×

NMB BANK
NIC ASIA

विना धितो पूर्ण डिजिटल माध्यमबाट एनएमबि बैंकको खेती कर्जा, पहिलो वर्ष १ हजारलाई दिइने

काठमाडाैं | असार १८, २०८०

NTC
Premier Steels

नेपालमै पहिलोपटक एनएमबि बैैंकले पूर्ण डिजिटल माध्यमबाट कृषकलाई खेती कर्जा दिन थालेको छ ।

Muktinath Bank

एनएनबि बैंकले डिजिटल कृषि एप खेतीको सहकार्यमा पूर्ण रूपमा डिजिटल प्रविधि प्रयोग गरेर किसानलाई विना धितो २ लाख रुपैयाँसम्म कर्जा दिन थालेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

एनएमबि बैंकका स्टाटेजी एण्ड प्रडक्ट डेभलपमेन्ट म्यानेजर सुजन ढुंगाना नेपालमा डिजिटल माध्यमको पूर्ण प्रयोग गर्दै कृषि क्षेत्रलाई कर्जा दिनु नेपालमै पहिलो अभ्यास भएको बताउँछन् । यस्तो कर्जा लिन कृषकले खेती एप नै प्रयोग गर्नुपर्छ ।


Advertisment
Nabil box
Kumari

यसका लागि कृषकले आफूलाई चाहिने बिऊ, बिजन र मशिनरीका खेतीकै आइटम अनलाइन प्लेटफर्मबाट अर्डर गर्नुपर्ने हुन्छ । यसरी अर्डर भएको सामानको भुक्तानी भने एनएमबि बैंकबाट हुने ढुंगानाले बताए । उनले भने, ‘कृषकलाई बैंकले सिधै भुक्तानी दिने वा कर्जा प्रवाह गर्ने होइन, कृषकले आवश्यक कृषिका सामग्री तथा बिउहरू किनेपछि खेती एपमा भएको डेटाका आधारमा न्यूनतम २ लाख रुपैयाँसम्म भुक्तानी एनएमबि बैंकले गरिदिन्छ ।’

Vianet communication

भुक्तानी कृषकको ऋण हुने र त्यसलाई न्यूनतम ३ देखि २४ महिनाभित्र भुक्तानी गर्नुपर्ने व्यवस्था भएको ढुंगानाले बताए । यस्तो रकम किसानले नगद नपाउने भएकाले किसान, खेती एप र सामान बिक्रेता ३ वटै पक्षको खाता एनएमबिमै हुनुपर्छ । 

‘यस्तो कर्जा एकैपटक २ लाख लिनुपर्छ भन्ने पनि होइन,’ ढुंगानाले भने, ‘कृषकले ऋण पाउने सीमालाई खेती एपमै भएको कारोबार तथा तथ्यांकका आधारमा ३ वटा वर्गमा वर्गीकरण गरिएको हुन्छ । यस्तो कर्जाको लागि १ लाखसम्म, डेढ लाखसम्म र २ लाखको सीमा तय तोकिएको छ ।’

कृषक जुन वर्गमा पर्छ, सोहीअनुसार पटक–पटक सामान खरिद गरेर पनि सीमासम्मको कर्जा लिन सक्ने सुविधा बैंकले दिएको ढुंगानाले बताए ।

बैंकले यस्तो सुविधा हाल बागमती र गण्डकी क्षेत्रमा मात्रै सीमित गरेको छ । यो सेवाका लागि अहिले नै १० हजार कृषक योग्य भएको खेती एपको दाबी छ । योग्य कृषकमध्येबाट बैंकले पहिलो वर्ष १ हजार जना कृषकलाई यस्तो ऋण दिने लक्ष्य अगाडि सारेको छ । बैंकको योजना सफल भए यसका शर्त र सीमाहरू पनि बिस्तारै खुकुलो हुँदै जाने पनि एनएमबि बैंकका ढुंगानाले जानकारी दिए । 

एनएमबि खेती कर्जामा योग्य कृषकले ५ मिनेटभित्रै कर्जा प्राप्त गर्न सक्ने गरी बैंकले पूर्ण इको सिस्टममा यो डिजिटल सेवा दिने भएको छ । वित्तीय पहुँचबाट वञ्चित रहेका किसानलाई सहज रूपमा कर्जा दिन यस्तो सुविधा ल्याएको बैंकले जानकारी दिएको छ । 

एनएमबि खेती कर्जा प्राप्त गर्नका लागि ग्राहकहरूले एनएमबि बैंकमा खाता खोलेको हुनुपर्छ भने खेती एप अनिवार्य डाउनलोड गर्नुपर्छ । यस्ता कृषकले खेती एप प्रयोग गरेर त्यसमा भएका फिचरहरूको प्रयोग पनि गर्नुपर्छ । कृषिजन्य उत्पादन तथा उपकरणको कारोबार खेती एपबाट गरेको साथै रोग तथा किरा नियन्त्रण, फर्म शुरू जस्ता खेतीका महत्त्वपूर्ण चरणहरूमा पूर्ण सहभागी भएको हुनुपर्ने सहितको शर्त पनि एपमा राखिएको छ ।

खेती एपका सहसंस्थापक नेउराज कार्कीले किसानलाई सहजीकरण गर्न र उनीहरूको उत्पादन बिक्रेतासम्म पुर्‍याउने कामका लागि बैंकसँग सहकार्य भएको बताए । बैंकसँगको सहकार्यमा दिइने ऋण सुविधाले कृषकलाई सहज हुने र अत्यावश्यक गर्जो टर्ने बुझाइ पनि कार्कीको छ । कार्कीका अनुसार किसानले यस्तो ऋण सुविधा लिन न्यूनतम १० हजारदेखि २ लाखसम्मको सामान खरिद गर्नुपर्ने व्यवस्था गरिएको छ । खेतीले सामान बेच्ने बिक्रेतालाई समेत एपमा जोडेका कारण किसानको उत्पादन सहजै खरिद–बिक्री हुने पनि कार्कीले बताए । 

सन् २०१६ देखि शुरूआत भएको एप ३० हजारभन्दा बढीले डाउनलोड गरेका भए पनि सक्रिय प्रयोगकर्ता १० हजार पुगेका खेती एपले जानकारी दिएको छ ।

किसानलाई कृषि सामग्री एउटै प्याटफर्मबाट उपलब्ध गराउने, एपबाटै निःशुल्क कृषि परामर्श दिने, कर्जा सुविधा, उत्पादनलाई बिक्रेतासम्म पुर्‍याउने काम खेतीले गर्छ । किसानको उत्पादनलाई खेती फूडमार्फत अनलाइन डेलिभरी समेत गर्ने सहितको सेवा दिइरहेको पनि कार्कीले बताए । 

एनएमबि बैंक र खेतीबीच विनाधितो कर्जा सम्झौता

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २४, २०८०

एनएमबि बैंकले तिहारको अवसरमा क्याशब्याक  अफर सार्वजनिक गरेको छ ।​ बैंकले एनएमबि डेबिट कार्ड प्रयोग गर्ने ग्राहकहरूको लागि तुरुन्तै २०० रुपैयाँ क्याशब्याक प्राप्त गर्न सकिने अफर सार्वजनिक गरेको हो । ति...

कात्तिक २, २०८०

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड (एनआईएमबी)ले देशको विभिन्न क्षेत्रहरूमा रहेका ११ वटा यातायात व्यवस्था कार्यालयहरूबाट क्यूआर कोडमार्फत विभिन्न शीर्षकमा राजश्व संकलनको व्यवस्था मिलाएको छ । यो सुविधाले गर्दा ...

मंसिर १०, २०८०

कुमारी बैंक लिमिटेडले ‘परिवार सुरक्षा बचत खाता योजना’ अन्तर्गत ८ करोड रुपैयाँ बराबरकोे बीमा रकम भुक्तानी गरेको छ । बैंकले हालसम्म ४ हजार ५ सय ग्राहकहरूलाई उक्त रकम प्रदान गरेका हो ।​ बैंकले ...

बैशाख ६, २०८१

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १९ दशमलव ५६ अङ्कले ओरालो लागेर एक हजार नौ सय ७२ दशमलव १४ मा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटीभ परिसूचक तीन दशमलव शून्य चार अङ्कले ओरालो लागेर तीन स...

पुस ८, २०८०

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षामा उल्लेखित प्रावधानहरू कार्यान्वयन गर्न २० बुँदे सर्कुलर जारी गरेको छ । आइतवार अपराह्न सर्कुलर जारी गर्दै राष्ट्र बैंकले ५० लाखसम्मको आवास कर्जाको भुक्तानी अ...

कात्तिक ६, २०८०

ग्लोबल आइएमई बैंकले डिजिटल बैंकिङ सेवालाई प्रवर्द्धन गर्न आफ्ना ग्राहकहरूलाई ग्लोबल स्मार्ट प्लसमार्फत् हुने कारोबारमा क्यासब्याक दिने योजना सार्वजनिक गरेको छ । बैंकको ग्लोबल स्मार्ट प्लस ए्याप प्रयोगकर्ताहरूले विजया ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x