×

NMB BANK
NIC ASIA

धनुषा कांग्रेस बागी उम्मेदवारले हैरान !

कात्तिक २०, २०७४

NTC
Premier Steels
जनकपुरधाम, २६ भदौ – नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री विमलेन्द्र निधिले असोज २ गते हुन लागेको प्रदेश नम्बर २ को १ सय ३६ वटा स्थानीय तहको निर्वाचनमा १ सयभन्दा बढी सिट नेपाली कांग्रेसले जित्ने दाबी गरेका थिए ।

नेपाली कांग्रेसका पार्टी सभापतिदेखि पदाधिकारीहरू तथा प्रदेश नम्बर २ का सबै नेता, सांसदसमेतको जनकपुरमा गरिएको बृहत् भेलामा नेता निधिले उक्त घोषणा गरेका थिए । तर धनुषाको १८ वटा स्थानीय तहको निर्वाचन भइरहेको बेलामा अधिकांश स्थानीय तहमा नेपाली कांग्रेसबाट बागी उम्मेदवारी परेको छ ।

जनकपुर उपमहानगरपालिकामै मेयर र उपमेयर पदमा बागी उम्मेदवारी औपचारिक रूपले नभएपनि उपमहानगरपालिकाका प्रायः जसो सबै वडाहरूमा कांग्रेसका बागी उम्मेदवारहरूले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।

नेपाली कांग्रेसको तर्फबाट मेयर पदमा मनोज कुमार साह र उपमेयर पदमा निलम कर्णलाई टिकट दिएपछि असंतुष्ट बनेका अन्य आकांक्षीहरूले ती दुवै पदमा बागी उम्मेदवारी नदिएपनि कांग्रेसको आधिकारिक उम्मेदवारहरूलाई नै भने सहयोग नगर्ने परिस्थिति देखिएको छ ।

राजपा नेपालका मेयरका उम्मेदवार लालकिशोर साहलाई असंतुष्टहरूले मतदान गर्न सक्ने आंकलन गरिएको छ । किनभने कांग्रेसका आधिकारिक मेयरका उम्मेदवार संस्थापन पक्ष देउवा गुटका हुन भने लालकिशोर साह विगतमा नेपाली कांग्रेसमा रहँदा कोइराला गुटमा आबद्ध थिए ।

प्रायः जसो वडामा कांग्रेसका बागी उम्मेदवार

जनकपुर उपमहानगरपालिकाको वडा नं. १ मा नेपाली कांग्रेसका क्रियाशिल सदस्य समेत नरहेका देवु यादवलाई टिकट दिइएपछि कांग्रेसका सहिद विष्णुदेव महतोका भाई धर्मदेव महतो बागी भई स्वतन्त्र रुपमा मनोनयन भई उम्मेदवारी मनोनयन दर्ता गरेका छन् ।

त्यसैगरी उपमहानगरपालिका वडा नं. २ मा वडा अध्यक्ष पदमा गणेश झालाई टिकट दिएपछि नेपाली कांग्रेसका वडा सभापति जगदीश पोदारले वडा सभापतिबाट राजिनामा दिएका छन् । पोदार असंतुष्ट भएका छन् । त्यसैगरी वडा नं. ३ मा अनिरुद्ध साहलाई वडा अध्यक्षमा टिकट दिएपछि विगतमा दुई पटक पार्टीका वडा अध्यक्ष भएका श्रीकान्त झाका छोरा दिपेन्द्र झा असंतुष्ट भएका छन् ।

त्यसैगरी वडा नं. ४ मा आधिकारिक रुपमा नेपाली कांग्रेसले संतोष साहलाई टिकट दिएपछि पुर्व वडा अध्यक्ष समेत रहेका सुरेश झा बागी भई स्वतन्त्र भई उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।

त्यसैगरी ५ वडा नं.मा मनोज साहलाई वडा अध्यक्षको लागि टिकट दिएपछि बेचन बाबा भन्ने बेचन साह जो (उक्त वडाका बरिष्ठ नेता पनि हुन) ले बागी भई स्वतन्त्र भई उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।
त्यसैगरी वडा नं. ६ मा शिवजी रायलाई टिकट दिएपछि कांग्रेसका बरिष्ठ नेता तथा पार्टीका पुर्व वडा अध्यक्ष जगरनाथ साहले पार्टी परित्याग गरी राजपा नेपालबाट वडाध्यक्ष पदमा उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।

त्यसैगरी वडा नं. ७ मा रामनारायण पाठकलाई नेपाली कांग्रेसले वडा अध्यक्षमा टिकट दिएपनि नेपाली कांग्रेसका नेता तथा जनकपुर नगरपालिकाका पुर्व वडा अध्यक्ष असंतुष्ट बनेका छन् ।

त्यसैगरी वडा नं. ८ मा सुकचन्द्र मिश्रलाई वडा अध्यक्षमा टिकट दिएपछि आकांक्षीहरू तरुण दलका नगर अध्यक्ष प्रकाश मिश्र असंतुष्ट बनेका छन् । सोही वडाका अर्का आकांक्षी रमेश ठाकुरले पार्टी परित्याग गरी वडाअध्यक्षमा राजपा नेपालबाट उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । प्रकाश मिश्र र रमेश ठाकुर उक्त वडामा प्रभाव राख्ने रामानन्द क्लवका पुर्व अध्यक्ष पनि हुन । असंतुष्ट भएका प्रकाश मिश्र राजपाका उम्मेदवार राजपाका उम्मेदवार रमेश ठाकुरका प्रचार प्रसारमा देखिएका छन् ।

त्यसैगरी वडा नं. ९ मा सर्वसम्मतीमै टिकट दिएका कारण असंतुष्टिका स्वरहरू सुनिएका छैनन् । त्यसैगरी वडा नं. १० मा मिथिलेश कर्णलाई नेपाली कांग्रेसले वडा अध्यक्षमा टिकट दिएपछि असंतुष्ट बनेका पार्टीका वडा समिति मोती लाल साह बागी भई स्वतन्त्र भई उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।

त्यसैगरी वडा नं. ११ मा जानकी साहलाई वडा अध्यक्षमा टिकट दिइएपछि नेपाली कांग्रेसकै क्षेत्रिय प्रतिनिधि तथा उक्त वडाका पुर्व वडा अध्यक्ष गौरी साहले बागी भई स्वतन्त्र भई उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । उक्त वडा अध्यक्षका अर्का आकांक्षी अर्जुन चौधरी पनि असंतुष्ट बनेका छन् ।

१२ नम्बर वडामा शत्रुधन यादवलाई टिकट दिएपछि तरुण दलका नेता समेत रहेका दिलिप मण्डल बागी भई स्वतन्त्रमा उम्मेदवारी मनोनयन दर्ता गरेका छन् । उपमहानगरपालिकाका १३ नम्बर वडामा जितबहादुर राउतलाई वडा अध्यक्ष पदमा टिकट दिइएपछि आकांक्षी पृथ्वी साह लगायतका व्यक्तीहरू असंतुष्ट बनेका छन् ।

उपमहानगरपालिकाको १४ नम्बर वडामा रामबरण पासवानलाई टिकट दिएपछि पार्टीकै पुर्व नगरअध्यक्ष श्रीराम साह तथा आकांक्षी मोहन यादव लगायतका समुह असंतुष्ट देखिएका छन् । १५ नम्बर वडामा अशोक चौधरीलाई टिकट दिइएपछि नगरपालिकाका दुई पटक सम्म वडा अध्यक्ष बनेका रामचन्द्र साह असंतुष्ट बनेका छन् ।

१६ नम्बर वडा कपिलेश्वरमा रामचन्द्र पजियारलाई सहमतिको आधारमा टिकट दिइएको छ । वडा नं. १७ कनकपट्टीमा क्रियाशिल सदस्य समेत नरहेका धर्मेन्द्र यादवलाई टिकट दिएपछि आकांक्षीहरू बालबोध यादव र उतिम लाल मण्डल असंतुष्ट देखिएको छ । वडा नं. १८ महुवामा सहमतिको आधारमा जासिम नदाफलाई टिकट दिइएको छ ।

त्यसैगरी वडा नं. १९ बेंगाशिवपुरमा बुलन यादवलाई वडाअध्यक्षमा टिकट दिएपछि सुरेश यादव बागी भई स्वतन्त्र भई उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । बागी सुरेश यादवलाई पुर्व राष्ट्रपति डा.रामबरण यादवका छोरा तथा धनुषाका सांसद चन्द्रमोहन यादवको समेत समर्थन रहने बताइन्छ ।

वडा नं. २० देवपुरा रुपैठामा उम्मेदवारी मनोनयन दर्ताका क्रममा रोचन दृष्य नै देखियो । देवपुरा रुपैठाबाट सुरेन्द्र साह उम्मेदवारी मनोनयन दर्ताका लागि जुलुस लिएर आएका थिए तर टिकट जोगेन्द्र साहले पाए ।

सुरेन्द्र साह असंतुष्ट बनेका छन् । २१ नम्बर वडा कुर्थामा राजनारायण साहलाई टिकट दिइएको छ । यहाँ पनि सानातिना असंतुष्टिहरू देखिएका छन् । आकांक्षी वृजलाल महासेठ असंतुष्ट बनेका छन् । त्यसैगरी वडा नं. २२ बसविट्टीमा लालबाबु मिश्रलाई टिकट दिइएपछि वडा अध्यक्षका अर्का आकांक्षी नेपाली कांग्रेसका वडा सभापति विलट मण्डल असंतुष्ट बनेका छन् ।

त्यसैगरी २३ नम्बर वडा विन्धीमा शत्रुधन पाण्डेलाई वडा अध्यक्षमा टिकट दिइएपछि क्षेत्रिय प्रतिनिधि समेत रहेका केवल शर्मा बागी भई स्वतन्त्र भई उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।

र, कांग्रेसका पार्टीका वडा सभापति नसरुल राईनले बागी भएर स्वतन्त्र रुपमा वडा सदस्यमा उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । वडा नं. २४ बसहियामा विशेश्वर शर्मालाई टिकट दिइएपछि यहाँका प्रभावशाली नेता समेत रहेका आकांक्षी चन्द्रभुषण सहनी असंतुष्ट बनेका छन् ।

२५ नम्बर वडा लोहनामा उमेश यादवलाई टिकट दिइएपछि कांग्रेसका क्षेत्रिय प्रतिनिधि समेत रहेका निवर्तमान गाविस अध्यक्ष चन्देश्वर साह बागी भई स्वतन्त्र भई उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।

धनुषाका विभिन्न तहमा बागी

धनुषाको क्षिरेश्वरनाथ नगरपालिकामा मेयरमा क्षेत्र नं. ५ का क्षेत्रीय सभापति योगेन्द्र पजियारलाई टिकट दिइएको छ । तर, आकांक्षी सुखदेव यादव अन्तिम समयमा आएर पार्टी परित्याग गरी संघीय समाजवादी फोरमबाट मेयर पदमा उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।

यहाँका सांसद चन्द्रमोहन यादव पनि आन्तिक रुपमा सुखदेव यादवले समर्थन गरिएको बताइएको छ ।
त्यसैगरी लक्ष्मिनियाँ गाउँपालिकामा नेपाली कांग्रेसका कोमलकान्त झालाई टिकट दिइएपछि महोत्तरीबाट कांग्रेसका सांसद रहेकी केन्द्रिय सदस्य किरण यादवका साखै भाई बागी भई स्वतन्त्र भई उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।

किरण यादव पुर्व राष्ट्रपति रामबरण यादवको भतिजी हुन भने हालका राष्ट्रपति विद्यादेवी मण्डारीका सम्धिनी हुन ।

हंसपुर नगरपालिकामा नेपाली कांग्रेसले प्रदिप यादवलाई मेयरको टिकट दिएपछि कांग्रेसका अर्का आकांक्षी भरोसी मण्डलले बागी भई स्वतन्त्र भई उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।

गणेशमान चारनाथ नगरपालिकामा संजय महतोलाई नेपाली कांग्रेसले मेयरको टिकट दिएपछि पार्टीका नेता चरित्रर यादव बागी भई स्वतन्त्र भई मेयरमा उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।

बागी पनि आधिकारिक उम्मेदवार : लिला कोइराला

धनुषामा कांग्रेसको राजनीतिमा दुईवटा गुटहरू प्रष्ट रुपमा देखिन्छन् । एउटा गुटको नेतृत्व विमलेन्द्र निधिले गरिरहेका छन् भने रामचन्द्र पौडेलको गुटका तर्फबाट जनकपुरमा लिला कोइरालाले गरिरहेका छन् ।

कांग्रेसको तर्फबाट बागी भई स्वतन्त्र रुपमा उम्मेदवारी दिएका व्यक्तिहरू पनि कांग्रेसको आधिकारिक उम्मेदवार नै रहेको भनेर २४ भदौमा जनकपुरको एक स्थानीय पत्रिकामा लिला कोइरालाले बयान दिएका छन् ।

पार्टीका थुप्रै असंतुष्ट नेता, कार्यकर्ताहरू चुनावमा स्वतन्त्र रुपमा उम्मेदवारी दिनु अस्वाभाविक नभएको, टिकट वितरणमा विमलेन्द्र निधिले एकलौटी रुपमा आफ्नै गुटका मानिसहरू लडाउँदा पार्टीका पुराना र इमान्दार कार्यकर्ताहरू स्वतन्त्र रुपमा उम्मेदवारी दिन बाध्य भएको नेपाली कांग्रेसकी नेत्री कोइरालाले बताएकी छिन् ।

कांग्रेसका कतिपय नेताहरू खुलेर नै कांग्रेसका बागी भई स्वतन्त्र लडेका उम्मेदवारहरूको पक्षमा प्रचार प्रसार गरिरहेका छन् ।

बागी उम्मेदवारलाई कारवाही हुन्छः सभापति यादव

नेपाली कांग्रेस धनुषाका सभापति रामसरोज यादव संस्थापन पक्ष देउवा गुटका नेता हुन । नेता विमलेन्द्र निधि निकट रहेका सभापति यादव भन्छन,“ पार्टीको निर्णय, विधान विपरित बागी भएर उठेका सम्पुर्ण उम्मेदवारहरू, ती उम्मेदवारका प्रस्तावक र समर्थक सहित प्रचार प्रसारमा लाग्ने सबै कार्यकर्ताहरूलाई पार्टीले कारवाही गर्नेछ ।”
लिला कोइरालाले बागीका उम्मेदवार पनि कांग्रेसकै स्वतन्त्र उम्मेदवार रहेको भनेर भन्नु गलत रहेको यादवले बताए ।

जनकपुरको मेयरमा कांग्रेसको बागी नै निर्वाचित हुने गरेको इतिहास

अहिलेको जनकपुर उपमहानगरपालिका र विगतको जनकपुर नगरपालिकामा मेयर तथा उपमेयर पदमा स्वतन्त्र उम्मेदवारहरू नै निर्वाचित हुने गरेको इतिहास रहेको छ ।

राजनीतिक दलहरूले प्रमुख पदमा जित हासिल गर्न सकेको देखिँदैन । त्यसो त उक्त नगरपालिका नेपाली कांग्रेसको गढ हो । तर, कांग्रेसले उठाएका आधिकारिक उम्मेदवारको विरुद्ध उठ्ने कांग्रेस कै बागी उम्मेदवार स्वतन्त्रबाट निर्वाचित हुने गरेका छन् ।

२०४६ सालमा बहुदलिय प्रजातन्त्रको स्थापना भएपछि पनि सम्पन्न स्थानीय निकायका चुनावहरूमा नेपाली कांग्रेसका बागी उम्मेदवारहरू जित्ने गरेका छन् । २०४९ सालमा सम्पन्न स्थानीय निकायको चुनावमा जनकपुर नगरपालिकामा नेपाली कांग्रेसका बागी उम्मेदवार वृषेशचन्द्र लाल स्वतन्त्रबाट मेयर पदमा निर्वाचित भएका थिए ।

लालले कांग्रेसका आधिकारिक उम्मेदवार दिगम्बर रायलाई पराजित गरेका थिए । त्यसैगरी उपमेयरमा कांग्रेसका बागी उम्मेदवार लालकिशोर साह उपमेयरमा निर्वाचित भएका थिए । साहले कांग्रेसको आधिकारिक उम्मेदवार किशोरी साहलाई पराजित गरेका थिए । २०५४ सालमा सम्पन्न स्थानीय निकायको चुनावमा जनकपुर नगरपालिकामा नेपाली कांग्रेसका बागी उम्मेदवार बजरंग प्रसाद साह स्वतन्त्रबाट मेयर पदमा निर्वाचित भएका थिए ।

साहले कांग्रेसका आधिकारिक उम्मेदवार दामोदर उपाध्यायलाई पराजित गरेका थिए । त्यसैगरी उपमेयरमा कांग्रेसका आधिकारिक उम्मेदवार किशोरी साह उपमेयरमा निर्वाचित भएका थिए ।

२०५४ सालमा जनकपुरको निर्वाचन परिणाम

२०५४ सालमा स्थानीय निकायको निर्वाचन हुँदा जनकपुर नगरपालिका भित्र १६ वटा वडाहरू थिए । ३८ हजार ४ सय ३४ मतदाता रहेको जनकपुर नगरपालिकामा त्यो चुनावमा २१ हजार ३ सय ९३ मत खसेको थियो ।

प्रतिशतको आधारमा ५५.६६ प्रतिशत खसेको थियो । २०५४ सालमा जनकपुर नगरपालिकामा प्रमुख, उपप्रमुख, वडाअध्यक्ष, वडा सदस्य र महिला सदस्यहरू गरी कुल ८२ वटा पदहरूका लागि भएको निर्वाचनमा नेपाली कांग्रेसले २४, नेकपा एमालेले २२, राष्ट्रिय प्रजातन्त्र पार्टीले २० र स्वतन्त्र उम्मेदवारहरूले १६ स्थानमा जित हात पारेका थिए ।

उक्त निर्वाचनमा जनकपुर नगरपालिकामा मेयर पदका लागि १४ जना उम्मेदवारहरूले उम्मेदवारी दिएका थिए । नेपाली कांग्रेसका दामोदर प्रसाद उपाध्याय, नेकपा एमालेका मदन मोहन थापा, राष्ट्रिय प्रजातन्त्र पार्टीका श्रवण कुमार साह, नेपाल सदभावना पार्टीका कामेश्वर भुमिहारले मेयर पदमा उम्मेदवारी दिएका थिए ।

यसका अतिरिक्त अशोक लाल दास, उमाकान्त पाण्डे, गंगाप्रसाद साह कलवार, देवचन्द्र झा, बजरंग प्रसाद साह, भृगुनाथ ठाकुर, मनोज कुमार साह, मनोज कुमार साह तेली, लालकिशोर साह, विजय कुमार साहले स्वतन्त्रबाट उम्मेदवारी दर्ता गराएका थिए । नेपाली कांग्रेसको पकड मानिने जनकपुर नगरपालिकामा स्वतन्त्र उम्मेदवार बजरंग प्रसाद साहले ५ हजार ९ सय ८७ मत ल्याई मेयरमा निर्वाचित भएका थिए ।

उनी नेपाली कांग्रेसका टिकट नपाएपछि कांग्रेसको बागी उम्मेदवारको रुपमा स्वतन्त्र भई मेयरमा निर्वाचित भएका थिए । कांग्रेसका आधिकारिक उम्मेदवार दामोदर प्रसाद उपाध्यायले ५ हजार ७९ मत ल्याई दोस्रो र एमालेका मदन मोहन थापा ४ हजार १ सय ९३ मत ल्याई तेस्रो भएका थिए ।

राप्रपाका श्रवण कुमार साहले ४ हजार ७ मत ल्याई चौथो भएका थिए भने कांग्रेसकै अर्को बागी उम्मेदवार लालकिशोर साह १ हजार ६ सय ३५ मत ल्याई पाँचौं भएका थिए ।

त्यसैगरी जनकपुर नगरपालिकाको उपमेयरमा नेपाली कांग्रेसका आधिकारिक उम्मेदवार किशोरी साह ७ हजार ८ सय ९७ मत ल्याई निर्वाचित भएका थिए भने राप्रपाका मोहम्मद असगर अलि मुसलमान ५ हजार ७ सय ३६ मत ल्याई दोस्रो स्थानमा चित्त बुझाउनु परेको थियो ।

नेकपा एमालेका विजयलाल दासले ४ हजार १ सय ४२ मत ल्याई तेस्रो स्थानमा सिमिति हुनु पुगेको थियो । उपप्रमुखमा नेपाल सदभावना पार्टीका उपेन्द्र प्रसाद उपाध्याय र अन्य स्वतन्त्र उम्मेदवारहरू इस्माईल अनसारी, पशुपतिनाथ झा, मनोहर खाँती, रमेश कुमार कोइराला, राजदेव मिश्र र रामपुकार रायले पनि उम्मेदवारी दिएका थिए ।

जनकपुरको वडा नं. १ मा नेकपा एमालेका माधव बहादुर थापा ३ सय २२ मत ल्याई वडा अध्यक्षमा निर्वाचित भएका थिए भने नेपाली कांग्रेसका विष्णुदेव महतोले ३ सय १६ मत ल्याई दोस्रो र स्वतन्त्र उम्मेदवार उमेश प्रसाद सिंह राजपुत २ सय ४९ मत ल्याई तेस्रो भएका थिए । उक्त वडामा वडा सदस्यको रुपमा नेकपा एमालेका कुलदिप सदा, नेकपा एमालेका बद्रीरवि दास, नेकपा एमालेका श्याम कुमार साह सुडी निर्वाचित भएका थिए । त्यसैगरी महिला सदस्यमा स्वतन्त्रबाट सुधा गिरी निर्वाचित भएका थिए ।

जनकपुर नगरपालिकाको वडा नं. २ मा वडा अध्यक्ष पदमा नेपाली कांग्रेसका केशव प्रसाद ढुङ्गेल ४ सय १८ मत ल्याई निर्वाचित भएका थिए भने नेकपा एमालेका मनोज कुमार शर्मा ३ सय ६० मत ल्याई पराजित भएका थिए । राप्रपाका विक्रम साह तेलीले १ सय ९० मत ल्याई तेस्रो स्थानमा चित्त बुझाउनु परेको थियो । उक्त वडामा वडा सदस्यमा स्वतन्त्रबाट अरुण भट्टराई, स्वतन्त्रबाटै गणेश झा र महिला सदस्यमा स्वतन्त्रबाट रेणु झा निर्वाचित भएका थिए ।

जनकपुर नगरपालिकाको वडा नं. ३ मा वडा अध्यक्षमा स्वतन्त्रबाट इश्वर कुमार ढुङ्गानाले १ सय ७४ मत ल्याई निर्वाचित भएका थिए भने नेकपा एमालेका जोगेन्द्र साह तेली १ सय २६ मत ल्याई दोस्रो र स्वतन्त्रबाट जयविर राय कुर्मीले १ सय ४ मत ल्याई तेस्रो स्थान हासिल गरेका थिए । वडा सदस्यमा नेपाली कांग्रेसका बैद्यनाथ साह तेली, राप्रपाका रामनारायण लोहार र हरिनन्दन झा मैथिल, महिला सदस्यमा राप्रपाका शशिदेवी ढुङ्गाना निर्वाचित भएका थिए ।

जनकपुर नगरपालिकाको वडा नं. ४ मा स्वतन्त्र उम्मेदवार राघोसिंह राजपुत ५ सय ९० मत ल्याई वडा अध्यक्षमा निर्वाचित भएका थिए भने नेकपा एमालेका भरत साह ५ सय ५४ मत ल्याई दोस्रो र नेपाली कांग्रेसका हेमचन्द्र चौधरीले २ सय ७७ मत ल्याई तेस्रो स्थान हासिल गरेका थिए । वडा सदस्यहरूमा नेकपा एमालेका अशोक श्रेष्ठ, जिवन कुमार यादव, नेपाली कांग्रेसका मिश्री ठाकुर सोनार र महिला सदस्यमा नेकपा एमालेका दिपा महर्जन निर्वाचित भएका थिए ।

जनकपुर नगरपालिकाको वडा नं. ५ मा नेकपा एमालेका हफिज अनसारीले २ सय १४ मत ल्याई वडा अध्यक्षमा निर्वाचित भएका थिए भने नेपाली कांग्रेसका प्रमोद कुमार चौधरीले २ सय ६ मत र राप्रपाका उमेश चौधरीले १ सय ४५ मत ल्याई क्रमशः दोस्रो र तेस्रो स्थानमा चित्त बुझाउनु परेको थियो । वडा सदस्यहरूमा स्वतन्त्रबाट व्रिजनन्दन प्रसाद साह कलवार, नेकपा एमालेका श्याम प्रसाद साह कलवार, राप्रपाका श्रवण मण्डल धानुक र महिला सदस्यमा राप्रपाका आशा देवी साह हलुवाई निर्वाचित भएका थिए ।

जनकपुर नगरपालिकाको वडा नं. ६ मा राप्रपाका इद्रीश कवाडी ४ सय ६६ मत ल्याई वडा अध्यक्षमा निर्वाचित भएका थिए भने स्वतन्त्रबाट जगरनाथ साहले ४ सय ५९ मत ल्याई पराजितभएका थिए । वडा सदस्यहरूमा राप्रपाका रामकुमार मण्डल, राप्रपाका लखन राय, राप्रपाका लालबाबु अन्सारी र महिला सदस्यमा स्वतन्त्रबाट प्रमिला देवी साह निर्वाचित भएका थिए ।

जनकपुर नगरपालिकाको वडा नं. ७ मा राप्रपाका जिवछ साह तेली ३ सय ९१ मत ल्याई वडा अध्यक्षमा निर्वाचित भएका थिए । नेपाली कांग्रेसका रामएकवाल साह तेली २ सय ६४ मत र नेकपा एमालेका जगदीश साह तेली २ सय ५१ मत ल्याई क्रमशः दोस्रो र तेस्रो स्थानमा समेटिएका थिए । वडा सदस्यहरूमा राप्रपाका अहमद रेजा राईन, राप्रपाका नथुनि साह तेली, राप्रपाका विश्वनाथ दास तत्मा, र महिला सदस्यमा नेपाली कांग्रेसका सुमित्रा देवी श्रीवास्तव निर्वाचित भएका थिए ।

जनकपुर नगरपालिकाको वडा नं. ८ मा स्वतन्त्रबाट अवधेश कुमार पोखरेल ३ सय ९८ मत ल्याई वडा अध्यक्षमा निर्वाचित भएका थिए । नेकपा एमालेका कामेश्वर प्रसाद महतो सुडीले २ सय १५ र नेपाली कांग्रेसका अवधेश कुमार ठाकुरले १ सय ३३ मत ल्याई क्रमशः दोस्रो र तेस्रो स्थान हासिल गरेका थिए । वडा सदस्यहरूमा नेकपा एमालेका प्रमोद प्रसाद पोखरेल, नेकपा एमालेका मोहन प्रसाद उपाध्याय, नेकपा एमालेका रामसेवक यादव र महिला सदस्यमा देवता देवी चौधरी निर्वाचित भएका थिए ।
Caption

जनकपुर नगरपालिकाको वडा नं. ९ मा नेकपा एमालेका आनन्द राज ढकालले ५ सय १४ मत ल्याई वडा अध्यक्षमा निर्वाचित भएका थिए । नेपाली कांग्रेसका प्रेमचन्द्र कायस्थले ५ सय ३ र स्वतन्त्रबाट नारायण प्रसाद साह तेलीले ७३ मत ल्याई क्रमशः दोस्रो र तेस्रो स्थानमा समेटिएका थिए । वडा सदस्यहरूमा नेपाली कांग्रेसका परमेश्वर साह, नेकपा एमालेका भक्त राज रेग्मी, नेकपा एमालेका राजकुमार प्रसाद गुप्ता र महिला सदस्यमा राप्रपाका इन्दिरा देवी झा निर्वाचित भएका थिए ।

जनकपुर नगरपालिकाको वडा नं. १० मा नेपाली कांग्रेसका रामेश्वर ठाकुर हजाम ४ सय ६३ मत ल्याई वडा अध्यक्षमा निर्वाचित भएका थिए । राप्रपाका टेकनारायण यादव ४ सय ४५ मत ल्याई दोस्रो र स्वतन्त्रका भोला प्रसाद साह कलवार १ सय मत ल्याई तेस्रो भएका थिए । वडा सदस्यहरूमा राप्रपाका हृदयकान्त ठाकुर, नेपाली कांग्रेसका मोती लाल साह हलुवाई, नेपाली कांग्रेसका मिथिलेश कुमार कायस्थ र महिला सदस्यमा नेपाली कांग्रेसका चिन्तु पाठक निर्वाचित भएका थिए ।

जनकपुर नगरपालिकाको वडा नं. ११ मा स्वतन्त्रबाट जानकी प्रसाद साह तेलीले २ सय ४७ मत ल्याई वडा अध्यक्षमा निर्वाचित भएका थिए । नेपाली कांग्रेसका अर्जुन कुमार चौधरी २ सय २९ र स्वतन्त्रबाट किशोरी साह सुडी १ सय १७ मत ल्याई क्रमशः दोस्रो र तेस्रो भएका थिए । वडा सदस्यहरूमा स्वतन्त्रबाट दिपेन्द्र कुमार साह, स्वतन्त्रबाट फेकन दास तत्मा, नेपाली कांग्रेसबाट लक्ष्मण महासेठ र महिला सदस्यमा नेकपा एमालेका निलम देवी साह कानु निर्वाचित भएका थिए ।

जनकपुर नगरपालिकाको वडा नं. १२ मा राप्रपाका महेन्द्र साहले ७ सय ५ मत ल्याई वडा अध्यक्षमा निर्वाचित भएका थिए । नेपाली कांग्रेसका शत्रुधन यादव ५ सय ६ मत र नेकपा एमालेका रामजुलम राउतले २ सय ८ मत मात्र ल्याउन सकेका थिए । वडा सदस्यहरूमा राप्रपाका इश्वर मण्डल, राप्रपाका बेचन मुखिया, राप्रपाका विश्वनाथ महतो र महिला सदस्यमा राप्रपाका सरस्वती सिंह निर्वाचित भएका थिए ।

जनकपुर नगरपालिकाको वडा नं. १३ मा नेकपा एमालेका सत्यनारायण यादवले ५ सय ५८ मत ल्याई वडा अध्यक्षमा निर्वाचित भएका थिए । नेपाली कांग्रेसका विलट साह तेलीले २ सय ६५ र स्वतन्त्रका राम दयाल राउत कुर्मीले ७९ मत ल्याएका थिए । वडा सदस्यहरूमा नेकपा एमालेका फुलगेन साह तेली, नेकपा एमालेका रामचलितर साह सुडी, नेकपा एमालेका रामप्रबोध राउत कुर्मी र महिला सदस्यमा नेकपा एमालेका रामकुमारी देवी साह सुडी निर्वाचित भएका थिए ।

जनकपुर नगरपालिकाको वडा नं. १४ मा स्वतन्त्रबाट रामबरण पासमान ३ सय २९ मत ल्याई वडा अध्यक्षमा निर्वाचित भएका थिए । स्वतन्त्रबाटै राजदेव ब्राम्हणले २ सय ३४ र स्वतन्त्रबाट श्रीप्रसाद यादव ग्वालाले ३ सय २६ मत ल्याएका थिए । वडा सदस्यहरूमा नेकपा एमालेका विल्टु राउत कुर्मी, राप्रपाका मुकुन्द घिमिरे, नेकपा एमालेका शंकर ठाकुर र महिला सदस्यमा नेकपा एमालेका राजकुमारी ठाकुर हजाम निर्वाचित भएका थिए ।

जनकपुर नगरपालिकाको वडा नं. १५ मा नेपाली कांग्रेसका रामचन्द्र साह तेलीले ५ सय ५० मत ल्याई वडा अध्यक्षमा निर्वाचित भएका थिए । राप्रपाका कृष्णदेव चौधरी सुडीले ४ सय ६९ र नेकपा एमालेका रामदयाल चौधरी सुडीले ४२ मत ल्याएका थिए । वडा सदस्यहरूमा नेपाली कांग्रेसका जगदेव दास तत्मा, नेपाली कांग्रेसका जोगिन्दर साह सुडी, नेपाली कांग्रेसका राजकिशोर मण्डल केवट र महिला सदस्यमा नेपाली कांग्रेसका जमुनि देवी दास तत्मा निर्वाचित भएका थिए ।

जनकपुर नगरपालिकाको वडा नं. १६ मा नेपाली कांग्रेसका रामचन्द्र पजियार सुडीले १ हजार १ सय ९९ मत ल्याई वडा अध्यक्षमा निर्वाचित भएका थिए । राप्रपाका विक्रम पजियार सुडीले ७ सय ८० र नेकपा एमालेका गंगाधर मण्डलले ४८ मत मात्र ल्याउन सकेका थिए । वडा सदस्यहरूमा नेपाली कांग्रेसका गनौर मण्डल धानुक, नेपाली कांग्रेसका बेचु भगत तमोली, नेपाली कांग्रेसका मोहन लाल कर्ण र महिला सदस्यमा नेपाली कांग्रेसका लालो देवी यादव निर्वाचित भएका थिए ।

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x