×

NMB BANK
NIC ASIA

ट्राफिक व्यवस्थापनमा देखिएको समस्या समाधानका लागि संयुक्त कार्यदल बन्ने

काठमाडाैं | साउन २९, २०८०

NTC
Premier Steels

काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापनमा देखिएको समस्याहरू समाधानका लागि संयुक्त कार्यदल बनाएर समस्याको समाधान गरिने काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरिक्षक (डीआईजी) पोषराज पोखरेलले बताएका छन् । 

Muktinath Bank

सोमबार काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा ट्राफिक प्रहरी, यातायात व्यवसायी र मजदुरहरुबीच भएको छलफलपछि समस्याहरु समाधानका लागि लागि कार्यदल बनाउने प्रस्ताव   डिआइजी पोखरेलले गरेका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा गत माघ २ र फागुन ३ गते भएको सहमतिहरुको पूर्ण कार्यान्वयनमा ट्राफिक प्रहरी उदासिन देखिएको त्यसपछि समस्याहरु झन थपिएको विषयमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, अखिल नेपाल यातायात मजदुर संघ, नेपाल यातायात मजदुर संघ, नेपाल मिटर ट्याक्सी व्यवसायी संघको प्रतिनिधिहरुले चार महिना अघि काठमाण्डौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय सम्हालेका पोखरेलसंग भेटगरी समस्या सुल्झाउन आग्रह गरेका थिए । 
 
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले अधिकतम जरिवाना रकम असुल गरिरहेको, पार्किङ व्यवस्थापन गर्न नसकेको, पिक एण्ड ड्रपको व्यवस्थापन नगरेको, कारबाहीका क्रममा नियन्त्रणमा लिएका कागजपत्र संगठन र व्यवसायी प्रालिहरुलाई नदिएको, घर, ग्यारेज, विवाह ब्रतबन्धमा गएका सवारीसाधनलाई रुटपरमिट नकाटेको भन्दै जरिवाना गरेको, सवारीसाधनको अगाडीको बम्फर नहटाएको भनि कारबाही गरिएको, ट्राफिक प्रहरीहरुको व्यवहार र कार्यशैलीमा कुनै सुधार नआएको  जस्ता समस्याहरु सुल्झाउन आफुहरुले डिआइजी पोखरेलसंग आग्रह गरेको नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीमज्वाला राईले बताए । 


Advertisment
Nabil box
Kumari

डिआइजी पोखरेलले आफु यातायात मजदुर र व्यवसायीहरुको समस्याको बारेमा जानकार रहेको बताउँदै समस्याको समाधान गरिने प्रतिवद्धता व्यक्त गरेकाछन् ।  उपत्यकाको पिक एण्ड ड्रप, पार्किङ, ट्राफिक संकेत, चिन्हहरु व्यवस्थाका लागि सबैसंग सहकार्य गर्ने बताए । 

Vianet communication

अब चाँडै अर्को बैठक बसेर डिआइजी पोखरेलले भने झै कार्यदल गठन पछि समस्याहरुको साझा समाधानमा सक्रियतापूर्वक लाग्ने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले बताए । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x