मंसिर १४, २०८०
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
काठमाडाैं | असार १०, २०८०
पशुपतिनाथ मन्दिरको जलहरीमा प्रयोग भएको सुनको तौल र गुणस्तर मापन प्रक्रिया शुरु भएको छ ।
अहिले मन्दिरबाट झिकेको जलहरी सफा गर्ने काम भइरहेको छ । त्यसपिछ तौल लिने प्रक्रिया शुरु हुनेछ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोली प्राविधिकहरूसहित पशुपतिनाथ पुगेको छ ।
माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले पशुपतिको जलहरीमा सुन भनेर पित्तल राखिएको दाबी गरेपछि यस विषयमा तत्कालीन नेतृत्वको चर्को आलोचना भएको थियो ।
के हो प्रकरण ?
२०७७ साल माघ १२ गते पशुपतिनाथको दर्शनका लागि पुगेका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले मन्दिरको गर्भगृहमा राखिएको शिवलिंगलाई दैनिक जलधाराका लागि सुनको जलहरी निर्माण गर्न ३० करोड रुपैयाँ बजेट उपलब्ध गराउने घोषणा गरेका थिए । आउँदै गरेको महाशिवरात्रि (२०७७ फागुन २७) भित्रै जलहरी राखिसक्न ओलीको निर्देशन थियो ।
सरकारले उपलब्ध गराउने ३० करोड बजेट अनि बाँकी पशुपति क्षेत्र विकास कोष, दाताहरूको चन्दा तथा अनुदान सहयोग आदिबाट व्यवस्थापन गर्ने गरी सुनको जलहरी राख्ने काम गरिएको थियो ।
नेपाल राष्ट्र बैंकसँग १०३ किलो ७७३ ग्राम सुन ८० करोड ११ हजारमा खरिद गरी त्यसमा २.८९ किलो तामा, १.२४ किलो चाँदी, १२.७५ ग्राम जिंक मिसाएर कूल तौल १०७.९२ किलो कायम गरिएको थियो ।
यसबीचमा हतारमा सुनको जलहरी राख्न लागेको विषयमा सर्वोच्च अदालतमा रिट परिसकेको थियो । सर्वोच्चले जलहरी राख्ने काम तत्काल रोक्न विपक्षीका नाममा अन्तरकालीन अन्तरिम आदेश जारी गरेको थियो ।
तर, आदेश आउँदासम्म पशुपतिमा सुनको जलहरी राख्ने काम सम्पन्न भइसकेको थियो, जसका कारण सर्वोच्चको अन्तरिम आदेशको कुनै अर्थ रहेन ।
अदालतबाट आदेश आउनुअघि (सोही दिन बिहान) पशुपतिनाथ पुगेर तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले पुरानो जलहरीलाई सुनको जलहरीले प्रतिस्थापन गरिसकेकी थिइन् ।
मिश्रण समेत सुनको कुल तौल १०७.९२ किलो ग्राम रहे पनि जलहरी निर्माणमा ९६.८२ किलो मात्र प्रयोग गरिएको थियो ।
बाँकी करीब ११ किलो सुन गायब भएको भन्दै तत्काल अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो ।
महालेखा परीक्षकको ५९औं वार्षिक प्रतिवेदनअनुसार जलहरी निर्माण गरेर बाँकी रहनुपर्ने सुनको तत्कालीन बजार मूल्य ७ करोड ८६ लाख ४६ हजार थियो ।
अख्तियारमा उजुरी परेपछि हतार-हतारमा जलहरीमा रिंग लगाउने काम भयो ।
बाँकी सुनको रिंग निर्माण गरिएको भनी दाबी गरे पनि महालेखाले त्यसमा प्रश्न उठाएको छ ।
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...