×

NMB BANK
NIC ASIA

नागरिक उन्मुक्ति पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबीच एकता

बैशाख १८, २०८०

NTC
Premier Steels

नागरिक उन्मुक्ति पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबीच एकता भएको छ । सोमवार विराटनगरमा आयोजित पार्टी एकताको घोषणा कार्यक्रममार्फत उनीहरूले पार्टी एकीकरण गरिएको जानकारी दिएका हुन् । पार्टी एकतामा कोचिला एकता संघर्ष समिति तथा नागरिक सशक्तीकरणका लागि जागरण अभियान पनि समाहित भएका छन् ।

Muktinath Bank

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रीसमेत रहेकी नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जीता श्रेष्ठ र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष ज्ञानबहादुर गुरुङले पार्टी एकताका लागि हस्ताक्षर गरेका छन् ।
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, कोचिला एकता संघर्ष समिति र नागरिक सशक्तीकरणका लागि जागरण अभियानले कोशी प्रदेशमा पहिचानको पक्षमा आवाज उठाउँदै आएका थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

null


Advertisment
Nabil box
Kumari

नागरिक उन्मुक्ति पाटीसँग एकीकरण गर्ने विषयमा कुमार लिङ्देनको नेतृत्वमा रहेको संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च विभाजित बनेको थियो । कुमार लिङ्देन र वरिष्ठ उपाध्यक्ष ज्ञानबहादुर गुरुङ नेतृत्वको टोलीबीच विवाद हुँदा गुरुङ नेतृत्वको समूहले लिङ्देनलाई अध्यक्षबाट बर्खास्त गरेको थियो ।

Vianet communication

वैशाख १२ गते बसेको बैठकले लिङ्देनलाई कारबाही गरेर वरिष्ठ उपाध्यक्ष गुरुङलाई अध्यक्ष चयन गरेको गरेको थियो ।

नागरिक उन्मुक्ति पाटीसँग एकीकरण गर्ने विषयमा लिङ्देनले फरक मत राखेपछि ५१ प्रतिशत केन्द्रीय सदस्यहरूको समर्थनमा नयाँ नेतृत्व चयन गरेर १० बुँदे सहमति गर्दै पाटी एकीकरण गरिएको संघीय लोकतान्त्रिक मञ्चका अध्यक्ष गुरुङले बताए ।

यता कुमार लिङ्देनले भने लोकतान्त्रिक राष्ट्रिय मञ्चले कुनै पार्टीसँग एकीकरण नगरेको बताएका छन् । एउटा समूह पार्टीबाट चोइटिएर गएको लिङ्देनको दाबी छ । दुई प्रतिशत कार्यकर्ता मात्रै आफ्नो पार्टीबाट गएको उनको दाबी छ ।

‘तपाईँहरू निर्वाचन आयोगमा गएर बुझ्दा हुन्छ, २ सय ८५ जना संघीय कार्यसमिति छ । पार्टी फुटाउनका लागि ४० प्रतिशत चाहिन्छ’ उनले भने । हावा तालमा पार्टीभित्र भ्रम छरेर एउटा सानो समूह मात्रै गएको उनको भनाइ छ ।

null

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x