×

Dabur
MG

बजेट २०८०/८१

विकास निर्माणको बजेट ७८ अर्बले घट्यो, पूर्वाधार निर्माणमा ३ खर्ब मात्रै

जेठ १५, २०८०

NTC
Marvel
IME BANK INNEWS
Premier Steels

सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को लागि १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेट ल्याएको छ । सरकारले एक वर्षको लागि खर्च गर्ने गरी ल्याएको बजेटमा विकास निर्माणको खर्च भने जम्मा ३ खर्ब रुपैयाँ मात्रै रहेको छ ।

yONNEX
Sagarmatha Cement

सरकारले आगामी आर्थिक वर्षको लागि विनियोजन गरेको बजेट चालू आर्थिक वर्ष २०७९/८० को तुलनामा ७८ अर्ब रुपैयाँले कम हो । देशैभरको पूर्वाधार निर्माणमा गरिने खर्च घटेको छ । सरकाले बनाउने सबै सडक, शहर निर्माण, बाटो घाटोदेखि ऊर्जा, स्वस्थ्य, शिक्षासहितका सबै क्षेत्रको विकास निर्माणमा गर्ने खर्च जम्मा ३ खर्ब रुपैयाँ मात्रै रहेको छ । सरकारको बजेटको सबैभन्दा ठूलो हिस्सा प्रशासनिक खर्चमा जाने गरेको छ ।


Advertisment
RMC TANSEN
Mahindra Agni Group
shivam ISLAND

सरकारले सोमवार ल्याएको बजेटमध्ये ११ खर्ब ४१ अर्ब ७८ करोड अर्थात् ६५.२० प्रतिशत रकम चालूतर्फ खर्च गर्ने भएको छ । बाँकी ३ खर्ब २ अर्ब ७ करोड अर्थात् १७.२५ प्रतिशत पुँजीगततर्फ खर्च गर्नेछ । सरकारले बजेटका लागि वित्तीय व्यवस्थानबाट ३ खर्ब ७ अर्ब ४५ करोड रुपैयाँ जम्मा गर्ने भएको छ । कुल विनियोजनमा प्रदेश र स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ ४ खर्ब ८ करोड रुपैयाँ विनियोजन रहेको छ ।


Advertisment
Kumari
Saurya island
Pardeshi

१७ खर्बको बजेटका लागि सरकारले विभिन्न स्रोतबाट रकमको व्यवस्था गर्ने भएको छ । यसका लागि राजस्वबाट १२ खर्ब ४८ अर्ब ६२ करोड रुपैयाँ, वैदेशिक अनुदानबाट ४९ अर्ब ९४ करोड रुपैयाँ जुटाउने भएको छ । सरकारले ल्याएको बजेटमा राजस्व र वैदेशिक अनुदान बाहेक ४ खर्ब ५२ अर्ब ७५ करोड रुपैयाँ अझै नपुग्ने देखिन्छ । यो रकमका लागि वैदेशिक ऋणबाट २ खर्ब १२ अर्ब ७५ करोड रुपैयाँ र २ खर्ब ४० अर्ब रुपैयाँ आन्तरिक ऋणबाट जुटाउने भएको हो ।

Vianet communication
Laxmi Bank

सरकारले घाटाको बजेट बनाएको कारण स्रोतको खोजी बढाउनुपर्ने देखिएको छ । सरकारले आम्दानीको स्रोतभन्दा बढीको बजेट बनाएकोले साढे ४ खर्ब घाटाको बजेट बनाएको छ ।null

प्रमुख शीर्षकका बजेट

सरकारले ल्याएको बजेटमा शिक्षातर्फ सबैभन्दा बढी बजेट रहेको छ । शिक्षामा सरकारले १ खर्ब ९७ अर्ब रुपैयाँको बजेट विनियोजन गरेको छ ।

सरकारले ल्याएको बजेटमा स्वास्थ्यमा ८४ अर्ब, शहरी विकास ६६ अर्ब, ऊर्जा ८७ अर्ब, खानेपानी २८ अर्ब रुपैयाँ छ । सामाजिक सुरक्षाको लागि आगामी वर्ष १ खर्ब ५७ अर्ब रुपैयाँ खर्च गर्नुपर्ने गरी बजेट व्यवस्था भएको छ । यसका साथै कृषिमा ५९ अर्ब, वन वातावरण १५ अर्ब, श्रम रोजगारी ८ अर्ब, यातायात पूर्वाधार १ खर्ब ३१ अर्ब रुपैयाँ रहेको छ ।

असरकारले आगामी वर्षको लागि साढे १७ खर्ब रुपैयाँ खर्च गरेर आर्थिक वृद्धिदर ६ प्रतिशत हासिल गर्ने लक्ष्य लिएको छ । आगामी वर्ष मूल्यबृद्धि ६.५ प्रतिशतमा सीमित राख्ने पनि उल्लेख छ ।

hAMROPATRO BELOW NEWS
MAW JCB
NLIC
TATA Below
असोज १२, २०८०

एभरेष्ट बैंक लिमिटेड र निरभाना फिजियोथेरापी एण्ड वेलनेस सेन्टरबीच छुट सम्झौता भएको छ । सम्झौतासँगै बैंकका सम्पूर्ण ग्राहक तथा कर्मचारीहरूले वेलनेस सेन्टरबाट प्रदान गरिने विभिन्न सेवामा २५ प्रतिशतसम्मको आ...

असोज १२, २०८०

लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०७९/०८० मा जम्मा २ अर्ब ६० करोड रूपैयाँ मात्र आन्तरिक आम्दानी गर्‍यो । प्रदेशको आय तथा व्ययको हिसाबकिताब राख्ने प्रदेश कोष तथा लेखा नियन्त्रण कार्यालय लुम्बिनीको तथ्यांकअनु...

असोज १२, २०८०

नेपालको कुल सार्वजनिक ऋण रू २३ खर्ब नौ अर्ब ८६ करोड ९६ लाख बराबर पुगेको छ । सार्वजनिक ऋण व्ययवस्थापन कार्यालयको विवरणअनुसार भदौ मसान्तसम्म नेपालले कुल रू ११ खर्ब ४० अर्ब ५३ करोड बराबर आन्तरिक र रू ११ खर्ब ६९ अर्...

असोज १२, २०८०

विराटनगर महानगरपालिकाले व्यापारिक कम्प्लेक्स बनाउने भनेर ३ वर्षअगाडि नै पुरानो गुद्री (तरकारी तथा फलफूल बजार)को जग्गा खाली गराए पनि हालसम्म निर्माण प्रक्रिया थालिएको छैन । महानगर गौरवको आयोजना मानिएको कम्प्ल...

असोज ११, २०८०

ग्लोबल आईएमई बैंक लिमिटेडले गुल्मीकोे मुसीकोटमा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । नगरपालिकाको वडा नम्बर ५ इन्द्रेगौंडा बजारमा ६६औं एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ । उक्त एक्सटेन्सन का...

असोज १०, २०८०

अब बैंकहरूले एक दिनमा २० किलोग्रामसम्म सुन आयात गर्न पाउने भएका छन् । विदेशी विनिमय कारोबार गर्न इजाजतपत्रप्राप्त निकायलाई जारी गरिएको एकीकृत परिपत्र २०७९ मा संशोधन गर्दै एक दिनमा २० किलो सुन आयात गर्न सकि...

पत्रकारको डायरी : संविधान जारी हुने पूर्वसन्ध्यामा देखिएको मधेशको दृश्य

पत्रकारको डायरी : संविधान जारी हुने पूर्वसन्ध्यामा देखिएको मधेशको दृश्य

असोज ३, २०८०

तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...

संशोधन आवश्यक भएका केही संवैधानिक प्रावधान

संशोधन आवश्यक भएका केही संवैधानिक प्रावधान

असोज ३, २०८०

नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...

सरी बाबा ! मैले तपाईंको मुख हेर्न सकिनँ

सरी बाबा ! मैले तपाईंको मुख हेर्न सकिनँ

भदौ २८, २०८०

मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् । एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधु...

x