×

NMB BANK
NIC ASIA

विज्ञता विनाका कर्मचारी पालिकाका हर्ताकर्ता

बिरामी जाँच गर्ने र सुई लाउने कर्मचारीलाई प्रशासनको जिम्मा

बुटवल | साउन १९, २०८०

NTC
Premier Steels

अर्घाखाँचीको पाणिनी गाउँपालिका– १ का वडा सचिव यादव क्षेत्री सिनियर अहेव हुन् । प्राविधिक क्षेत्रको पाँचौं तहका स्वास्थ्य कर्मचारी यादवले वडा सचिवको काम गरिरहेका छन् । प्रशासन तर्फको ज्ञान नहुँदा–नहुँदै पनि उनलाई वडा सचिवको काम गर्नु परेको छ । त्यसैमाथि दोहोरो जिम्मेवारीसमेत छ । निगाली स्वास्थ्य चौकीमा दरबन्दी रहेका उनी तीन दिन वडा सचिव भएर काम गर्छन् भने तीन स्वास्थ्य चौकी इन्चार्ज । 

Muktinath Bank

‘गएको चैतदेखि कर्मचारी अभावमा गाउँपालिकाले मलाई वडा सचिवको समेत जिम्मेवारी दियो । प्रशासन तर्फको कर्मचारीले गर्नुपर्ने काम प्राविधिक क्षेत्रले गर्न समस्या हुँदो रहेछ । कानूनका दफा उपदफा हामीलाई केही जानकारी हुँदैन,’ यादव भन्छन्, ‘व्यक्तिगत घटना दर्तादेखि पञ्जीकरणसम्मको काम सचिवको हुन्छ । केही/केही काम त शुरूमा गाह्रो भयो अहिले सिक्दै छु ।’ वडामा दैनिक २०/२५ जना सेवाग्राही आउने गरेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गुल्मीको धुर्कोट गाउँपालिका–४ का वडा सचिव अशोक खनाल, पशु सेवा प्राविधिक (चौथो तह) कर्मचारी हुन् । उनले वडा सचिवको काम गर्न लागेको २ वर्ष भयो । ‘क्षेत्र एउटा, काम अर्को गर्दा सेवा प्रवाहमा पनि समस्या हुँदो रहेछ’ सचिव खनालले भने, ‘म टेक्निकल क्षेत्रको मान्छे प्रशासनको काम गर्नुपर्दा मेरो ज्ञान खुम्चियो । भोलि मेरो बढुवा हुँदा अहिलेको सेवाले काम गर्दैन । खरिदार वा नायव सुब्बामा नाम निकालेर सिधैँ आएका कर्मचारीलाई शुरूमा काम गर्दा गाह्रो हुन्छ । हामी त सिक्दै काम गर्दै जानुपर्ने अवस्था छ ।’ सेवा प्रवेश गरेको ७ वर्ष पूरा गरेका खनालले अहिले भेटनेरीसम्बन्धी आफ्नो ज्ञानलाई जनताको सेवामा पुर्‍याउन नपाउँदा आफैंलाई खिन्नता छ । 


Advertisment
Nabil box
Kumari

गुल्मीकै मालिका गाउँपालिका–२ मा स्वास्थ्यकै कर्मचारी खिमबहादुर घर्तीले वडा सचिवको काम गर्न थालेको पनि ९ महिना पुग्यो । दर्लिङ स्वास्थ्य चौकीमा दरबन्दी रहेका उनलाई गाउँपालिकाले तालिम सञ्चालन गरेर वडा सचिवको जिम्मेवारी दिएको हो । सचिव घर्ती भन्छन्, ‘क्षमता भएका कर्मचारीले जुन जिम्मेवारी दिए पनि गर्न सक्छन् । तर, यो राम्रो होइन । जुन क्षेत्रका लागि आएको हो त्यो, काम गर्न पाउँदा पनि आफ्नो पर्फमेन्स दिन सकिन्छ । नजानेको क्षेत्रमा जाँदा आफैं कमजोर भइन्छ ।’

Vianet communication
लुम्बिनी प्रदेशका १०९ पालिकाका ९८३ वडामध्ये एक सय बढीमा प्रशासनभन्दा बाहेकका कर्मचारीले वडा सचिवको काम गरिरहेका छन् ।

अहिले लुम्बिनी प्रदेशका विभिन्न पालिकामा स्वास्थ्य, पशु, कृषि र करारमा राखिएका कर्मचारीले वडा सचिव बनेर काम गरिरहेका छन् । वडा सचिवले विभिन्न प्रकारका सिफारिस, पञ्जीकरण, सामाजिक सुरक्षा, सर्जिमन मुचुल्का, बसाइँसराइ र घटना दर्ता गर्नुपर्ने प्रमुख काम हुन् । जुन प्रशासनबाट आएका कर्मचारीबाहेक अन्यले गर्दा सेवाग्राहीले समेत समस्या भोग्नुपर्ने अवस्था छ । 

अर्घाखाँचीको छत्रदेव गाउँपालिका वडा नम्बर १ का वडा सचिव शालिक पाण्डे वडा र स्वास्थ्य चौकी नजिकै रहेकाले दुवैतर्फ एकसाथ काम गर्छन् । छत्रदेव गाउँपालिकामा वडा नम्बर १, ३, ५ र ७ नम्बर वडामा स्वास्थ्यका कर्मचारी वडा सचिव भएर काम गरेका छन् । अहिले लुम्बिनी प्रदेशका सबैजसो जिल्लाका गाउँपालिकामा सचिवको काम दोहोर जिम्मेवारीसहित फरक क्षेत्रका कर्मचारीले काम गरिरहेका छन् । 

कतै एक जना वडा सचिवले तीन वटा पालिका पनि हेर्नुपर्ने अवस्था छ । गुल्मीको कालीगण्डकी गाउँपालिका वडा नम्बर १, २ र ४ को वडा सचिवको जिम्मेवारी सागर आलेलाई सुम्पिएको छ । उनी कहिले कुन वडामा जान्छन् त कहिले कुन वडामा जानुपर्ने अवस्था छ । भौगोलिक विकटताले काम वडामा पुग्न झन् सास्ती रहेको उनी बताउँछन् । 

केही पालिकामा प्रमुख प्रशासकीय अधिकृत र जनप्रतिनिधिलाई प्रभावमा पारेर फरक दक्षता भएका स्वास्थ्यका कर्मचारी वडामा हालीमुहाली गर्न जाने गरेको गुनासो पनि सुनिन्छ । स्थानीय स्वायत्त शासन ऐन–२०७४ अनुसार प्रमुख प्रशासकीय अधिकृतले सम्बन्धित सेवा समूहको कर्मचारी अपुग भए निश्चित समयका लागि काम काजमा खटाउन सक्ने व्यवस्था छ । 

पालिकाहरूमा प्रशासनका अधिकृतदेखि वडा सचिवसम्मको कर्मचारी अभाव छ । नेपाल निजामती कर्मचारी संगठन लुम्बिनी प्रदेशका अध्यक्ष खगराज उपाध्याय कर्मचारी अभावले पालिकाहरूमा प्राविधिक सहायक, कृषि जेटिए, स्वास्थ्य र करारका कर्मचारीले समेत वडा सचिवको काम गर्नुपर्ने अवस्था रहेको बताउँछन् । 

‘कर्मचारी समायोजन ऐन–२०७५ पछि प्रदेश स्तरमा अधिकृत स्तरका कर्मचारीको पदपूर्ति भएको छैन,’ उपाध्यायले भने, ‘अहिले आएर सहायक स्तरका कर्मचारी बल्ल पदपूर्ति शुुरू भएको छ । अब प्रदेश लोकसेवा आयोगले रिक्त पदको तथ्याङक संकलन गरेर आयोग खुलाई पदपूर्ति गर्नुपर्छ नत्र, कर्मचारीदेखि सेवाग्राहीलाई सेवा प्रवाहमा समस्याहरू झन् बढ्दै जान्छन् ।’

लुम्बिनी प्रदेशमा कर्मचारीको दरबन्दी ८ हजारभन्दा माथि छ । तर, अहिले कार्यरत ६ हजारभन्दा पनि कम छन् । गुल्मीको धुर्कोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ज्ञानुराम पन्थीले प्रदेश लोकसेवा आयोगले कर्मचारी पदपूर्ति नगर्दा आफूहरूले समस्या भोग्दै आएको बताए । लुम्बिनी प्रदेशका १०९ पालिकाका ९८३ वडामध्ये १ सयभन्दा बढीमा प्रशासन बाहेकका कर्मचारीले वडा सचिवको काम गरिरहेका छन् । लुम्बिनी प्रदेशले ल्याउन लागेको निजामती ऐनमा पनि अहिले जिम्मेवारी र कामको विषय उठेको छ । कर्मचारी समायोजनसम्बन्धी कानून बमोजिम प्रदेश प्रमुख सचिव, प्रदेश मन्त्रालयका सचिव र पालिकाका प्रमुख प्रशासकीय अधिकृतहरू संघले खटाउने व्यवस्था छ ।

राष्ट्रिय स्वास्थ्यकर्मी महासंघका सचिव तथा रुपन्देहीका विभिन्न पालिकामा वडा सचिवको काम गरेका खगराज पोखरेल प्रशासनिक योग्यता भएको स्वास्थ्यको कर्मचारीले प्रशासनको सेवा चलाउने सक्ने दाबी गर्छन् । पोखरेलले एक पटकका लागि स्वास्थ्यका कर्मचारीलाई पनि सेवा परिवर्तन गरेर जान सक्ने अवसर दिनुपर्ने बताए । ‘प्रशासनतर्फ पनि तीन वटा उपसमूह छन् । प्रशासन, राजश्व र लेखा समूह छ,’ पोखरेलले भने, ‘स्थानीय तहमा अब यति धेरै उपसमूह आवश्यक छैन ।’ समायोजन भएर आउँदा स्वास्थ्यका कर्मचारी बढी भए भने प्रशासनका कर्मचारी कम हुँदा यो अवस्था सृजना भएको पोखरेलको भनाइ छ । 

रुपन्देहीको तिलोत्तमा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामेश्वर ढकाल प्रदेश सरकारले निजामती ऐन कार्यान्वयनमा नल्याउँदासम्म कर्मचारीको समस्या आइरहने बताउँछन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x