×

NMB BANK
NIC ASIA

नक्कली शरणार्थी प्रकरण

बालकृष्ण खाँणको बयान- धार्मिक प्रवृत्तिको व्यक्ति हुँ, अनुचित लाभ लिनेबारे सोच्न पनि सक्दिनँ

काठमाडाैं | जेठ २०, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

पूर्व गृहमन्त्री एवं कांग्रेस नेता बालकृष्ण खाँणले आफू धार्मिक व्यक्ति भएको भन्दै जनता झुक्याउने र अनुचित लाभ लिने कार्य गर्नेबारे सोच्न पनि नसक्ने भन्ने बयान दिएका छन् ।

Muktinath Bank

नक्कली भुटाटी शरणार्थी प्रकरणको ठगी मुद्दामा जिल्ला अदालत काठमाडौंका न्यायाधीश प्रेमप्रसाद न्यौपानेसमक्ष उनले राज्यको विभिन्न पदको दुरुपयोग नगरेको बयान दिएका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘म २०४८ सालमा प्रतिनिधिसभाको सदस्य, २०६४ साल र २०७० संविधानसभाको सदस्य, २०७४ मा प्रतिनिधिसभाको सदस्य बनेँ, साथै विभिन्न मितिमा चार पटकसम्म मन्त्रीको जिम्मेवारी सम्हाल्ने मौका पाएँ’ उनले बयानमा भनेका छन्, ‘मैले चौथोपटक मन्त्रीको जिम्मेवारी सम्हाल्दा संविधान र कानूनको पालना गर्दै देशमा शान्ति व्यवस्था र अमनचैन कायम गर्ने भूमिका निर्वाह गरेको छु । म विभिन्न रोगहरूको निवारणको लागि नियमित औषधि सेवन गरिरहे पनि हालसम्म मैले राज्यकोषबाट उपचार खर्चसमेत लिएको छैन । म ईश्वरमा विश्वास गर्दछु । म धार्मिक प्रवृतिको व्यक्ति हुँ । जनतालाई झुक्याउने अनुचित लाभ लिने कुनै कार्य गर्नेबारे सोच्न पनि सक्दिनँ ।’


Advertisment
Nabil box
Kumari

यतिमात्रै होइन उनले यो प्रकरणमा आफ्नो कुनै संलग्ता नरहेको र राजनीतिक करियर सिध्याउनलाई राज्यले नै चाल चलेको आरोपसमेत लगाएका छन् ।

Vianet communication
Laxmi Bank

‘म विरुद्ध लगाइएका सबै अभियोग मागदाबीहरू कपोलकल्पित र झुट्टा हुन् । मेरो व्यक्तिगत र राजनीतिक जीवन सिध्याउन नियोजितरुपमा राज्यले रचिएको षड्यन्त्र हो’ उनको दाबी छ, ‘माथि अभियोगमा दाबी लिएको कुनै पनि कसुरमा मेरो कहीकतै संलग्नता छैन । यी कसुरहरू गर्नमा कसैलाई प्रोत्साहन र प्रेरित पनि गरेको छैन ।’

आफूलाई फसाउन खोजेको भन्दै उनले न्यायका लागि न्यायाधीशसमक्ष याचना गरेका छन् । ‘जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका जिल्ला न्याधिवक्ता, जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसन्धान अधिकृत प्रहरी उपरीक्षकले ठगीको कसुर र संगठित अपराधको कसुरमा बयान लिएर अन्य कसुर र राज्यविरुद्धको कसुरमा समेत अभियोग लगाइएको छ’ उनले भने, ‘यो सरासर स्वच्छ सुनुवाइ र प्राकृतिक न्यायको सिद्धान्त विपरीत हो । मलाई फसाउने उद्देश्यले यी सबै झुट्टा आरोप र मुद्दाहरू लगाइएका हुन् । त्यस सम्बन्धमा मैले न्यायमूर्तिसँग न्यायको याचना गर्दछु । उच्च कसुरमा मेरो संलग्नता नरहेको हुँदा अभियोग माग दाबीबाट फुर्सद दिलाई पाउँ । सफाइ पाउँ ।’

बयानका क्रममा न्यायाधीशले गरेको सम्पत्तिको प्रश्नमा उनले जग्जा जमिन र घरभाडाबाट आउने पैसाले आफ्नो जीवन सहज चलेको बताएका छन् ।
‘मेरो परिवारमा म, श्रीमती, छोराछोरी र मेरी आमा गरी पाँच जनाको सदस्य छौं । बुटवलमा एउटा घर छ, सो घरबाट भाडा आउँछ, जग्गा जमिनबाट पनि भाडा आउँछ । जग्गा जमिनबाट केही कृषिजन्य उत्पादन हुन्छ’ उनले भनेका छन्, ‘काठमाडौं अनामनगरमा एउटा पुरानो घर छ, सोबाट समेत भाडा आउँछ । कोटेश्वरको सुविधानगरमा भएको जमिनबाट भाडा आउँछ । यी आम्दानीबाट हाम्रो जीवन सहजसँग चलेको छ ।’
नक्कली भुटानी शरणार्थी ठगी प्रकरणमा मुछिएका केशव दुलाललाई आफूले नचिन्ने उनको दाबी छ ।

आफ्ना तत्कालीन स्वकीय सचिव नरेन्द्र केसीमार्फत आङटावा शेर्पालाई पीडितको रकम फिर्ता गर्न पैसा नदिएको दाबी पनि गरेका छन् ।
केशव दुलाल र सानु भण्डारीलाई इन्कारी बयान गर्न नलगाएको पनि उनको दाबी छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x