×

NMB BANK
NIC ASIA

उडानमा यात्रुको चाप

सडकको बेहालले ह्वात्तै बढे हवाई यात्रु, भैरहवा उडानका जहाज प्राय: ‘प्याक’

बुटवल | साउन २३, २०८०

NTC
Premier Steels

अहिले पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत पर्ने बुटवल–नारायणगढ खण्डमा यात्रा कष्टकर छ । ११४ किलोमिटर सडक विस्तारको काम निकै सुस्त बन्दा वर्षायाममा हिलो र पहिरोले जोखिम झन् बढी छ ।

Muktinath Bank

यही बेला नारायणगढ–मुग्लिन सडकमा पहिरो खसेर कतिबेला रोकिनुपर्ने हो कुनै ठेगान छैन । त्यस्तै पृथ्वी राजमार्गअन्तर्गत पोखरा–मुग्लिन निर्माणाधीन १०० किलोमिटर सडक पनि सकसपूर्ण छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तीनैतर्फका स्थलमार्ग हिलो, पहिरो र धुलोधुँवाका कारण कष्टपूर्ण बनेका छन् ।


Advertisment
Nabil box
Kumari

सडकको यो दूरावस्थाको भरपुर लाभ भने निजी हवाई कम्पनीहरूले लिइरहेका छन् । सडक यात्राको अप्ठ्यारो/अनिश्चितताले हवाई यात्रुको संख्या उल्लेख्य बढेको छ ।

Vianet communication

बुटवलबाट नारायणगढ, मुग्लिन हुँदै काठमाडौं आवत–जावत गर्ने सडक मार्ग सकसपूर्ण भएपछि अहिले यात्रुले भैरहवा–काठमाडौं हवाई रुट रोज्ने गरेका छन् । जसले गर्दा विभिन्न निजी एयरलाइन्स कम्पनीका विमानलाई यात्रु बोक्न भ्याइनभ्याइ छ । सडकका कारण हवाई यात्रामा भनेका बेला टिकट पाउनै मुस्किल पर्न थालेको छ । सबै उडानमा ९० प्रतिशतभन्दा बढी यात्रु रहेको सम्बन्धित एयरलाइन्स कम्पनीहरूले बताएका छन् ।   

अहिले बुद्धएयरले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौंका लागि दैनिक ९ वटासम्म उडान गर्न थालेको छ । बुद्धले हवाई यात्रु बढेपछि दैनिक ६ वटा उडानबाट भैरहवा–काठमाडौं रुटमा ९ उडान पुर्‍याएको हो ।

बुद्धएयर भैरहवाका म्यानेजर दर्शन घिमिरेले हवाई उडानमा पछिल्लो एक महिनायता पर्याप्त यात्रु रहेको बताए ।

‘भैरहवा–काठमाडौं दैनिक ६ वटा उडान थिए,’ घिमिरेले लोकान्तरसँग भने, ‘अहिले बिहान ७ बजेदेखि राति ९ बजेसम्म दैनिक ९ वटा उडान छन् । साथै भैरहवा–पोखरा पनि प्रत्येक दिन ७२ सीटे जहाजले उडान गरिरहेको छ ।’

उनले थपे, ‘सबै उडानमा यात्रु भरिभराउ छन् । यात्रु धेरै नै बढेका छन् । झरी र सडकले गर्दा हवाई यात्रु बढेका हुन सक्छन् । यात्रु बढ्नुको ठ्याक्कै कारणचाहिँ हामीलाई थाहा छैन ।’

बाँकेको नेपालगञ्ज विमानस्थलबाट पनि बुद्धएयरले पर्याप्त यात्रुसहित दैनिक ६ वटा उडान गर्दै आएको छ । बुद्धले अहिले पोखरा काठमाडौं उडान पनि १० बाट १४ पुर्‍याएको छ ।

बुद्धएयर नेपालगञ्जका प्रबन्धक विनित शाहले पर्याप्त यात्रुसहित बिहान साढे ९ बजदेखि राति साढे सात बजेसम्म दैनिक ६ वटा उडान गर्दै आएको जानकारी दिए । त्यस्तै श्री एयरलाइन्स र यती एयरलाइन्सले पनि पर्याप्त यात्रुसहित भैरहवा–काठमाडौं दैनिक ३/३ उडान गरिरहेका छन् । तर, यी कम्पनीले यात्रु पर्याप्त भए पनि उडानचाहिँ थप गरेका छैनन् ।

भैरहवाबाट दैनिक सरदर १ हजार २०० यात्रुको काठमाडौं आवत–जावत हुन्छ । श्री एयरलाइन्स भैरहवाका प्रबन्धक अनुज प्रधानले भैरहवामा कुनै पनि एयरलाइन्सलाई यात्रुको समस्या नभएको बताए । 

‘भैरहवा उडान गर्ने यात्रु दाङदेखि अर्घाखाँचीसम्मका पनि हुन्छन्,’ उनले भने, ‘७/८ घण्टा अघि बूकिङ नगरे टिकट पाइने अवस्था छैन ।’

नेपाल एयरलाइन्सले भने भैरहवामा उडान गर्दैन । लुम्बिनी प्रदेशमा भैरहवा र नेपालगञ्ज आन्तरिक उडानमा धेरै चल्ने विमानस्थल हुन् ।

यती एयरलाइन्सका महेश बरईले जोखिमपूर्ण सडक यात्राले गन्तव्यसम्म पुग्न घण्टौं लाग्ने भएकाले अहिले हवाई उडान राम्रो विकल्प बन्न थालेको बताए । पछिल्लो समय नेपालमा हवाई यात्रु बढेको बरईले जानकारी दिए ।

केही समयअघि नेपाल एयरलाइन्सको टुइनटर जहाजले गुल्मीको रेसुङगास्थित सिमीचौर विमानस्थलबाट काठमाडौंका लागि सातामा दुईवटा उडान शुरू गरे पनि केही महिनामै बन्द भएको छ ।

वर्षायाम शुरू भएपछि मौसमका कारण उडान तत्कालका लागि स्थगित भएको रेसुंगा नगरपालिकाले जनाएको छ । श्री एयरलाइन्सले भैरहवा विराटनगर उडान शुरू गरे पनि यात्रु अभावले उडान रोकिएको छ । 

भैरहवासँग निकै आशा गरेर शुरू भएको पूर्वका विभिन्न शहरसम्मको सिधा उडानले निरन्तरता पाएन । लुम्बिनीसँग जोडिएको गौतमबुद्ध विमानस्थललाई ‘बेस’ बनाएर विभिन्न प्रदेशमा उडान शुरू गर्न आवश्यक रहेको नाटा लुम्बिनीका अध्यक्ष रचना पन्तले बताइन् । सञ्चालनको एक वर्षभन्दा बढी हुँदा समेत गौतमबुद्ध विमानस्थल चल्न सकेको छैन । अहिले नेपाल एयरलाइन्सले घाटा खाएर मलेसिया–भैरहवा हप्तामा एउटा उडान (मंगलवार) गर्दै आएको छ । 

विमानस्थलका प्रबन्धक हंशराज पाण्डेले कुबेतको जजिरा एयरलाइन्सले पनि अप्रिल १९ देखि व्यावसायिक कारण देखाउँदै उडान स्थगन गरेको बताए ।

‘धेरै विदेशी विमान कम्पनीले उडानका लागि चासो देखाउँदै आएका छन,’ पाण्डेले भने, ‘चासो देखाउँछन्, तर गतिविधि देखाउँदैनन् । यात्रुको चाप हुँदाहुँदै पनि विमानस्थल पूर्णरूपमा चल्न सकेको छैन । सबैको ध्यान यतातर्फ जान आवश्यक देख्छु ।’

नारायणगढ–बुटवल र नारायणगढ–मुग्लिन सडक खण्डको सकसको मारमा पर्ने भएकाले यात्रुले हवाई यातायात रोज्ने गरेको बुटवलका यातायात व्यवसायी जीवनकुमार बञ्जाडेले बताए ।

‘चार वर्षदेखि निर्माण थालिएको सडकको दुर्दशा छ । सडकका कारण गाडी बिग्रेर ध्वस्त भए । बाटो कहिले बन्ने हो ठेगान छैन । सकसपूर्ण अवस्थामा पनि यातायात व्यवसायीले सेवा दिइरहेका छन्,’ बञ्जाडेले भने ।

लुम्बिनीसँग हवाई ‘कनेक्टिभिटी’ बढाउने भनेर प्रदेश सरकार र यहाँका पर्यटन व्यवसायीले चासो राख्दै आएका छन् । विश्वका बौद्ध धर्मालम्बीहरूको आस्थाको केन्द्र लुम्बिनीलाई पर्यटकीय ‘हब’ बनाउने भनिए पनि त्यसतर्फ काम हुन सकेको छैन ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x