×

NMB BANK
NIC ASIA

भौतिक मन्त्रालयका सचिवसहित १२ कर्मचारीलाई ठेकेदारले कार्यकक्षमै थुनेपछि...

बैशाख १३, २०८०

NTC
फाइल तस्बिर
Premier Steels

मधेश प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव कृष्ण कुमार मिश्रसहित १२ जना कर्मचारीलाई केही ठेकेदारले कार्यकक्षमै साढे दुई घण्टासम्म थुनेका छन् । 'मुख्यमन्त्री स्वच्छता अभियान'अन्तर्गत १ सय २० करोड रुपैयाँको ठेक्का पाएका ३८ वटा योजनाको भुक्तानी बाँकी रहेको भन्दै ठेकेदारको समूहले सचिवको कार्यकक्षमा बैठक गरिरहेका कर्मचारीहरूलाई थुनेका हुन् । 

Muktinath Bank

ठेकेदारहरूले सचिवको कार्यकक्षअगाडि बाहिरबाट ल्याएका फोहरसमेत थुपारिदिएको त्यहाँका एक कर्मचारीले लोकान्तरलाई जानकारी दिए । 'ठेकेदार खुशीलाल ठाकुरको नेतृत्वमा आएका ठेकेदारहरूले झन्डै १ बजे ती सचिवज्यूको कार्यकक्षअगाडि बाहिरबाट ल्याएको फोहर थुपारिदिएका छन्,' मन्त्रालयका एक कर्मचारीले लोकान्तरसँग भने,'त्यसपछि उनीहरूले सचिवज्यूको कार्यकक्षको ढोका बाहिरबाट लगाइदिएका थिए ।'


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आफूहरूलाई थुनेको कुरा सत्य रहेको सचिव मिश्रले पुष्टि गरेका छन् । 'उहाँहरूको ठेक्काको म्याद थपसहित भुक्तानीको विषयमा केही समस्याहरू छन्,' सचिव मिश्रले भने,'हिजो उहाँहरू त्यसै विषयमा डेलिगेसन पनि आएकाले आज हामी सबै इन्जिनियर, डीईसहित बैठक बसिरहेकै बेला हामीलाई बाहिरबाट थुनेर उहाँहरूले अराजकता देखाउनुभयो ।'


Advertisment
Nabil box
Kumari

झन्डै साढे दुई घण्टा जति थुनिएपछि आफूहरूले प्रहरीलाई बोलाएर ढोका खोल्न लगाएको उनले सुनाए ।

Vianet communication

'अहिले ४ बजे प्रहरीको सहयोगमा ढोका खोलेपछि ती ठेकेदारहरूसँग छलफल भइरहेको छ,' मिश्रले भने,'१२० करोडको ३८ वटा योजनामध्ये ७० करोड रुपैयाँ भुक्तानी हुन बाँकी छ ।'

शुरुमा उक्त काम मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयबाट नै भए पनि अहिले उक्त काम भौतिक मन्त्रालयलाई हस्तान्तरण गरिएको छ ।

'सोही विषयमा कतिपय फाइल मुख्यमन्त्री कार्यालयबाटै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पुगेकोले हामीकहाँ ती योजना सम्बन्धित धेरै फाइल पनि छैनन्,' सचिव मिश्रले थपे,'कतिपय फाइल नै अधुरो रहेकाले ठेक्काको म्याद थप तथा भुक्तानी नहुँदा ठेकेदारहरूले हामीलाई आज थुने ।'

मुख्यमन्त्री कार्यालयसँग फाइल विषयमा लेखी पठाउँदा कानून बमोजिम गर्नु भनेर जवाफ आउने गरेको उनले बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x