×

NMB BANK
NIC ASIA

हिमाल आरोहणमा चाप

शिथिल अर्थतन्त्रलाई पर्वतारोहणको टेवा, आरोहीबाट वसन्त ऋतुमै पौने अर्ब राजस्व

जेठ ४, २०८०

NTC
तस्वीर : खिमलाल गौतमको फेसबूक वालबाट
Premier Steels

यो वर्षको वसन्त ऋतुमा विभिन्न हिमाल आरोहण गर्न करीब १२ सय आरोही लामबद्ध छन् । सर्वोच्च शिखर सगरमाथामा आरोहण शुरू भइसकेको छ । 

Muktinath Bank

सबैभन्दा धेरै आरोही जाने र पर्वतारोहणका लागि बढी महत्त्व हुने पनि यही हिमाल हो । सगरमाथामा मात्रै यो वर्ष ४७ वटा आरोहण टोलीका ४७८ ले आरोहण अनुमति लिएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यो संख्या अहिलेसम्मकै धेरै भएको पर्यटन विभागले जानकारी दिएको छ । 


Advertisment
Nabil box
Kumari

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत पर्यटन विभागको तथ्यांकअनुसार वैशाख ३१ (१४ मे)सम्ममा विभिन्न २८ वटा हिमाल आरोहणका लागि १३६ वटा आरोहण टोली गएका छन् ।

Vianet communication

यी टोलीमा ८९९ पुरुष र २७७ महिला गरी कुल ११ सय ७६ जना छन् ।

कुन हिमालमा कतिले लिए अनुमति ?


आरोहण टोलीबाट सरकारले ५८ लाख ४४ डलर अर्थात ७६ करोड ५७ लाख ५८ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।

विभागले आरोहीसँग आरोहण रोयल्टी लिएर मात्र अनुमति दिने गरेको छ । यस्तो रोयल्टी रकम सगरमाथाका लागि सबैभन्दा बढी प्रतिव्यक्ति ११ हजार डलर तिर्नुपर्छ ।

अन्य हिमालका लागि भने हिमालअनुसार २५० देखि १८ सय डलरसम्म तिर्नुपर्ने व्यवस्था छ । 

रोयल्टी रकम वसन्त ऋतुको तुलनामा शरदमा आधा कम हुन्छ । 

आरोहणका लागि वसन्त ऋतु नै सबैभन्दा बढी उपयुक्त हुने भएकाले यो बेला सबैजसो हिमालको शिखर चुम्न चाहनेहरूको भीड लाग्ने गरेको छ ।

आरोहीले रुचाउने र पटक–पटक आरोहण भइरहने यस सिजनमा २८ वटा हिमाल आरोहणका लागि ८० देशका नागरिकले अनुमति लिएको पर्यटन विभागले जानकारी दिएको छ । आरोहण अनुमति लिएकामध्ये ५ वटा टोलीका ७७ जना नेपाली छन् । बाँकी सबै आरोही विदेशी हुन् ।

हेर्नुहोस्, अनुमति लिने नागरिकको संख्या (देशअनुसार) :

अर्थतन्त्र शिथिल भएको बेला पर्वतारोहण राहत हुने दाबी पर्वतीय पर्यटनका विज्ञ तथा एसियन ट्रेकिङका अध्यक्ष आङछिरिङ शेर्पा बताउँछन् । 

नेपालको नाम र सगरमाथाको ब्रान्ड चिनाउने तथा पर्यटकबाट लाभ लिने उपयुक्त माध्यम नै पर्वतीय पर्यटन हो ।

नेपालमा पर्यटक भित्र्याएर डलर कमाउन सकिने यो क्षेत्रको योगदान सम्पूर्ण पर्यटनको आधाभन्दा बढी रहेको उनको दाबी छ ।

पर्वतीय पर्यटनअन्तर्गत ट्रेकिङपछि बढी आम्दानी हुने र संसारकै चासो हुने पर्वतारोहण हो । यो बेला हिमाल आरोहणको सिजन भएकाले संसारभरका पर्वतारोहीको ध्यान सगरमाथा र ६ हजार मिटरमाथिका हिमालमा छ । 

शेर्पाका अनुसार नेपालमा पर्यटन क्षेत्रबाट मात्र १ खर्ब ५५ अर्ब रुपैयाँ बराबर रकम सरकारी अम्दानीको रूपमा भित्रिने गरेको छ । पर्यटनबाटै बजारमा हुने खर्च ३ खर्ब रुपैयाँ नाघ्ने उनको अनुमान छ ।

नेपालमा पर्वतारोहणबाट मात्रै संकलन हुने राजस्व पौने १ अर्ब रुपैयाँ पुगेको छ । पर्वतारोहीले यसक्रममा गर्ने खर्च त्यसको दोब्बर हुने शेर्पा बताउँछन् ।

हिमालअनुसार रोयल्टी रकम

नेपाल आउने विदेशी आरोहीले सगरमाथामा मात्रै करीब ३५ हजार डलर व्यक्तिगत प्रयोजनमा खर्च गर्ने गरेका छन् ।

बीमा, पर्वतारोहणको सामग्री खरिद, एजेन्सी शुल्क, व्यक्तिगत प्रयोजनका सामानसहित खर्च हुन्छ । पर्वतारोहणको सामग्री महंगो हुने, बढी जोखिमको क्षेत्र भएको हुँदा बीमामा हुने खर्च, नेपाल बसाइमा हुने खर्च, यातायात, उच्च हिमाली क्षेत्रमा आवश्यक पर्ने अक्सिजनदेखि लगाउने लुगासम्मका सामग्री पनि महंगो पर्छ ।

अधिक चिसो छोक्नुपर्ने र सोही अनुसारका ‘इक्युपमेन्ट’ आवश्यक पर्ने भएकाले बजारमा हुने खर्च पनि पर्वतारोहणले बढाउने गरेको छ ।

आरोहीले क्याइम्बिङ शेर्पा, भरियासहितको आरोहण टीमलाई गर्नुपर्ने खर्चले समेत आन्तरिक अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग पुग्ने गरेको पर्यटन व्यवसायी शेर्पाको भनाइ छ ।

नेपाली पर्यटनको अर्को पाटो ट्रेकिङ (पदयात्रा) पनि हो । ट्रेकिङमा पर्वतारोहणमा जस्तो धेरै खर्च भने हुँदैन । 

औसतमा २ हजार डलरले नेपालमा ट्रेकिङ हुने गरेको छ । ट्रेकिङका लागि आउने पर्यटकको संख्या वार्षिक ३ लाख नाघ्ने गरेको छ । 

नेपालमा पर्वतीय पर्यटन चलायमान भएसँगै व्यावसायिकरूपमा सञ्चालनमा आएका विभिन्न १० वटा कम्पनीका ३० वटा हेलिकप्टर पनि सक्रिय भएका छन् ।

आरोहीलाई आधार शिविरसम्म लैजाने तथा ल्याउने, सामान पुर्‍याउने, आकस्मिक अवस्थामा आरोहीको उद्दारसहितका गतिविधिमा हेलिकप्टर संलग्न हुन्छन् ।

कोरोना महामारीका कारण ठप्प भएको पर्यटन तग्रिँदै गर्दा यो वर्ष हिमाल आरोहणका लागि अनुमति लिनेको संख्या हालसम्मकै उच्च हुन पुगेको छ । 

पर्यटन विभागका अनुसार सन् २०१६ मा ७४०, सन् २०१७ मा ८३८, सन् २०१८ मा ८४४, सन् २०१९ मा ८८९ जना आरोहीले विभिन्न हिमाल आरोहण अनुमति लिएका थिए ।

कोरोना महामारीका कारण सन् २०२० समग्र पर्यटन क्षेत्र नै ठप्प भएका कारण आरोहण गतिविधिसमेत हुन सकेन । सन् २०२१ मा ७५७ जनाले आरोहण अनुमति लिएका थिए ।

सन् २०२२ को वसन्त ऋतुमा मात्रै ९८६ जनाले आरोहण अनुमति लिएका थिए भने शरद ऋतुसहित गरेर १ हजार आरोहीले विभिन्न हिमाल चढ्न अनुमति लिएको विभागको तथ्यांकमा उल्लेख छ ।

पछिल्लो समय आरोहणमा देखिएको उत्साह र अहिलेसम्मकै धेरै आरोहीले अनुमति लिनुलाई समग्र पर्यटन क्षेत्रले सकारात्मक रूपमा लिएको छ । 

 

 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x