०८ साउन २०८३, शुक्रबार
अदालतका कर्मचारी आन्दोलित

कर्मचारीको आन्दोलनका कारण सर्वोच्चसहित देशभरका अदालतको इजलास ठप्प

असार १७, २०८०
काठमाडौं
कर्मचारीको आन्दोलनका कारण सर्वोच्चसहित देशभरका अदालतको इजलास ठप्प

उच्च अदालत पाटनमा कर्मचारी र कानून व्यवसायीबीच भएको विवादले देशभरका अदालतको काम प्रभावित भएको छ । कर्मचारीमाथि कानून व्यवसायीले हातपात गरेको भन्दै अदालतका कर्मचारी आइतवार दिउँसो साढे १२ बजेसम्म काममा नजाने घोषणा गरेर आन्दोलनमा उत्रिएपछि देशभरका अदालतमा इजलास ठप्प भएका हुन् । 

असार १३ गते पाटन जिल्ला अदालतमा कार्यरत नायब सुब्बा प्रेमिका तामाङलाई एक कानून व्यवसायीले हातपात गरेको भन्दै न्यायालयका कर्मचारी आन्दोलनमा उत्रिएका हुन् ।

सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले कर्मचारीको आन्दोलनका कारण सर्वोच्चलगायत देशभरका अदालतको काम प्रभावित भएको जानकारी दिए । ‘चारवटै आधिकारिक टेड्र युनियनले विज्ञप्तिमार्फत् आन्दोलन घोषणा गरेकोले आज दिउँसो साढे १२ बजेसम्म सर्वोच्चमा इजलास लागेको छैन’ पौडेलले लोकान्तरसँग भने, ‘दैनिक पेशी प्रकाशित भइसकेकोले चिया समयपछि इजलास लाग्छ ।’

जिल्ला अदालत पाटनकी एक कर्मचारीमाथि एक वकिलले कार्यकक्षमा हातपात गरेको भन्दै न्याय क्षेत्रमा काम गर्ने कर्मचारी सम्बद्ध संगठनले आइतवार दिउँसो साढे १२ बजेसम्म विरोधका कार्यक्रम राखेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्