×

NMB BANK
NIC ASIA

अर्कैको नाममा लोक सेवा परीक्षा दिएर सरकारी जागिर खाएपछि ...

बुटवल | जेठ ३१, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

रूपन्देहीबाट अर्कैको नाममा लोक सेवा आयोगको परीक्षा दिएर सरकारी जागिर खाएको खुलेको छ ।

Muktinath Bank

स्वच्छ र पारदर्शी परीक्षा हुने संस्थाका रूपमा परिचित लोक सेवालाई नै झुक्याएर सरकारी जागिर खाएको पत्ता लागेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अर्कै साथीलाई परीक्षा दिन लगाएर जागिर खाएका १ कर्मचारी र अर्कैको नामबाट लोक सेवा आयोगको लिखित परीक्षा दिने १ जना गरी २ जनालाई रूपन्देही प्रहरीले पक्राउ गरेको छ । 


Advertisment
Nabil box
Kumari

लोक सेवा आयोग बुटवल कार्यालयको विज्ञापन नम्बर १३८१२/०७६–०७७ (मधेश) एकीकृत तथा संयुक्त, खरिदार वा सो सरहको बुटवल केन्द्रमा सञ्चालन भएको लिखित परीक्षामा अर्कैको नाममा परीक्षा दिने र दिलाउने दुवै जनालाई प्रहरीले पक्राउ गरेको हो । विज्ञापनअनुसार पहिलो पत्रको परीक्षा २०७७ फागुन २९ गते र दोस्रो र तेस्रो पत्रको लिखित परीक्षा २०७८ साउन १६ गते लिइएको थियो ।

Vianet communication
Laxmi Bank

३ वटै लिखित पत्रको परीक्षामा परीक्षार्थी सप्तरीको राजविराज–११ का ३३ वर्षीया मनोजकुमार सुतिहारको नामबाट सोही स्थानका ३० वर्षीया नारायण यादवले लोक सेवा आयोगको लिखित परीक्षाको उत्तर पुस्तिका तयार पारेका थिए । लोक सेवा आयोगले सबै प्रमाण जुटाएर प्रहरीलाई अनुसन्धान गर्न आग्रह गरेको हो । सोही अुनसार प्रहरीले परीक्षा दिने सुतिहार र परीक्षा दिलाउने यादव दुवै जनालाई पक्राउ गरेको थियो । 

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) श्यामु अर्यालका अनुसार सुतिहार हाल कोष तथा लेखा नियन्त्रण कार्यालय कपिलवस्तुमा सहलेखापाल पदमा कार्यरत छन् भने यादव जिल्ला हुलाक कार्यालय सप्तरीमा नायव सुब्बा पदमा कार्यरत रहेका छन् ।

डीएसपी अर्यालले उनीहरूको सम्पूर्ण फाइल लोक सेवाले आफूहरूलाई उपलब्ध गराएपछि अनुसन्धान अघि बढाइएको लोकान्तरलाई जानकारी दिए । 

प्रहरीले दुवै जनालाई पक्राउ गरी लिखत सम्बन्धी कसूर अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान शुरू गरेको जनाएको छ । रुपन्देही प्रहरी प्रमुख भरतबहादुर विकले उनीहरूमाथि विस्तृत अनुसन्धान भइरहेको लोकान्तरलाई बताए । उनीहरूलाई लिखत सम्बन्धी कसूरमा मुद्दा दर्ता गरी जिल्ला अदालत रुपन्देही ७ दिने म्याद थप गरी अनुसन्धान अघि बढाएको छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

साउन ६, २०७८

मकवानपुरको मनहरि गाउँपालिका–८ हेटौंडा–नारायगढ सडकखण्डको सिमपानीमा रोकिराखेको एक ट्रकमा अवैधरूपमा ल्याइएको लागूपदार्थ गाँजा फेला परेपछि  ट्रकसहित चालकलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको छ...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २३, २०८०

नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाल (टिकटक र फेसबूक)को दुरुपयोग गरी चरित्रहत्या गर्ने एक जनालाई बिहीव्ँरु पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहा, लहान नगरपालिका स्थायी घर भइ हाल काठमाडौं बस्ने ३६ व...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x