×

NMB BANK
NIC ASIA

आइपर्ने जुनसुकै जिम्मेवारी सम्हाल्न पछि नपर्ने महिला डाक्टरमा पर्छिन् डा. शकुन्तला गुप्ता । रूपन्देहीको भैरहवास्थित भीम अस्पतालको मेडिकल सुपरिन्टेन्डन (मेसु) डा. गुप्ता स्त्री तथा प्रसूति रोग विशेषज्ञ हुन् ।

Muktinath Bank

झण्डै १० वर्ष बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा सेवा गरेकी डा. गुप्ताले साढे २ वर्षदेखि भीम अस्पतालमा मेसुको जिम्मेवारी सम्हाल्दै नियमित बिरामी पनि हेर्दै आएकी छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

स्त्रीरोग विशेषज्ञमा अब्बल गुप्ता बिरामीबीच पनि उत्तिकै लोकप्रिय छन् । मेसुको नेतृत्व प्रायः पुरूषको भागमा पर्थ्यो तर उनको क्षमतालाई देखेर लुम्बिनी प्रदेश सरकारले उनलाई मेसुको जिम्मेवारी दिएको थियो ।


Advertisment
Nabil box
Kumari

उनी लुम्बिनी प्रदेशको एक मात्र महिला मेडिकल सुपरिन्टेन्डन (मेसु) हुन्, जुन जिम्मेवारीलाई उनले कुशलतापूर्वक निर्वाह गरिरहेकी छन् । ‘मन्त्रीज्यूले तपाईंको सरुवा भैरहवा भयो, मेसु बनाएर पठायौं भनेर फोन गर्दा हैन म जादिनँ भन्ने मनस्थिति पनि बनाएकी थिएँ,’ डा. गुप्ता त्यो बेलाको अवस्था सम्झिन्छिन्, ‘यति राम्रोसँग बुटवलमा काम गरिराखेकी छु । फेरि अर्को मनले सोचें, फिमेलले पाएको च्यालेन्जलाई फेस गर्नुपर्छ, डराएर हुँदैन । श्रीमान्ले पनि भैरहवा त हो टाढा होइन, जाऊ भन्नुभएपछि जाने निर्णय लिएकी हुँ ।’

Vianet communication

त्यहाँ गएपछि अस्पताल अस्तव्यस्त जस्तै देखिन्थ्यो । ‘मैले अस्पतालको नेतृत्वमा सेवा शुरू गर्दा धेरै चुनौतीहरू पनि सामना गरें,’ डा. गुप्ता भन्छिन्, ‘कोरोनाकालमा बिरामीको सेवामा २४ घण्टै खट्नेदेखि विभिन्न सेवाको अनुमति लिने र आवश्यक जनशक्ति तयार गर्ने सबै काम चुनौतीपूर्ण थिएँ,’ उनले भनिन् । मधेश प्रदेशको रौतहटको गौरमा जन्मिएकी गुप्ताको बाल्यकालीन अवधिमा महिलाले पढ्नुपर्दैन भन्ने समय थियो । त्यसमा पनि तराई/मधेशकी छोरी चिकित्सा विषय पढ्ने कुरा नौलो हुन्थ्यो ।

‘मेरो बुवा रामानन्द गुप्ता खाद्य डाक्टर हुनुहुन्थ्यो,’ डा. गुप्ताले भनिन्, ‘सन्तानले पढ्नुपर्छ भनेर वातावरण मिलाइदिनुभयो । डाक्टरी पढ्न मलाई जन्मघर अनुकूल भयो, जसले गर्दा म अहिले यहाँसम्म आइपुगें ।’ 

डा. गुप्ता रौतहटमै हुर्किएकी हुन् । सामान्य परिवारमा जन्मिएकी शकुन्तला पढाइमा अब्बल थिइन् । त्यहीँको सामुदायिक स्कूलबाट विक्रम संवत् २०४८ सालमा तत्कालीन एसएलसी गरेपछि उनले आईएसी भारतबाट पूरा गरिन् । एमबीबीएस रसियाबाट पूरा गरेकी उनले एमडी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट गरिन् । त्यहीँ २ वर्ष सेवा गरेपछि उनी सरकारी सेवामा प्रवेश गरेर २०६८ सालमा बुटवल आएकी थिइन् । अस्पतालको व्यवस्थापनदेखि बिरामीको चेकजाँच गर्नु अहिले डा. गुप्ताको दिनचर्या हो । मेडिकलको क्षेत्रमा नयाँ कुरा सिक्न र नयाँ तरिकाबाट सेवा प्रदान गर्नमा उनको रुचि बढी छ ।

नेतृत्वमा आएपछि उनको ध्यान बिरामीको सेवाभन्दा पनि अस्पतालका सेवा सुधारमा बढी हुन्छ । उनी नेतृत्वमा आएसँगै भीम अस्पतालको सेवामा आमूल परिवर्तन आएको छ । ‘मैले सरकारले दिएको जिम्मेवारी स्वीकार गरेर अस्पतालको नेतृत्व लिएको साढे २ वर्ष भयो,’ मेसु गुप्ता भन्छिन्, ‘चुनौतीपूर्ण समयमा जिम्मेवारी पूरा गर्ने अठोट लिएर अघि बढेसँगै अस्पतालमा धेरै सुधार गरेजस्तो लागेको छ ।’

विक्रम संवत् १९९० सालमा भीम शमशेर राणाले ३ वटा शय्यासहित सञ्चालनमा ल्याएको अस्पतालको अवस्था दयनीय थियो । दक्ष चिकित्सकको अभाव, आवश्यक पूर्वाधार र उपचारका लागि उपकरण केही पनि थिएनन् । अस्पताललाई २०३५ सालमा १५ शय्या, विक्रम संवत् २०४१ सालमा २५, आर्थिक वर्ष २०७६/७७ मा ५० शय्यामा विस्तार गरिएको थियो । अस्पतालको आन्तरिक स्रोतबाट समेत व्यवस्थापन गरी अहिले अस्पतालमा १२० वटा शय्या कायम गरिएको डा. गुप्ता बताउँछिन् । जसमध्ये ७ वटा शय्या आईसीयू, २५ वटा एचडीयू, २५ वटा आकस्मिक कक्ष, प्रसूतितर्फ २७, पीआईसीयू ५, एनआईसीयूमा २, भेन्टिलेटर सहितका ५ वटा अक्सिजन पोस्टअप शय्या उपलब्ध छन् । सबै बेडमा अक्सिजन सेवा उपलब्ध छ । 

अस्पतालमा सिटीस्क्यानदेखि फार्मेसीका लागि समेत बिरामी निजी क्लिनिकदेखि अन्य ठाउँमा बिरामी भौंतारिनु नपर्ने उनले बनाएकी छिन । ‘जिल्ला अस्पतालमा सिटी स्क्यान सेवा हाम्रो देशकै पहिलो हो,’ शकुन्तला भन्छिन्, ‘बहिरंग विभाग (ओपीडी) समेत राम्रो नभएको अस्पतालमा अहिले धेरै सेवा र आईसीयू समेत व्यवस्थित रूपमा चलाएका छौं ।’

अस्पतालमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराएको उनले बताइन् । डा. गुप्ताले भनिन्, ‘विशेषज्ञ सेवालाई क्रमशः विस्तार गर्दै लैजाने तयारीमा छौं । विभिन्न समस्या र अभावले गुज्रिँदै आएको अस्पतालले अब मुहार फेरेको छ ।’ 

उनले काम अघि बढाउँदा अस्पताल विकास समितिको पनि पूर्ण साथ पाइन् । कोरोना महामारीको बेला उनले अस्पतालमा अक्सिजन प्लान्ट जडान गरिन् । अब अस्पतालले अक्सिजन किन्नुपर्ने अवस्था आउने छैन, ओपीडीलाई व्यवस्थित बनाइन् । मोनोकेयर सहितको आकस्मिक कक्षको शुरूआत गराइन् । आँखाको ओपीडी, एएनटी, फिजियोथेरापी सेवा, व्यवस्थित ल्याब, आमा सुरक्षा कार्यक्रम लागू गरी २४ घण्टै सेवा, व्यवस्थित फार्मेसीको काम पनि उनैको पहलमा भए । ‘धेरै कामहरू भएका छन्,’ गुप्ता भन्छिन्, ‘अस्पतालमा अर्थो र सर्जन विशेषज्ञ सेवा सञ्चालन गर्ने पहल गरिरहेकी छु ।’

अहिले स्वास्थ्य मन्त्रालयले अस्पताललाई ‘क’ वर्गमा स्तरीकरण गरी प्रदेश सरकार मातहत राखेको छ । सोहीअनुसार ‘क’ वर्गमा रहेका लुम्बिनी प्रदेशका १२ अस्पतालमध्ये भीम अस्पताल एमएसएसको मूल्यांकनमामा दोस्रो नम्बरमा परेको छ ।

‘भिजन लिएर काम गर्नेलाई सबैले हेल्प गर्ने रहेछन्,’ डा. गुप्ता भन्छिन्, ‘सबैको साथ र सहयोगबाट म ‘एभरीवान’ काममा खटेर अस्पतालमा सुधार आएको छ । अब अस्पताललाई सबै सेवामा नमूना बनाउने गरी काम गरिराखेकी छु ।’ उनका श्रीमान् पनि चिकित्सक नै हुन् । श्रीमान् राजेश गुप्ता बुटवलस्थित मेडिटेक अस्पतालमा कार्यरत छन् ।

महिलामा कुनै पनि क्षेत्रको नेतृत्वमा पुग्न आफैंभित्र आँट हुनुपर्ने डा. गुप्ता बताउँछिन् । ‘आफूलाई कुनै पनि कुरामा पुरुषभन्दा कम ठान्नु हुँदैन,’ उनले भनिन् । अस्पतालमा बिरामीले सहज सेवा पाएपछि उनी बढी खुशी हुन्छिन् । प्रदेश सरकारलाई उनले जनशक्ति थपका लागि आग्रह गर्दै आएकी छन् ।

सही बाटो लिएर अघि बढे सफलता अवश्य पाइन्छ भन्ने भोगाइ मेरो काम गराइको अनुभवले दिएको उनको भनाइ छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x