×

NMB BANK
NIC ASIA

कांग्रेस यसरी नै चल्ने हो भने दुर्घटनामा जान्छ : महामन्त्री थापा

काठमाडाैं | असार ४, २०८०

NTC
फाइल फोटो
Premier Steels

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले बदलिएको कांग्रेसले मात्रै मुलुक बदल्न सक्ने बताएका छन् ।

Muktinath Bank

सोमवार काठमाडौंमा भएको ट्रेड युनियन कांग्रेसको ७औं महाधिवेशनलाई सम्बोधन गर्दै महामन्त्री थापाले यस्तो बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले देश बदल्नका लागि सबैभन्दा पहिला नेपाली कांग्रेस बदल्न आवश्यक रहेको बताए । उनले नेपाली कांग्रेस अहिले जसरी चलेको छ, त्यसरी नै चल्ने हो भन्ने ठानेमा कांग्रेस दुर्घटनामा जाने बताए । उनले कांग्रेसलाई दुर्घटनाबाट बचाउनका लागि नेपाली कांग्रेसलाई फरक ढंगले चलाउनुपर्ने जिकिर गरे ।


Advertisment
Nabil box
Kumari

महामन्त्री थापाले पार्टीलाई आवश्यकता अनुसार बदल्न सक्नुपर्ने बताए । उनले कांग्रेस बदल्न सक्ने भन्दै आवश्यकताअनुसार धुरी फाट्यो भने धुरी बदल्न सक्नुपर्ने बताए । उनले देश अप्ठ्यारोमा भएको बेला कांग्रेसले देशलाई ठीक ढंगले सम्हाल्न सक्नुपर्ने बताए । उनले यस्तो बेलामा कांग्रेसले मुलुकलाई सम्हाल्न नसके मुलुक थप १५ वर्ष पछि धकेलिने बताए ।

Vianet communication

उनले भने, ‘सिंगो नेपाली कांग्रेस सञ्चालन गर्ने तरिका बदल्नुपर्नेछ । नेपाली कांग्रेसले आफूलाई बदलेन भने कांग्रेस कांग्रेस जस्तो हुँदैन । देश नबदली भएको छैन । देश बदल्न सकिन्छ भन्ने कुरा महामन्त्री विश्वप्रकाश शर्मासँग सहमत छु । देश बदलिँदैन कि भन्ने डरबाट युवाहरू विदेश भागिरहेका छन् भन्ने लक्ष्मण दाइको चिन्ता आएको छ । यो बीचमा कांग्रेसले देश बदल्दैन भनेर युवा विदेशिएको चिन्ता मानेर, देश बदलिन्छ भन्ने आत्मविश्वास लिएर जाँदा देश बदलिन्छ तर देश बदल्नका लागि नेपाली कांग्रेसले आफूलाई बदल्छ । बदलेको कांग्रेसले मात्रै देश बदल्न सक्छ । कांग्रेस अहिले जसरी चलेको छ, त्यसरी नै चल्ने हो, ठीक भएर चलेको छ भनेर मान्दैनौं भने कांग्रेस दुर्घटनामा जान्छ । हामी जसरी चलिरहेका छौं । योभन्दा भिन्न ढंगबाट चल्नुपर्छ, चल्न सक्छौं । कांग्रेसलाई आवश्यकताअनुसार बदल्न सक्छौं । कहिलेकाहीँ जग बदल्नुपर्छ । कहिलेकाहीँ झ्यालबाट बदल्नुपर्छ । धुरी नै फाट्यो भने पनि त्यो बदल्नुपर्छ । जे कुराको समस्या हुन्छ, त्यो बदल्नुपर्छ । त्यो बदल्दै ठीक बनाएर जाने हो, कांग्रेस हाम्रो घर हो । हाम्रो जीवन लागेको छ । देशमा अप्ठ्यारो परेको बेला नेपाली कांग्रेसले ठीक ढंगले देशलाई सम्हालेन भने देशको अर्को १०–१५ वर्ष जान्छ । अप्ठ्यारो परेको बेला कांग्रेसले देश सम्हाल्नुपरेको छ ।’

महामन्त्री थापाले सिंगो नेपाली कांग्रेस सञ्चालन गर्ने तरिका बदल्नुपर्ने आवश्यकता रहेको बताए । उनले कांग्रेसले आफूलाई बदलेन भने कांग्रेस कांग्रेस जस्तो नहुने बताए । उनले कांग्रेस बदल्दै मुलुक बदल्नुपर्ने आवश्यकता रहेको पनि बताए । उनले देश बदल्न सकिन्छ भन्ने आत्मविश्वास लिनुपर्ने बताए ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x