×

NMB BANK
NIC ASIA

बैंकमा लगानीयोग्य रकमको थुप्रो

असार नलाग्दै बैंकमा थुप्रियो पैसा, बैंकिङ प्रणालीमा ३ खर्ब तरलता

काठमाडाैं | जेठ ३२, २०८०

NTC
Premier Steels

चालू आर्थिक वर्षको अन्तिम महिना शुरू हुनै लाग्दा बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य रकम तरलताको चाप बढेको छ ।

Muktinath Bank

नेपाल बैंकर्स संघले उपलब्ध गराएको २६ जेठसम्मको तथ्यांकअनुसार वाणिज्य बैंकमा मात्रै करीब ३ खर्ब रुपैयाँ तरलता (लगानीयोग्य रकम) थुप्रिएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बैंकहरूमा निक्षेप बढेको र कर्जाको माग कम भएका कारण लगानीयोग्य रकम थुप्रिएको बैंकर्स संघका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिल शर्माले बताए । 


Advertisment
Nabil box
Kumari

उनका अनुसार विगतदेखिकै तथ्यांक हेर्ने हो भने पनि जेठ–असारमा निक्षेप बढ्ने र कर्जा रोकिने हुन्छ । विगतमा जस्तै यो वर्ष पनि जेठसम्ममै बैंकहरूमा निक्षेप बढेको र कर्जा विस्तार कम भएको छ । अब असारमा पनि बैंकहरूको कर्जा विस्तार हुने देखिँदैन । 

Vianet communication

पछिल्लो महिना बैकिङ प्रणालीमा बढेको तरलताले बैंकहरूलाई यो आवको वित्तीय विवरण मेन्टेन गर्न सहज भइरहेको छ । बैंकहरूले वित्तीय विवरण मेन्टेन गर्न बर्सेनि आर्थिक वर्षको अन्तिम महिना कर्जा प्रवाह रोक्ने गरेका छन् भने निजी क्षेत्रबाट पनि माग कम आउने गरेको जानकारी शर्माले दिए । 

पछिल्लो समय बैंकिङ प्रणालीमा देखिएको रकमले आर्थिक क्षेत्र सुस्त हुनुमा तरलता अभाव मात्र कारण होइन भन्ने पुष्टि भएको तर्क शर्माको छ ।

चालू आवको वैशाखसम्म भने बैंकहरूमा पर्याप्त तरलता थिएन । सेवाग्राहीहरूले कर्जा पाउन नसकेको गुनासो सुनिने गरेको थियो ।

पछिल्लो समय रेमिट्यान्सको वृद्धि, आर्थिक वर्षको अन्त्यमा कर्जाको मागमा कमी तथा बैंकहरूले पनि पुराना ऋणलाई नवीकरण गर्दै नयाँ ऋण कम प्रवाह गरेकाले बैंकिङ प्रणालीमा तरलता बढेको हो । 

राष्ट्र बैंकको तथ्यांकअनुसार २९ जेठसम्म बैंकिङ प्रणालीमा निक्षेप ५५ खर्ब ३७ अर्ब रुपैयाँ रहेको छ । यो निक्षेपबाट बैंकहरूले ४८ खर्ब ५३ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।

वाणिज्य बैंकहरूको मात्रै यो अवधिसम्मको निक्षेप ४८ खर्ब ८५ अर्ब रुपैयाँ छ । यो अवधिमा कर्जा प्रवाह भने ४२ खर्ब ९८ अर्ब रुपैयाँ मात्रै रहेको छ ।

राष्ट्र बैंकको तथ्यांकअनुसार अहिले बैंकहरूको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ८४.४० प्रतिशत छ । बैंकहरूले राख्नुपर्ने अनिवार्य नगद मौज्दातबाहेक समग्र बैंकिङ प्रणालीमा करीब सवा ३ खर्ब तरलता थुप्रिएको छ ।

यस्तो तरलतामध्ये वाणिज्य बैंकहरूमा मात्रै ३ खर्ब रुपैयाँकै हाराहारीमा रहेको देखिन्छ । वाणिज्य बैंकहरूले चालू आर्थिक वर्षमा करीब साढे ३ खर्ब निक्षेप संकलन गरेर अहिलेसम्ममा करीब २ खर्ब रुपैयाँजति कर्जा विस्तार गरेका छन् ।

null

सानिमा बैंकका सीईओ निश्चल पाण्डे असार लाग्नै लागेको र १५ जेठपछि कर्जा प्रवाह कम नै हुने भएकाले तरलता अझै बढ्न सक्ने तर्क गर्छन् ।

यो वर्ष जेठमै निक्षेप बढ्नु, बैंकहरूको सीडी रेसियो मेन्टेन भइरहनु र कर्जाको माग पनि कम हुनुले तरलता बढ्न पुगेको उनको भनाइ छ ।

विगतको एक दुई वर्षबाहेक जेठदेखि निक्षेप बढ्ने, असारमा कर्जा कम प्रवाह हुने गरेको छ । विगतका वर्षको तुलनामा यो वर्ष कर्जा विस्तार कम हुने देखिएको भए पनि ठप्प भने नभएको सीईओ पाण्डेले बताए ।

हिजोका दिनमा पैसा नै छैन भन्ने बैंकहरूमा पछिल्लो समय निक्षेप बढेर केही सहज हुँदै गएको हो । निक्षेप र कर्जाको माग सधैं एकैनासको नहुने भएकाले कहिले बढी, कहिले घटी हुनुलाई स्वाभाविक मान्नुपर्ने पनि पाण्डेको तर्क छ ।

नेपाल उद्योग वाणिज्य महासंघका पूर्व उपाध्यक्ष दिनेश श्रेष्ठ सरकारले जस्तो नीति बनायो त्यसको परिणाम तेस्तै आउने तर्क गर्छन् । 

सरकारले बैंकहरूलाई कर्जा विस्तारमा रोक लगाउने, कम कर्जा दिने, निजी क्षेत्रले पैसा नलिओस् र खर्च पनि कम गरोस् भन्ने नीति लिएकाले यो वर्ष सोहीअनुसार बैंकबाट कर्जा विस्तार रोकिएको श्रेष्ठको बुझाइ छ । 

पछिल्लो समय बैंकबाट पैसा लिएर काम गर्ने वातावरण नरहेको उनले बताए । लगानीको सुरक्षा नभएको, ब्याजदर बढी भएको र नयाँ क्षेत्रले जोखिम मोल्न नचाहेका कारण कर्जा विस्तार रोकिएर बैंकहरूमा तरलता बढेको उनको विश्लेषण छ ।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्ल पनि बैंकहरूमा कर्जाको माग नआउनुको प्रमुख कारण नै ब्याजदर बढी हुनु भएको बताउँछन् ।

उनले भने, ‘विगतका वर्षमा ७ प्रतिशतमा सीमित रहेको ब्याजदर अहिले १४/१५ प्रतिशत पुगिसकेको छ, जसका कारण निजी क्षेत्रले ऋण लिएर कामै गर्न सकेको छैन ।’

बैंकको चर्को ब्याजदर, लगानीको वातावरण नहुनु र निजी क्षेत्रप्रतिको सरकारी बेवास्ताका कारण पनि कर्जाको माग कम भएको विश्लेषण उनले गरे । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x