×

NMB BANK
NIC ASIA

प्रदेशमा फैलिँदै केन्द्रको रोग

लुम्बिनीमा घुमाउरो बाटोबाट सांसदहरूलाई रकम दिने तयारी

बुटवल | जेठ २७, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

लुम्बिनी प्रदेश सरकारले सांसद् विकास कोषजस्तै घुराउरो तरिकाले सांसदहरूलाई बजेट दिने तयारी गरेको छ । 

Muktinath Bank

संघीय सरकारले ल्याएको 'निर्वाचन क्षेत्र विकास कोष' कार्यक्रमको चौतर्फी विरोध भइरहेका बेला लुम्बिनी सरकारले भने योजना छनोटमार्फत् सांसदहरूलाई बजेट दिने तयारी गरेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रत्यक्ष निर्वाचित सांसदलाई २ करोड ७५ लाख रुपैयाँ बराबरको योजना ल्याउन पाउनेगरी व्यवस्था गर्न लागिएको छ ।


Advertisment
Nabil box
Kumari

बजेट निर्माणको अन्तिम तयारीमा जुटेको प्रदेश सरकारले असार १ गते आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट ल्याउँदैछ । 

Vianet communication
Laxmi Bank

प्रत्यक्ष निर्वाचित सांसदलाई योजना छान्न दिनेगरी बजेट ल्याउने तयारी भएपछि समानुपातिक सांसदहरूले विरोध जनाएका छन् । प्रत्यक्ष निर्वाचित सांसदलाई योजना छान्न बजेट दिने तर समानुपातिक सांसदलाई नदिने तयारी भइरहेको जानकारी पाएपछि उनीहरूले विरोध गर्न थालेका हुन् । प्रत्यक्ष निर्वाचित सांसदले बजेट पाउँदा समान ढंगले आफूहरूले पनि पाउनुपर्ने उनीहरूको माग छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद मीना श्रेष्ठले प्रत्यक्ष र समानुपातिक सांसदलाई विभेद गर्न नहुने बताइन् । ‘की कसैलाई पनि योजना छान्न बजेट दिनु भएन’ श्रेष्ठले भनिन्, ‘सरकारले नै प्रत्यक्ष र समानुपातिक भनेर विभेद गर्न थालेपछि कस्तो सन्देश जान्छ ? समानुपातिकलाई अन्याय गर्न थालियो । योबारे मैले बोल्छु ।’  

अघिल्लोपटक प्रदेश सभा सदस्यलाई सांसद विकास कोषमार्फत् बजेट उपलब्ध गराउने तयारी भए पनि राम्रो सन्देश नजाने भन्दै योजना छान्न लगाइएको थियो । 

यसअघि प्रत्यक्ष निर्वाचित सांसदलाई दुई करोड हाराहारीको बजेटमा पर्ने योजना छान्न लगाइएको थियो । समानुपातिकको हकमा १ करोड हुँदै ६० लाखसम्म झरेको थियो ।

‘पहुँच हुने समानुपातिक सांसदले एक/डेढ करोडसम्म बजेट प्राप्त गरे, नहुनेको हकमा ६० लाखमै सीमित हुनु परेको थियो,’ निवर्तमान एक प्रदेश सभा सदस्यले भनिन्, ‘योजना छान्न लगाउने, कार्यान्वयन मन्त्रालय र तिनका कार्यालयबाट हुने व्यवस्था मिलाइएको थियो ।’ 

महिला सांसदलाई बजेट बाँडफाँटमा अलग गर्न खोजेको बुझाइ अधिकांशको छ । 

लुम्बिनीका २८ महिला सांसदहरूले योजना र बजेटमा विभेद नगर्न आग्रह गर्दै मुख्यमन्त्री डिल्लीबहादुर चौधरीको ध्यानाकर्षण गराएका छन् । 

सांसद विकास कोषको रकम खर्च गर्न योजना सञ्चालन गरिँदा प्रत्यक्ष निर्वाचित सांसद संयोजक हुने र समानुपातिक सांसद हेरेर बस्नु पर्ने अवस्था रहेको उनीहरूको गुनासो छ ।

नेकपा माओवादी केन्द्रकी सचेतक कृष्ण कुस्मा थारुले संघर्षपश्चात समानुपातिक समावेशी प्रणाली ल्याए पनि त्यसको अनुभूति गर्न भने नपाएको गुनासो गरिन् । ‘हरेक क्षेत्रमा प्रत्यक्षलाई पहिलो प्राथमिकता दिइन्छ । समानुपातिकलाई निर्णय प्रक्रियामा समेत सहभागी गराइँदैन’ थारूले भनिन् । 

यसअघि लुम्बिनी प्रदेशमा सत्तापक्षका प्रत्यक्ष निर्वाचित सांसदले ३ करोड र प्रतिपक्षका सांसदले १ करोड ५० लाख र समानुपातिक सांसदले ७५ लाखसम्मका योजना समावेश गर्न पाउने व्यवस्था थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x