×

NMB BANK
NIC ASIA

‘युट्युबमा करोड भ्युज पाएका गीतहरू पनि स्रोता–दर्शकले वर्षदिनमै बिर्सिसकेको पाउँछु’

काठमाडाैं | असार २५, २०८०

NTC
तस्वीर : विश्वास खनाल/लोकान्तर
Premier Steels

हिजोआज रिलिजको केही समय हिट भएका गीतको चर्चा केही महिनामै सेलाउने गरेको छ । गतवर्ष रिलिज भएर युट्युबमा लाखौं भ्युज पाएका थुप्रै गीतहरू छन्, जसलाई स्रोता/दर्शकले बिर्सिसकेका हुन सक्छन् । तर, पहिले–पहिले यस्तो हुँदैनथ्यो । गीतलाई श्रोताले रुचाएपछि कालजयी बन्थे । त्यसैले त पुराना गीतहरू अहिले पनि स्रोता दर्शकले उत्तिकै गुनगुनाउने गरेका छन् । 

Muktinath Bank

अग्रज लोकगायक प्रेमराजा महत भन्छन्, ‘हाम्रा पुराना गीतहरू अहिले पनि स्रोताहरुले गाएर रमाइलो गरेको देख्छु । विभिन्न ठाउँमा पुग्दा उहाँहरूले पुराना गीतहरूको चर्चा गर्नुहुन्छ । तर, ति गीतहरू भन्दा करोडौं बढीले युट्युबमा हेरेका पछिल्ला गीतहरू एक/दुई वर्षमै स्रोता–दर्शकले बिर्सिसकेको पाउँछु ।’ 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

हिजोआज हिट भएका गीतहरू पनि किन स्रोता–दर्शकले चाँडै बिर्सिन्छन् भन्ने कुरा उनको मनमा जिज्ञासाका रुपमा खेलिरहेको हुन्छ । 


Advertisment
Nabil box
Kumari

यद्यपि, राम्रो सिर्जना नआएर कालजयी नबनेको कुरामा भने उनी पूर्णरुपमा सहमत छैनन् । किनकी नयाँ पुस्ताका कलाकारहरूले पनि राम्रो सिर्जना ल्याइरहेको उनको भनाई छ । 

Vianet communication

‘नयाँ पुस्ताले संगीतमा एकदमै राम्रो गरिरहनुभएको छ । नयाँ पुस्ताको कामलाई एकदमै प्रशंसा गर्छु’ उनी भन्छन् ‘हिट भएका गीतहरू एक/दुई वर्षमै स्रोता दर्शकले किन बिर्सिन्छन् भन्ने कुरा अध्ययन गर्दैछु ।’

गीतहरू रिलिजको केही समय हिट हुने र त्यसको चर्चा केही महिनामै हराउने क्रम देखिएको बताउँदै उनले अगाडि भने, ‘अब कस्तो खालको गीत गाउने, कस्तो गीत पब्लिकमा ल्याउने भन्ने अध्ययन गर्नुपर्यो ।’ 

प्रेमराजाका ‘पानको पात’, ‘बाँझो खेतमा’, ‘सिमसिमे पानीमा’, ‘हिउँचुलीमा हिउँ’ जस्ता रिल क्यासेट जमानाका गीत अहिलेसम्म पनि उत्तिकै हिट छन् । 

गतवर्ष उनले ल्याएको ‘बन्दीपुरैमा’बोलको गीतलाई पनि स्रोता दर्शकले रुचाएका थिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २९, २०८०

लोकदोहोरी र आधुनिक गीतमा रुचाइएका गीतकार एवं संगीतकार राजकुमार बगरको स्वरमा ‘आँखैमा थियौ सानु’ बोलको गीत सार्वजनिक गरिएको छ ।  बगरकै शब्द एवं संगीत रहेको गीतमा उनीसँगै चर्चित गायिका...

पुस १६, २०८०

युवा लोकगायक अर्जुन सापकोटाले दाङको हापुरे महोत्सवमा दर्शक झुमाएका छन् । आइतवार मुख्य आकर्षणका रुपमा उपस्थित उनले आफ्ना चर्चित गीतहरू प्रस्तुत गरे ।  ‘हावा चिसो चिसो’, ‘पानी परेको...

मंसिर १६, २०८०

कोरियोग्राफर रामजी लामिछाने एकसमय दिनैपिच्छे म्युजिक भिडियोको सुटिङमा व्यस्त हुन्थे । चल्तापुर्जा कोरियोग्राफर उनी महिनामा २२ वटासम्म म्युजिक भिडियोमा काम गर्थे ।  पछिल्ला महिना भने म्युजिक भिडियोमा उनको...

मंसिर ९, २०८०

बलिउडमा कलाकारको पारिश्रमिकलाई लिएर निकै चर्चा हुन्छ । विशेषगरी चलचित्रका स्टारहरूको पारिश्रमिकबारे सञ्चारमाध्यममा प्रशस्त समाचार बन्छन् ।  नेपालमा पनि बेलाबेलामा चलचित्रका स्टार कलाकारहरूको पारिश्रम...

मंसिर १४, २०८०

हाँस्य कलाकार सिताराम कट्टेल र कुञ्जना घिमिरेले वैवाहिक वर्षगाँठको अवसर पारेर ‘भगवान कसम’ बोलको गीत सार्वजनिक गरेका छन । १५ औं वैवाहिक वर्षगाँठको अवसर पारेर ‘धुर्मुस–सुन्तली&rsqu...

फागुन ८, २०८०

लोक गायक अर्जुन सापकोटाका अफिसियल प्रायः गीतले स्रोता–दर्शकको माया पाउने गरेका छन् ।  उनले तीन साताअघि शान्तिश्री परियारसँगको स्वरमा सार्वजनिक गरेको ‘न सोध पिर के को ?’ले युट्युबमा ...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x