×

NIC ASIA

यु–१६ राष्ट्रिय क्रिकेट : कोशी प्रदेश च्याम्पियन

बैशाख १८, २०८०

Prabhu Bank
NTC
Premier Steels

कोशी प्रदेश धनगढीमा जारी ‘एनआइबिएम सुदूरपश्चिम मुख्यमन्त्री १६ वर्षमुनिको राष्ट्रिय क्रिकेट प्रतियोगिता’को च्याम्पियन बनेको छ । 

Muktinath Bank

स्थानीय फाप्ला क्रिकेट मैदानमा आइतबार भएको फाइनल प्रतिस्पर्धामा बागमती प्रदेशलाई ३५ रनले पराजित गर्दै कोशी प्रतियोगिताको च्याम्पियन बनेको हो । प्रतियोगिताको विजेता बनेसँगै कोशी प्रदेशले ट्रफी र रु दुई लाख प्राप्त गरेको छ । उपविजेता बनेको बागमती प्रदेशले ट्रफीसहित रु एक लाख प्राप्त गरेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

    टस जितेर पहिले ब्याटिङ गरेको कोशी प्रदेशले वर्षाका कारण घटाइएको २५ ओभरको खेलमा सात विकेट क्षतिमा एक सय ७१ रन बनाएको थियो ।


Advertisment
Nabil box
Kumari

    कोशीका लागि एलिस मण्डलले अर्धशतकीय पारी खेल्दै ५३ रन बनाए । यस्तै, सिंवाश बजगाईंले अविजित ३० रन, दीपु भुजेलले २१ रन र आशिक मगरले २० रन बनाए । बागमतीका लागि सुप्रिम हाडा, सार्थक धिताल र अथर्व पौडेलले दुई/दुई विकेट लिए । 

Vianet communication

    प्रतिउत्तरमा बागमती प्रदेशले २४ दशमलव चार ओभरमा सबै विकेट क्षतिमा एक सय ३६ रन मात्रै बनाउन सकेको थियो । उसका लागि सार्थक धितालले ३३ रन, सुर्यांश कोइराला र रोशन विकले २३/२३ रन बनाएका थिए । कोशीका लागि रबिन मण्डलले तीन विकेट, सौजन घिमिरे र प्रतीक पोखरेलले दुई/दुई विकेट लिए । फाइनल खेलको ‘प्लेयर अफ द म्याच’ घोषित कोशी प्रदेशका एलिस मण्डलले रु दुई हजार प्राप्त गरे । 

    उत्कृष्ट प्रदर्शन गरेका बागमती प्रदेशका रोशन विक प्रतियोगिताको सर्वोकृष्ट खेलाडी घोषित भए । उनी प्रतियोगिताको उत्कृष्ट ब्याट्सम्यानसमेत भए । उनले सर्वोकृष्ट खेलाडी भएबापत रु १५ हजार प्राप्त गरे । चार खेल खेलेका उनले एक सय छ बलमा एक सय ४६ रन बनाए । यस्तै, १९ ओभर बलिङ गरेका उनले एक मेडनसहित ९४ रन दिएर चार विकेट लिएका थिए । 

    कोशी प्रदेशका कृतिक कामत उत्कृष्ट बलर भए । उनले नगद १० हजार प्राप्त गरे । तीन खेल खेलेका उनले १७ ओभर बलिङ गर्दै एक मेडनसहित ७२ रन दिएर १० विकेट लिएका थिए । 

    प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका २४ खेलाडीलाई बन्द प्रशिक्षणमा राखेर १४ सदस्यीय नेपाली यु–१६ टोली तयार गर्न लागिएको जनाइएको छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख १८, २०८१

भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्सले दिल्ली क्यापिटल्समाथि जीत दर्ता गरेको छ ।  सोमबार राति घरेलु मैदान इडेन गार्डेनमा भएको खेलमा उत्कृष्ट फर्ममा रहेको कोलकाताले द...

बैशाख २७, २०८१

खेल र पर्यटन क्षेत्रलाई सँगसँगै अगाडि बढाउन सोलुखुम्बुको माप्य दूधकोशी गाउँपालिका–५ स्थित महभिरमा अन्तर्राष्ट्रियस्तरको ‘रक क्लाइम्बिङ’ प्रतियोगिता हुने भएको छ ।   साहसिक खेल ‘रक क्...

जेठ ३, २०८१

भारतीय फुटबल टोलीका कप्तान सुनील क्षेत्रीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन् ।  बिहीबार सोसल मिडिया प्लेटफर्म एक्समा भिडियो सेयर गर्दै सुनीलले सन्न्यासबारे जानकारी दिएका हुन् ।  ...

बैशाख २०, २०८१

नेपालले वेस्ट इन्डिज ‘ए’सँगको टी–२० क्रिकेट श्रृंखला एक खेलअगावै गुमाएको छ । पाँच खेलको श्रृंखलाअन्तर्गत चौथो खेलमा पराजित भएसँगै नेपालले अन्तिम खेल नखेली वेस्ट इन्डिजलाई नतिजा सुम्प...

कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

जेठ २, २०८१

इंडियन प्रिमियर लिग (आईपीएल)क्रिकेटमा लखनऊ सुपर जाएन्ट्स दिल्ली क्यापिटल्ससँग पराजित भएको छ । दिल्लीको घरेलु मैदानमा सोमबार राति सम्पन्न खेलमा दिल्ली १९ रनले विजयी भएको हो । दिल्लीले दिएको २०९ रनको लक्ष्य पछ्य...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x