कात्तिक १८, २०८०
जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...
काठमाडाैं | असार १८, २०८०
आगामी साता एक जनासहित आगामी ३ महिनाभित्र नेपाल सरकारको विशिष्ट श्रेणीका ६ सचिवले अवकाश पाउँदैछन् । आगामी आर्थिक वर्ष २०८०/०८१ भित्र अवकाश पाउने सचिवको संख्या १९ छ ।
राष्ट्रिय किताबखाना (निजामती)बाट प्राप्त विवरणअनुसार २०८० असार २४ गते राष्ट्रिय तथ्यांक कार्यालयमा कार्यरत सचिव रामप्रसाद थपलियाले अवकाश पाउनेछन् । उनी प्रशासन सेवातर्फका सचिव हुन् ।
त्यसैगरी आगामी आर्थिक वर्ष २०८०/०८१ मा कानून, शहरी विकास, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, परराष्ट्र, युवा तथा खेलकुद, स्वास्थ्य तथा जनसंख्या, श्रमसहित विभिन्न मन्त्रालयदेखि आयोग तथा प्रदेशका प्रमुख सचिवहरूसम्म सेवा निवृत्त हुनेछन् । त्यसबाहेक सोही आर्थिक वर्षमा संघीय संसददेखि महालेखा परीक्षक कार्यालय हुँदै महान्यायाधिवक्ता कार्यालय, सर्वोच्च अदालतसम्मका सचिव वा सो सरहका केही कर्मचारी सेवानिवृत्त हुँदैछन् ।
आगामी आवमा सेवानिवृत्त हुने सचिवहरूको विवरण
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव धनराज ज्ञवालीले २०८० साउन ५ गते अवकाश पाउनेछन् । उनी न्याय सेवा समूहका सचिव हुन् ।
२०८० साउन २३ गते महालेखा परीक्षकको कार्यालयकी उप-महालेखा परीक्षक राममाया कुँवर २०८० साउन २३ गते सेवानिवृत्त हुनेछिन् । नेपाल लेखा परीक्षण सेवाको सचिव रहेकी कुँवर अहिले कार्यबाहक महालेखापरीक्षक समेत हुन् ।
त्यसैगरी कर्णाली प्रदेशका प्रमुख सचिव डा. गोपीकृष्ण खनाल २०८० भदौ ४ गते सेवानिवृत्त हुनेछन् ।
शहरी विकास मन्त्रालयका सचिव रविन्द्रनाथ श्रेष्ठ २०८० असोज ११ गते सेवानिवृत्त हुँदैछन् ।
नेपाल इन्जिनीयरिङ सेवाका सचिव श्रेष्ठ केही समयअघि मात्र शहरी विकास मन्त्रालयमा सरुवा भएका हुन् । त्यसअघि उनी राष्ट्रिय सतर्कता केन्द्रमा सचिव थिए ।
संघीय संसद्मा कार्यरत सचिव पदमप्रसाद पाण्डेयले पनि २०८० असोज २१ गते अवकाश पाउनेछन् । उनी यसअघि महान्यायाधिवक्ता कार्यालयमा नायब महान्यायाधिवक्ताको रूपमा कार्यरत थिए ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव डा. दामोदर रेग्मी २०८० कात्तिक ११ गते सेवानिवृत्त हुनेछन् । उनी प्रशासन सेवाका सचिव हुन् ।
त्यसैगरी परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेल २०८० मंसिर २० गते अवकाशमा जानेछन् । उनी परराष्ट्र सेवा समूहका सचिव हुन् ।
२०८० पुस ९ गते दुईजना सचिवहरू सेवानिवृत हुनेछन् । ऊर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्रालयका ऊर्जा सचिव दिनेशकुमार घिमिरे २०८० पुस ९ गते सेवानिवृत्त हुनेछन् । उनी नेपाल इन्जिनीयरिङ सेवा समूहका सचिव हुन् ।
त्यसैगरी नेपाल न्याय सेवा, सरकारी वकिल समूहका सचिव नारायणप्रसाद पौडेलले पनि सोही दिन पुस ९ गते अवकाश पाउनेछन् ।
त्यसैगरी २०८० माघ १२ गते महालेखापरीक्षक कार्यालयका उप-महालेखापरीक्षक महेश्वर काफ्ले पनि सेवानिवृत्त हुनेछन् । उनी लेखा परीक्षण सेवाका सचिव हुन् ।
त्यसैगरी युवा तथा खेलकुद मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमले २०८० फागुन ६ गते अवकाश पाउनेछन् । उनी पनि प्रशासन सेवाका सचिव हुन् ।
त्यसैगरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी सचिव देवकुमारी गुरागाईं पनि २०८० फागुन २६ गते सेवानिवृत्त हुनेछिन् । उनी जनसंख्या सचिव हुन् ।
त्यसैगरी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव केवलप्रसाद भण्डारी २०८० चैत ११ गते सेवानिवृत्त हुनेछन् । त्यसअघि उनी राष्ट्रिय योजना आयोगमा सचिव थिए । उनले पहिलोपटक पाएको मन्त्रालय भने श्रम नै हो ।
त्यसैगरी २०८१ वैशाख १७ गते तीनजना सचिवहरू सेवानिवृत्त हुनेछन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेश अधिकारी २०८१ वैशाख १७ गते सेवानिवृत्त हुनेछन् ।
सर्वोच्च अदालतका रजिस्ट्रार नारायणप्रसाद पन्थी र महान्यायाधिवक्ता कार्यालयका नायब महान्यायाधिवक्ता विश्वराज कोइराला पनि सोही दिन २०८१ वैशाख १७ गते सेवानिवृत्त हुनेछन् ।
त्यसैगरी २०८१ वैशाख २८ गते कृषि तथा पशुपन्छी विकास मन्त्रालयका कृषि सचिव रेवतीरमण पौडेल पनि सेवानिवृत्त हुनेछन् । उनी प्रशासन सेवाका सचिव हुन् ।
त्यसैगरी जल तथा ऊर्जा आयोगका सचिव सुशीलचन्द्र तिवारी २०८१ असार १३ गते सेवानिवृत्त हुनेछन् । उनी इन्जिनीयरिङ सेवाका सचिव हुन् । सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार लालबहादुर कुँवर २०८० माघ २९ गते सेवानिवृत्त हुनेछन् ।
अहिलेका सचिवहरूमध्ये सबै भन्दा बढी कार्यकाल सुदूरपश्चिम प्रदेशका प्रमुख सचिव नारायणप्रसाद शर्मा दुवाडीको छ । उनी २०८४ भदौ ६ गते सेवानिवृत हुनेछन् ।
उनीभन्दा अघि २०८४ साउन १९ गते कोशी प्रदेशका प्रमुख सचिव डा. दीपक काफ्ले र महालेखा परीक्षक कार्यालयकी उपमहालेखा परीक्षक बिन्दु विष्ट सेवानिवृत हुनेछन् ।
यी तीनैजना क्रमश: धेरै कार्यकाल बाँकी रहेका सचिव हुन् ।
हेर्नुहोस्, प्राप्त विवरण :
जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...
गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ । ...
जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...
जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...
सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...
‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...