×

NMB BANK
NIC ASIA

बढ्दै चेक अनादर

आन्तरिक अर्थतन्त्र डामाडोल: नौ महिनामै १७ अर्बको चेक बाउन्स, २१ हजार ऋणी कालोसूचीमा

जेठ १, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

सरकारले अर्थतन्त्रको बाह्य सूचक सुधार हुँदै गएको तथ्यांक सार्वजनिक गरे पनि आन्तरिक अर्थतन्त्र डामाडोल भइसकेको छ ।

Muktinath Bank

आर्थिक मन्दीको असरले आम सर्वसाधारणलाई नराम्ररी पिरोल्न थालेको छ । चालू आर्थिक वर्षको पछिल्लो नौ महिनाको चेक बाउन्स र कालोसूचीमा पर्ने व्यवसायीको संख्याले अर्थतन्त्र बेसरी बिग्रिएको संकेत गरिरहेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेपाल प्रहरीले उपलब्ध गराएको चालू आर्थिक वर्ष २०७९/८० को चैतसम्मको तथ्यांकमा चेक बाउन्सका मुद्दा ८ हजार ६९१ वटा दर्ता भएका छन् ।


Advertisment
Nabil box
Kumari

ती मुद्दामा १७ अर्ब १० करोड रुपैयाँ बराबर बिगो छ । यो वर्षको चैतसम्ममा दर्ता भएका मुद्दामा १५ सय १२ जना पक्राउ परेको प्रहरीको तथ्यांकले देखाएको छ । 

Vianet communication
Laxmi Bank

चेक बाउन्सको यस्तो मुद्दा गत आर्थिक वर्ष २०७८/७९ मा ५ हजार ३७० वटा भए पनि माग गरिएको रकम भने ६ अर्ब ७१ करोड रुपैयाँ मात्रै थियो । गत वर्ष यस्तो चेक बाउन्सको मुद्दामा १४ सय ३८ जना पक्राउ परेका थिए ।

गत वर्षको तुलनामा यो वर्ष मुद्दाको संख्या ६१ प्रतिशतले बढेको छ । तर, गत आर्थिक वर्षमा ६ अर्ब ७१ करोड रुपैयाँको चेक बाउन्स मुद्दा प्रहरीकोमा आएकोमा यसपटक १७ अर्ब १० करोड रुपैयाँ ९ महिनामै पुगेको छ । यसले पनि ठूलो रकमको चेक बाउन्स बढेको देखिन्छ ।

null

पछिल्लो समय अर्थतन्त्र नै बिग्रिएका कारण कालोसूचीमा पर्ने व्यवसायीको संख्या समेत बढेको छ । पछिल्लो नौ महिनामा नै कालोसूचीमा पर्ने ऋणीको संख्या २१ हजार ९०८ पुगिसकेको छ । गत आर्थिक वर्ष २०७८/७९ को एक वर्षमा कालोसूचीमा पर्नेको संख्या १२ हजार ७१५ मात्रै रहेको कर्जा सूचना केन्द्रको तथ्यांकले देखाएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल पछिल्लो समय अर्थतन्त्र नै बिग्रिएका कारण व्यक्तिगतदेखि संस्थागतसम्मका कारोबार नमिलेको बताउँछन् । 

अर्थतन्त्रमा देखिएको संकटको असर बजारमा पर्न थालेकाले त्यसको परिणामस्वरूप चेक बाउन्सका घटना बढेको हुन सक्ने ढकालले बताए ।

पछिल्लो समय बैंकिङ कसुरसम्बन्धी जनतेचना बढेका कारण पनि मुद्दा बढेको हुनसक्ने उनको अनुमान छ ।

अर्थतन्त्रमा संकुचन आएको महसूस आम नागरिकसम्मले गर्न थालिसकेका छन्, जसका कारण अहिले जे जति समस्या देखिएको छन्,  ती समस्या समाधान नगर्ने हो भने अझै बढ्न सक्ने चिन्ता निजी क्षेत्रले गरिरहेको छ ।

निजी क्षेत्रले सरकारसँग अर्थतन्त्र चलायमान बनाउन सकिने उपाय खोजी गर्न र समस्याको समाधान छिटोभन्दा छिटो गर्न आग्रह गरिरहेको छ ।

निजी क्षेत्रका प्रतिनिधिमूलक संस्थाहरूले अर्थतन्त्रमा देखिएका समस्याबारे प्रकाश पार्दै समाधानका उपाय सकारलाई दिएका छन् ।

सरकारले आगामी बजेटबाट जनताका समस्यालाई सम्बोधन गर्ने व्यवस्था गर्न निजी क्षेत्रले माग गरिरहेको नेपाल उद्योग वाणिज्य महासंघले बताएको छ ।

बजेटले सम्बोधन गर्न नसकेको विषय आगामी मौद्रिक नीतिले सम्बोधन गर्नुपर्ने र आम सर्वसाधारणलाई अर्थतन्त्रप्रति सकारात्मक सन्देश दिनुपर्ने आग्रह निजी क्षेत्रका संस्थाहरूले गरिरहेका छन् ।

तरलता अभावबाट देखिन शुरू गरेको संकट बजार चलायमान नहुँदा झनै बढिरहेको छ । बजारमा माग सिर्जना हुन सकेको छैन ।

नेपाल उद्योग वाणिज्य महासंघको एसोसिएटतर्फकी उपाध्यक्ष ज्योत्सना श्रेष्ठ पनि ऋणीसँग ब्याज तिर्ने पैसा नहुनु नै अहिलेको सबैभन्दा ठूलो समस्या भएको बताउँछिन् । उनले भनिन्, ‘व्यापार व्यवसाय घटेको छ भने बजारबाट आउनुपर्ने पैसा उठेको छैन । उठ्नुपर्ने रकम नउठेका कारण समग्र प्रणालीमा नै असार परेको देखिएको छ ।’ 

पछिल्लो २ वर्षदेखि आर्थिक अवस्था कमजोर हुँदै गएको छ । जसको असर अहिले देखिएको हो । चेक बाउन्सका घटनामा भएको वृद्धि पनि अर्थतन्त्रमा देखिएको नकारात्मक असरको एउटा पाटो भएको बुझाइ श्रेष्ठको छ ।  

त्यसो त प्रहरीमा चेक बाउन्सको मुद्दा हाल्दैमा पैसा आइहाल्छ भन्ने पनि हुँदैन । काम चलाउनुपर्नेको पैसा रोकिएपछि त्यसको विकल्प खोज्दै जाँदा कालोसूचीमा राख्ने र चेक बाउन्ससम्म पुग्नेको संख्या बढेको छ । 

कर्पोरेट क्षेत्रको अवस्था नबुझ्दा मुद्दा चुलियो

कानूनको दुरुपयोग र जनतामा सचेतना सँगसँगै बढेकाले चेक बाउन्सका मुद्दा बढेको कर्पोरेट लयर (कानून व्यवसायी) गान्धी पण्डित बताउँछन् ।

उनले भने, ‘पछिल्लो समय मुद्दा मामिला बढ्ने गरेको भए पनि कर्पोरेट कानून नबुझेका कारण कहिलेकाहीँ समस्या हुने गरेको छ ।’

कर्पोरेट क्षेत्रको अवस्था नबुझ्दा थप मुद्दा चुलिएको प्रशस्तै उदाहरण रहेको तर्क पण्डितको छ ।

पण्डितले भने, ‘क्षमता, योग्यता र ज्ञानको कमी हुँदा पनि मुद्दा पर्ने गरेको छ भने सरकारले बैंक तथा वित्तीय संस्थालाई गरेको संरक्षण पनि मुद्दा बढाउने कारण बनेको छ ।’

जनतालाई कसेर पैसा उठाउन बैंक तथा वित्तीय संस्थालाई दिएको अधिकारका कारण पनि मुद्दा मामिला बढेको उनको तर्क छ ।

सरकारले बैंक तथा वित्तीय संस्थालाई कडाइ गर्नुको साटो जसरी पनि नाफा कमाउन दिने गरेको छ । यस्तो विकृति बैंक तथा वित्तीय संस्थाको तुलनामा सहकारीमा झन बढी छ । सहकारीले सम्पत्ति रोक्ने, एउटा सूचना निकालेको भरमा ऋणीलाई थाहै नदिन सम्पत्ति लिलामी गर्नेसहितको काम गरेर दुःख दिने गरेको उदाहरण प्रशस्तै छन् ।

पछिल्लो समय सहकारीले ऋणीबाट अग्रिम चेक लिएर राख्ने र आफ्नो अनुकूलतामा कर्मचारीको नाममा चेक काटेर बाउन्स गराउँदै ऋणीलाई धम्क्याएर पैसा उठाउने गरेका पनि छन् । सहकारीको उक्त कार्यले अर्थतन्त्रलाई झन् बढी नकारात्मक बनाइरहेको छ । 

पछिल्लो समय व्यापार व्यवसाय खस्किएको हुँदा क्रेडिटमा चलेको व्यापार व्यवसायको ब्यालेन्स बिग्रन्छ ।

समयमा नै पैसा आउने काम रोकिएपछि चेक दिने र लिनेबीचको समन्वय नमिल्ने हुँदा पनि बैंकिङ कसुरका घटना बढेको देखिएको छ ।

एक साताभित्र फैसला भएका मुद्दामध्ये ५० प्रतिशत बैंकिङ कसुरका

गत साता पाटन उच्च अदालतबाट फैसला भएका ४० वटा मुद्दामध्ये २० वटा बैंकिङ कसुरका मात्रै छन् । जुन समग्रको ५० प्रतिशत हो । 

यो साता फैसला भएका २९ मध्ये ११ वटा मुद्दा बैंकिङ कसुरका छन् ।

बैंक खातामा पर्याप्त रकम नभई चेक काटेर बैंकिङ कसुर गरेको मुद्दा बढेको छ । बैंकिङ कसुरका मुद्दा पाटन उच्च अदालतमा मात्रै लाग्ने गरेको छ । जसका कारण दैनिक कम्तीमा ५ देखि १० वटा बैंकिङ कसुरसम्बन्धी फैसला भई नै रहेको पाटन उच्च अदालतका प्रवक्ता मन्दिरा शाहीले बताइन् ।

शाहीले भनिन्, ‘आर्थिक हिसाब किताब मिलाउने अरू उपाय नभएपछि अन्यायमा परें भन्दै अदालत आउने हो । चेक अनादरदेखि बैंकिङ कसुरका अन्य मुद्दा सबै वाणिज्य इजलास पाटनबाटै हुने हुँदा यहाँ धेरैवटा मुद्दा आएको देखिएको हो ।’ 

बैंकिङ कसुरका मुद्दा बढ्नुलाई सामाजिक सचेतना बढेको भनेर बुझ्नुपर्ने उनले बताइन् ।

यस साता फैसला भएका चेक बाउन्सका मुद्दा :

nullगत साता फैसला भएका चेक बाउन्सका मुद्दा
null

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x