×

NMB BANK
NIC ASIA

तीन सातादेखि हेली एभरेष्टको हेलिकप्टर धौलागिरि आधार शिविरमा अलपत्र

बैशाख १८, २०८०

NTC
Premier Steels

हेली एभरेष्टको हेलिकप्टर तीन सातादेखि सामानसहित धौलागिरि आधार शिविरमै पल्टिरहेको छ । यो हेलिकप्टरको निरीक्षण नसकिएकाले २६ चैतदेखि अलपत्र अवस्थामा हिउँमा पल्टिरहेको छ ।

Muktinath Bank

हेली एभरेष्टको ९ एन एएनबी कलसाइनको हेलिकप्टर २६ चैतमा धौलागिरि आधार शिविरमा दुर्घटनामा परेको थियो । उक्त हेलिकप्टर धौलागिरि हिमालको तल्लो इटालियन बेसक्याम्पबाट ११ हजार फिटको बेसक्याम्पसम्म सामान ओसार्दै गर्दा डिसब्यालेन्स भएर हेलिकप्टर हिउँमा चिप्लिएको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

क्याप्टेन प्रिया अधिकारीले उडाएको उक्त हेलिकप्टर अवतरण गर्ने क्रममा ओभरटर्न भएर पल्टिएको प्रारम्भिक अध्ययनले देखाएको छ । उक्त घटनामा हेलिकप्टर चालक अधिकारी सामान्य घाइते भएकी थिइन् । 


Advertisment
Nabil box
Kumari

उक्त हेलिकप्टर ३ सातादेखि जहाँ जस्तो अवस्थामा पल्टिएको थियो अहिले पनि त्यस्तै अवस्थामा छ । मौसमले साथ नदिएका कारण सरकारी अध्ययन टोलीसमेत तेस्रो प्रयासमा मात्रै आधार शिविर पुगेर निरीक्षण गरेको हेली एभरेष्टका बजार निर्देशक सीताराम सापकोटाले बताए । उनका अनुसार मौसमले साथ नदिएका कारण अहिलेसम्म बीमाको टोली भने पुग्नै सकेको छैन । 

Vianet communication

हेलिकप्टरको प्रारम्भिक निरीक्षण सरकारी टोलीले गरिसकेको भए पनि बीमाको टोली नपुग्दा न त हेलीबाट सामान निकाल्न पाइएको छ न त यसको प्रयोग नै गर्न । हेलीमा पुगेको क्षतिको अवस्था मूल्यांकन गरेपछि मात्रै थप प्रक्रिया अगाडि बढ्ने पनि सापकोटाले बताए ।

सापकोटाका अनुसार यो हेलिकप्टर त्यहाँबाट निकाल्न पनि बीमाको टोली पुगेर मूल्यांकन गर्नुपर्ने हुन्छ । ‘हलीको बीमा भएको र क्षतिको बारेमा बीमा दाबी गर्नुपर्ने भएकोले पनि आवश्यक प्रक्रिया पूरा नभएसम्म हिउँमा पल्टिएको हेलिकप्टरलाई केही गर्न मिल्दैन’, उनले भने ।

hAMROPATRO BELOW NEWS
TATA Below
चैत ८, २०८०

काठमाडौँ । गृह मन्त्रालयले आफ्नो विवादित निर्णय सच्याएको छ । साइबर अपराध नियन्त्रणको नाममा पत्रपत्रिका र अनलाइन सञ्चारमाध्यमलाई कारबाही गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीहरुलाई दिने गरी भएको निर्णय विवादमा तानिएप...

पुस १६, २०८०

राज्यका सम्पूर्ण संरचनामा सुधारको घोषणा गरेको सरकारले आजदेखि मन्त्रिपरिषद् बैठकको खाजा खर्च कटौती गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकमा स...

मंसिर १४, २०८०

नेपाली वायुयान कम्पनीहरूलाई युरोपेली आकाशमा उडान अनुमति दिन युरोपियन युनियन (ईयू) सकारात्मक देखिएको छ ।  ईयूले बुधवार नेपाल नागरिक उडान प्राधिकरण (क्यान)लाई एक पत्र लेख्दै क्यानको नेतृत्वले यही गतिमा ...

मंसिर १६, २०८०

नेकपा एमालेको समृद्धिको लागि संकल्प यात्रा अछामको मंगलसेन पुगेको छ । झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राअन्तर्गत एमालेको टोली शनिवार मंगलसेन पुगेको हो ।

माघ २३, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनाताको जीवनस्तर सुधार्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । सिंहदरबारमा आज आयोजित मानव अधिकार पुरस्कार वितरण समारोहमा प्रधानमन्त्री प्रचण्डले शिक्षा, स्वास्थ्य, र...

मंसिर ५, २०८०

​कोका–कोला इन्डियाले आईसीसी मेन्स क्रिकेट वर्ल्डकप २०२३ मा एक विशेष पहलको शुरूवात गरेको छ । कोका–कोलाले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)सँगको साझेदारीमा पूरै रिसाइकल गरिएको पेट बोतलहरू...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x