×

NMB BANK
NIC ASIA

हामीले प्रधानमन्त्रीको राजीनामा मागेका छैनौं : रास्वपा सांसद झा

काठमाडाैं | असार २१, २०८०

NTC
Premier Steels

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद मनिष झाले आफूहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजीनामा नमागेको बताएका छन् ।

Muktinath Bank

बुधवार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सांसद झाले आफूहरूले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेसँग लागेर प्रधानमन्त्री दाहालको राजीनामा नमागेको बताए । उनले प्रधानमन्त्री दाहालको अभिव्यक्ति संसद्, लोकतन्त्र र निर्वाचन प्रक्रियालाई अवहेलना गर्ने गरी आएको भन्दै यसप्रति रास्वपाको प्रश्नहरू रहेको र सोही प्रश्नका लागि संसद् बैठकमा उठेको स्पष्ट पारे ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले आफूहरूलाई प्रधानमन्त्रीको अभिव्यक्तिप्रति आशंका रहेको भन्दै सोही विषयमा स्पष्ट हुन चाहेको उल्लेख गरे ।


Advertisment
Nabil box
Kumari

उनले भने, ‘अरु दलले राजीनामा मागेको कुराको जिम्मेवारी हामी लिदैनौं । हामीले बोल्नै पाएका छैनौं भनेपछि हामीले के माग्यौं भन्ने कुरा कसरी आकलन गर्नुहुन्छ ? एकैतिर बसेको भएकाले उहाँहरू पनि उठ्नुभयो । हामी पनि उठ्यौं तर हामी फरक बेन्चमा बस्छौं । उहाँहरू फरक तरिकाले बस्नुहुन्छ । उहाँहरूको राजनीतिक अस्तित्व र परिचय सदनमा फरक छ । त्यसैले गर्दा मिडियाले पटक–पटक हामीलाई एमालेसँग जोडेर जुन हाम्रो परिचय स्थापित गर्न खोजिरहेको छ, त्यो गलत हो । हामी फरक मत, फरक पहिचान, फरक सिद्धान्तले र फरक दलको परिचयले त्यहाँ पुगेका छौं । हामी उभिँदै गर्दा उहाँहरू पनि उभिनुहुन्छ भने उहाँहरूको साथमा उभिएको होइन । हामीले प्रधानमन्त्रीको राजीनामा मागिरहेका छैनौं । केही कुराहरूमा हाम्रो आशंका छ, आक्रोश छ, त्यो कुरालाई प्रधानमन्त्रीले आएर स्पष्ट पारिदिनुपर्छ । प्रधानमन्त्रीले सार्वभौम सदन र यसको राजनीतिक प्रक्रिया, लोकतान्त्रिक प्रक्रिया, निर्वाचन प्रक्रिया सबैलाई अवहेलना गर्ने अभिव्यक्ति दिनुभएको छ । त्यो अभिव्यक्ति भावनात्मक रूपमा यत्तिकै आएर, उहाँले विवेक गुमाएर बोल्नुभएको हो कि कुन तर्कले बोल्नुभएको हो ? त्यो स्पष्ट पार्न चाहन्थ्यौं तर हामीले बोल्ने मौका पाएनौं ।’

Vianet communication

उनले मिडियाले रास्वपालाई एमालेले गर्ने गतिविधिसँग जोडेर हेर्ने गरेकोप्रति असन्तुष्टि व्यक्त गरे । उनले आफूहरूको फरक पहिचान र सिद्धान्त रहेको उल्लेख गर्दै फरक दलको परिचयसाथ आफूहरू संसदमा रहेको स्पष्ट पारेका छन् ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x