×

NMB BANK
NIC ASIA

विमानस्थलबाटै सुन तस्करी प्रकरण

क्विन्टल सुन तस्करी : पक्राउ पर्ने सुइँको पाएर ६ दिनअघि भागेका थिए अडुकिया

काठमाडाैं | साउन १४, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

​राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट पास भएको करिब १ क्विन्टल सुन साउन २ गते सिनामंगलबाट बरामद गर्‍यो ।

Muktinath Bank

विभागले भन्सारमा कार्यरत सशस्त्र प्रहरी टोलीको सहकार्यमा सुन बरामद गरेको थियो । त्यसपछि नेपालमा सुन तस्करीको एउटा नयाँ पर्दा उघारियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विभागले सशस्त्र प्रहरी र नेपाल प्रहरीको सहयोगमा अहिलेसम्म एक भारतीय र एक चिनियाँ नागरिकसहित १८ जनालाई पक्राउ गरिसकेको छ । 


Advertisment
Nabil box
Kumari

पछिल्लोपटक विभागले ठमेलमा रहेको होटल भियानाका सञ्चालक दाबा छिरिङलाई पक्राउ गरेर अनुसन्धान शुरू गरेको छ । 

Vianet communication
Laxmi Bank

रेडी ट्रेडर्सका विभिन्न गोदाममा छापा हानिएको छ । चिनियाँ नागरिकले सञ्चालन गरेका गोदाममा पनि प्रहरीले छापा हानिरहेको छ ।

विभागले यसैक्रममा एक व्यापारीको घरमा छापा हानेको थियो ।

उनी हुन्, गोरखा विकास बैंक डुबाउनेमध्येका एक, नेटवर्किङ व्यवसायका कुख्यात एवं पछिल्लो समय शेयर कारोबारमा समेत बदनामी कमाएका राजेशकुमार अडुकिया । 

स्रोतको भनाइलाई आधार मान्ने हो भने अडुकियासँग नेपाली नागरिकता, राहदानी र भारतीय राहदानी छ । यसको पुष्टि उनी पछिल्लो समय नेपालबाट हङकङको यात्रा गरेको ट्राभल हिस्ट्री (यात्रा विवरण) ले पनि गर्छ । 

उनी पछिल्लो समय करिब १०० किलो सुन प्रकरणमा पनि जोडिएका छन् ।

विमानस्थलबाट सुन बरामद गरेको ९ दिनपछि साउन ११ गते प्रहरीले उनको घरमा छापा हानेको थियो । भन्सार विभागले सुनसँग कनेक्सन देखिएपछि छापा हानिएको बताएको थियो । 

विभागको स्रोतका अनुसार उनले बैंककमा चाँदी पसल सञ्चालन गर्दै आएका छन् । त्यसैको आडमा नेपालमा चिनियाँहरूसँग मिलेर सुन तस्करी गरेको हुनसक्ने आशंका विभागले गरेको छ । 

‘अडुकिया सुन तस्करीको मुख्य नाइकेमध्ये एक हुन् भन्ने हाम्रो आशंका हो । उनको कनेक्सन हेर्दा पनि त्यस्तो देखिन्छ,’ राजस्व अनुसन्धान विभागका एक कर्मचारीले लोकान्तरसँग भने ।

अडुकिया हङकङबाट आएको सुन नेपालमा व्यवस्थापन गरेर भारतीय बजारसम्म पुर्‍याउनेमध्येका एक व्यक्ति हुन् । १०० केजी सुन प्रकरण बाहिर आएपछि उनी अहिले फरार छन् ।

उनी भारतमा लुकेर बसेको हुन सक्ने आशंका प्रहरीको छ ।‘सुन प्रकरण बाहिर आएलगत्तै उनी भारततर्फ भागेको बुझिएको छ,’ प्रहरी स्रोतले लोकान्तरसँग भन्यो । 

अध्यागमन विभाग स्रोतका अनुसार ६ दिन अगाडि अर्थात सन् २०२३ जुलाइ २४ तारिख (२०८० साउन ८) गते उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पोर्ट प्रयोग गरेर बाहिरिएका हुन् ।

‘जुलाइ २४ तारिखमा डिपोर्ट भएको देखिन्छ । कुन देश गए भन्ने देखिँदैन, तर डिपोर्ट भएको चाहिँ देखिन्छ,’ अध्यागमन विभाग स्रोतले लोकान्तरसँग भन्यो । 

अनुसन्धानको सुई आफूतिर सोझिने सुइँको पाएपछि उनी सम्पूर्ण राज्य संयन्त्र र सुरक्षा निकायलाई चक्मा दिँदै भाग्न सफल भएका हुन् ।

‘पहिले यस प्रकरणको अनुसन्धानमा प्रहरी संलग्न थिएन । उनी फरार हुँदा प्रहरीले थाहा पाउने भन्ने कुरा भएन, तर अरू संयन्त्रले पनि सुइँको पाएनन्,’ एक उच्च प्रहरी अधिकृतले लोकान्तरसँग भने ।

अहिले राजस्व अनुसन्धान विभागले प्रहरीको सहयोग मागेर अन्तर्राष्ट्रिय कनेक्सनबारे अनुसन्धान गरिरहेको छ । त्यसका लागि प्रहरी प्रधान कार्यालयले प्रहरी उपरीक्षक (एसपी) कृष्ण पंगेनीको नेतृत्वमा प्रहरी टोली पठाएको छ ।

विभागले आज (आइतवार) मात्रै काठमाडौंको टोखामा रहेको एउटा कारखानामा छापा हानेको छ । त्यहाँ सुन गाल्ने तथा आकार दिने काम हुने गरेको पाइएको छ ।

यस प्रकरणमा अडुकियाको संलग्नताबारे अनुसन्धान भइरहेको राजस्व अनुसन्धान विभाग स्रोतले जनाएको छ ।

अडुकिया नेपालमा सुन बरामद हुनुभन्दा केही अगाडि अर्थात जुन २६ गते नेपाल वायु सेवाको जहाजबाट भारतीय राहदानी जेड ६३९६४२१ बोकेर भारत हुँदै हङकङ पुगेका थिए ।

स्रोतका अनुसार १२ दिनसम्म हङकङ बसेर जुलाइ ५ मा दुबई हुँदै उनी नेपाल आएको देखिएको छ ।

सुन तस्करी भएको मुख्य समयमा नेपाल–भारत–हङकङ ओहोरदोहोर गर्नुले पनि उनी सुन व्यवस्थापन गर्ने मध्येका एक हुनसक्ने देखिएको  अनुसन्धानमा संलग्न अधिकारीहरू बताउँछन् ।

कर छलीको विगत

राजेशकुमार अडुकियाले कर छलेको पैसा लुकाउन ब्रिटिस भर्जिन आइल्यान्डमा कम्पनी खोलेको खुलासा पानामा पेपर्सले गरेको थियो । 

साथै उनकै नाममा हङकङको फिप्थ फ्लोर, ओसन भ्यु कोर्ट, २३ चथम रोड साउथ, सिम सा त्सुई काउलुन ठेगाना भएको कृषि प्रिमुराहोल्डिङ्स लिमिटेड नामको कम्पनी खोलेको पनि पानामा पेपर्समा उल्लेख थियो ।

null

अन्य केही व्यापारीको कम्पनी दक्षिण अफ्रिकामा देखाइए पनि उनको कम्पनी मात्र हङकङमा देखाइएको थियो ।

उनको कम्पनी सन् २००७ जुलाइ ६ तारिखमा खोलेको पाइएको थियो । उनले २०७३ असार १७ गते तीन घुम्ती फिल्मसमेत निर्माण गरेर प्रदर्शन गरेका थिए । 

null


 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २३, २०८०

नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाल (टिकटक र फेसबूक)को दुरुपयोग गरी चरित्रहत्या गर्ने एक जनालाई बिहीव्ँरु पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहा, लहान नगरपालिका स्थायी घर भइ हाल काठमाडौं बस्ने ३६ व...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x