छ नि, यो कुन क्राइम हो ? कता मुद्दा हाल्ने हो ?'

त्यसपछि उनी रिसाए । अनि थपे, 'यी मूला रविका हनुमानहरू साइको छन् । सबै फ्रस्टेसनमा गएकाहरूको मत हो । मान्छेको प्रेसर हाइ गर्ने जमात ।'

अरे नेताजी, फ्रटेसनमा गएको मान्छे पनि कहीँ भोट हाल्न जान्छ त यार ? आशावादी भएर अनि कतै राम्रो पो हुन्छ कि, रोजगारी मिल्छ कि भनेर पो भोट हाल्न गएको होला ।

यस्तै राजनीतिक विषयमा नै हिजो बेलुकी एकजना नेतासँग फोनमा कुरा भयो । उहाँले भन्नुभयो, 'अब सबै कम्युनिस्टहरू मिलेर अर्कै नाम गरेको नयाँ पार्टी खोल्नुपर्छ, नत्र गाह्रो हुने भयो ।'

मैले तुरुन्तै जवाफ फर्काएँ, 'अब तपाईंहरूले पार्टी हैन वृद्धाश्रम खोल्नुहोस् । समूहमा मिलेर त्यहीँ बस्नुहोस् । सुक्खा रोटी खानुहोस्, त्यही नै सजिलो हुन्छ ।'

त्यसपछि उहाँ झनक्क रिसाएर एउटा हावादारी शंका पेश गर्नुभयो- 'रवि लामिछानेले कसरी ल्यायो यार यत्रो भोट ? कतै अमेरिकाबाट अटोमेटिक मशिन बोकेर त आएको थिएन ?'

मैले च्वाट्टै फोन काटें अनि मनमनै गम खाएँ- 'ओ माइ गड ! यिनीहरूको घमन्ड अझै सकिएको छैन ।'

मंसिर २६, २०८०

दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...

मंसिर १०, २०८०

सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...

माघ १८, २०८०

चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...

बैशाख ११, २०८१

फागुन २१ मा नाटकीय ढंगले सत्ता समीकरण बदलिएको दुई महिना पनि नबित्दै नयाँ समीकरणका लागि कसरत भइरहेको संकेत देखिएको छ । नेपाली राजनीति तथा सत्ताका खेलाडीसँग निकट विश्वसनीय स्रोतले भित्रभित्रै अर्को नयाँ स...

जेठ २, २०८१

सहकारीपीडितको अर्बौ‌ं रकम अपचलनका विषयमा संसदीय छानबिन समिति गठनको पक्षविपक्षमा नेपाली कांग्रेस र नेकपा एमाले विभाजित हुँदा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चेपुवामा परेका छन् ।&nb...

चैत १, २०८०

सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...

प्रधानमन्त्रीज्यू, हिंसा कि प्रतिरोध ?​

प्रधानमन्त्रीज्यू, हिंसा कि प्रतिरोध ?​

असोज ४, २०८१

तुर्केमिनिस्तानका राष्ट्रपति सपरमुरत नियाजोवको अनौठो बानी थियो । उनी चाहन्थे– संसारले उनलाई जानोस् । उनले एक पुस्तक लेखेका थिए– ‘रुन्ह’, जो प्रत्येक विद्यार्थीलाई पढ्न अनिवार्य थियो । उनल...

श्राद्ध के हो र कसरी गर्ने ?

श्राद्ध के हो र कसरी गर्ने ?

असोज २, २०८१

आजदेखि पितृपक्ष अर्थात् सोह्र श्राद्ध प्रारम्भ भएको छ । हरेक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि औंसीसम्मलाई पितृपक्ष भनिन्छ । यस पक्षमा सनातन धर्मावलम्बीहरू पितृहरूलाई पिण्डपानी दिएर सन्तुष्ट पार्ने प्रयास गर्छन्, जस...

चाडपर्वमा किन बढी हुन्छ सवारी दुर्घटना ?

चाडपर्वमा किन बढी हुन्छ सवारी दुर्घटना ?

असोज १, २०८१

विपिन गौतम वर्षायाम सकिने समय आयो । यस वर्ष प्राकृतिक प्रकोपबाट नेपाल, भारत, चीन, भियतनामलगायत देशका सडकमा विभिन्न समस्या देखिएका समाचार आए । नेपालका सडक बर्सेनि बाढीपहिरोका कारण लथालिङ्ग अवस्थाम...

x