×

NMB BANK
NIC ASIA

महिला केन्द्रित योजनाका लागि अलग्गै संयन्त्र आवश्यक छ : डा. आरजु राणा देउवा

बैशाख २९, २०८०

NTC
फाइल फोटो
Premier Steels

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद डा. आरजु राणा देउवाले विकासका आयोजनाहरूलाई महिला केन्द्रित बनाउनका लागि एक अलग्गै संयन्त्र आवश्यक रहेको बताएकी छन् ।

Muktinath Bank

उनले महिलामैत्री तथा महिला केन्द्रित आयोजना बनाउन यस्तो संयन्त्रले समन्वय गर्ने र एकीकृत रूपमा महिला सशक्तीकरणका कार्यक्रम अघि बढाउन पनि सजिलो हुने धारणा राखिन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बागमती प्रदेश नीति तथा योजना आयोगले सामुदायिक महिला विकास केन्द्र मकवानपुर र ग्रामीण महिला विकास तथा एकता केन्द्र (रुडुक) को सहकार्यमा बिहीवार हेटौंडामा सञ्चालन गरेको ‘महिला सशक्तीकरणका लागि प्रदेश र स्थानीय सरकारको भूमिका’ विषयक अन्तक्र्रिया कार्यक्रममा डा. देउवाले सो धारणा राखेकी हुन् ।


Advertisment
Nabil box
Kumari

उनले नेपालमा महिला सशक्तीकरणका क्षेत्रमा धेरै काम भएको तर यो उपलब्धिलाई संस्थागत गरी त्यसबाट फाइदा लिनसक्ने अवस्थामा महिला अझै नपुगेका भन्दै यसका लागि पनि सो संयन्त्रले काम गर्न सक्ने बताइन् ।

Vianet communication

यस्तो संयन्त्रले देशमा महिला अधिकार तथा महिला सशक्तीकरणका क्षेत्रमा भए/गरेका कार्यको अनुगमन गर्ने, आगामी दिनमा गर्नुपर्ने थप कार्यका लागि समन्वय गर्ने र दिगो विकास लक्ष्यमा कसरी पुग्ने भन्ने विषयमा पनि आवश्यक सहजीकरण गर्ने डा. राणाले बताइन् ।

आगामी आर्थिक वर्षको बजेटका लागि बागमती सरकारको नीति तथा कार्यक्रम बनाउनुपूर्व विभिन्न चरणमा सुझाव लिने क्रममा आयोजना गरिएको कार्यक्रममा महिलाको आर्थिक सशक्तीकरण, बजेटमा समेट्नुपर्ने विषय तथा दीगो विकासको लक्ष्य हासिल गर्नका लागि महिला सशक्तीकरणमा आवश्यक पर्ने बजेटका विषयमा विविध सुझाव प्राप्त भएका थिए ।

कार्यक्रममा पूर्व राज्यमन्त्री तथा नेपाली कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी डिना उपाध्याय, बागमती सरकारका आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिंह लामा, खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री तीर्थ लामा, बागमती प्रदेश नीति तथा योजना आयोगका सदस्यहरू, बागमती प्रदेशका प्रमुख सचिव मुकुन्दप्रसाद निरौला, बागमती प्रदेश सरकारका सचिवहरू, महिला सशक्तीकरण विषयमा काम गर्ने गैरसरकारी संघसंस्थाका प्रतिनिधि लगायतले आ–आफ्ना सुझाव पेश गरेका थिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x