×

Dabur
MG

संघीय सरकारबाट खेलकुलमन्त्री लिम्बूको गृहनगरमा गाउँपालिकाभन्दा कम बजेट पाइने

जेठ १६, २०८०

NTC
Marvel
IME BANK INNEWS
Premier Steels

युवा तथा खेलकुदमन्त्री डिकबहादुर लिम्बूको गृहनगरमा गाउँपालिकाभन्दा कम बजेट संघीय सरकारबाट प्राप्त हुने भएको छ ।

yONNEX
Sagarmatha Cement

सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटमा विनियोजन गरेकोमध्ये लेटाङ नगरपालिकाले गाउँपालिकाभन्दा कम बजेट पाएको छ । लेटाङ युवा तथा खेलकुदमन्त्री डिकबहादुर लिम्बूको घर भएको नगरपालिका हो । 


Advertisment
RMC TANSEN
Mahindra Agni Group
shivam ISLAND

लेटाङ नगरपालिकाले ३५ करोड ८ लाख मात्रै संघीय बजेट पाउने भएको छ । चालूतर्फ ३२ करोड २६ लाख र पुँजीगततर्फ २ करोड ८२ लाख बजेट विनियोजन गरिएको छ ।


Advertisment
Kumari
Saurya island
Pardeshi

आगामी आर्थिक वर्षमा संघीय सरकारबाट मोरङका १७ स्थानीय तहले ८ अर्ब ५५ करोड ३ लाख रुपैयाँ पाउने भएका छन् । विनियोजित रकममध्ये चालूतर्फ ७ अर्ब १९ करोड ११ लाख र पुँजीगततर्फ १ अर्ब २५ करोड ९२ लाख रुपैयाँ विनियोजन गरिएको अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेट वक्तव्यमार्फत बताएका छन् । 

Vianet communication
Laxmi Bank

मोरङमा १ महानगरपालिका, ८ नगरपालिका र ८ गाउँपालिका छन् । विराटनगर महानगरपालिकाले १ अर्ब १९ करोड २४ लाख रुपैयाँ बजेट पाउने भएको छ । 

संघीय सरकारबाट सबैभन्दा बढी विराटनगर महानगरपालिकाले प्राप्त गरेको छ भने सबैभन्दा कम केराबारी गाउँपालिकाले प्राप्त गरेको छ ।

नगरपालिकातर्फ सबैभन्दा बढी सुन्दरहरैंचा नगरपालिकाले प्राप्त गरेको छ भने सबैभन्दा बढी ग्रामथान गाउँपालिकाले प्राप्त गरेको छ । सुन्दरहरैंचाले ८० करोड ६७ लाख बजेट पाउने भएको छ । चालू खर्च ५४ करोड ५७ लाख र पुँजीगत खर्च २६ करोड १० लाख प्राप्त गरेको छ । 

उर्लाबारी नगरपालिकाका लागि ७८ करोड ३८ लाख विनियोजित भएको छ । चालूतर्फ ४४ करोड ३३ लाख र पुँजीगततर्फ ३४ करोड ५ लाख रुपैयाँ उर्लाबारीले प्राप्त गरेको छ । पथरीशनिश्चरे नगरपालिकाले ४५ करोड ९६ लाख प्राप्त गरेको छ । चालूतर्फ ४३ करोड २९ लाख र पुँजीगततर्फ २ करोड ६७ लाख विनियोजित भएको छ । 

बेलबारी नगरपालिकाले ५१ करोड ९० लाख रुपैयाँ पाउने भएको छ । चालूतर्फ ४६ करोड ९३ लाख र पुँजीगततर्फ ४ करोड ९७ लाख रुपैयाँ विनियोजन भएको थियो । 

रंगेली नगरपालिकाले ४८ करोड ६४ लाख रुपैयाँ पाउने भएको छ । चालूतर्फ ४२ करोड ९२ लाख र पुँजीगततर्फ ५ करोड ७२ लाख विनियोजन भएको थियो । रतुवामाई नगरपालिकाले  ५० करोड ५६ लाख रुपैयाँ प्राप्त गर्ने भएको छ । चालूतर्फ ४५ करोड ८९ लाख र पुँजीगततर्फ ३ करोड ६७ लाख विनियोजन भएको थियो ।

सुनवर्षी नगरपालिकाका लागि ४० करोड १२ लाख रुपैयाँ बजेट विनियोजन भएको छ । चालूतर्फ ३६ करोड ४४ लाख र पुँजीगततर्फ ३ करोड ६८ लाख रकम विनियोजन गरिएको छ । 

८ वटा गाउँपालिकाले ३ अर्ब ४४ लाख ८० हजार प्राप्त गरेका छन् । कटहरी गाउँपालिकाले ३७ करोड ८३ लाख प्राप्त गरेको छ भने कानेपोखरी गाउँपालिकाले ३९ करोड ७१ लाख पाउने छ । 

केराबारी गाउँपालिकाले ३३ करोड ६६ लाख प्राप्त गर्दा ग्रामथान गाउँपालिकाले ४३ करोड २४ लाख प्राप्त गरेका छन् । जहदा गाउँपालिकाले ३६ करोड २६ लाख बजेट प्राप्त गरेका छन् । थनपालथान गाउँपालिकाले ३५ करोड ९७ लाख प्राप्त गरेका छन् । बुढीगंगा गाउँपालिकाले ३९ करोड २६ लाख रुपैयाँ प्राप्त गरेका छन् । 

hAMROPATRO BELOW NEWS
MAW JCB
NLIC
TATA Below
असोज ७, २०८०

नेपालमा चिनियाँ लगानी अभिवृद्धि, पर्यटन प्रवर्द्धन र चीनतर्फको निर्यात सहजीकरणका लागि दुवै तर्फका सरकार र निजी क्षेत्रले सहकार्य गर्ने बताएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चीन भ्रम...

असोज ९, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ ७४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ३४ पैसा रहेको छ ।  यसैगरी युरो एकको खरिद...

असोज ८, २०८०

'नेपालमा लगानीका सम्भावना अधिक छन् । हामी यहाँहरूको लगानीलाई पूर्णतः सुरक्षा प्रदान गर्दछौँ र यहाँहरूले गर्ने लगानीको उचित वातावरण निर्माणका लागि के गर्नुपर्छ, त्यो गर्छौं । हामीसँग प्राप्त लगानीको सम्भावनाबा...

असोज ७, २०८०

नेपाल उद्योग परिसङ्घ (सीएनआई) र चाइना काउन्सिल फर प्रमोसन अफ इन्टरनेशनल ट्रेड (सीसीपीआईटी) बीच सम्झौता भएको छ ।  दुई देशबीच लगानी तथा द्विपक्षीय सहकार्य प्रबर्द्धनका लागि नेपाल–चीन व्यवसाय परिषद् (न...

असोज ८, २०८०

नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ ४० पैसा र बिक्रीदर १३३ रुपैयाँ रहेको छ । यसैगरी युरो एकको खरिददर १४१ रुपैयाँ ०...

असोज ७, २०८०

नेपाल राष्ट्र बैंकले राष्ट्रिय जनावर गाईको चित्र अङ्कित ‘मेडालियन सिक्का’ सार्वजनिक गरेको छ ।​ बैंकको टक्सार महाशाखाको कार्यालयमा आयोजित एक कार्यक्रमबीच गभर्नर महाप्रसाद अधिकारीले उक्त सिक्का स...

पत्रकारको डायरी : संविधान जारी हुने पूर्वसन्ध्यामा देखिएको मधेशको दृश्य

पत्रकारको डायरी : संविधान जारी हुने पूर्वसन्ध्यामा देखिएको मधेशको दृश्य

असोज ३, २०८०

तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...

संशोधन आवश्यक भएका केही संवैधानिक प्रावधान

संशोधन आवश्यक भएका केही संवैधानिक प्रावधान

असोज ३, २०८०

नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...

सरी बाबा ! मैले तपाईंको मुख हेर्न सकिनँ

सरी बाबा ! मैले तपाईंको मुख हेर्न सकिनँ

भदौ २८, २०८०

मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् । एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधु...

x