असोज २६, २०८०
डम्मर बुढामगर पछिल्लो समय प्रविधिको विकास भएसँगै चोयाबाट बनेका डाला, डोका, नाङ्लोलगायत सामग्री बिक्न छोडेका छन् । आधुनिक प्रविधिबाट बनेका सामग्रीको प्रयोगका साथै परनिर्भर बन्दा स्थानीय सीप ओझेलमा पर्न था...
बुटवल | भदौ ६, २०८०
केउली थारू र सुदन थारू बुटवल उपमहानगरपालिका–१९ का स्थायी बासिन्दा हुन् । दुई थारू परिवार मोतिपुर र मनोहरापुरमा बसोबास गरेको वर्षौं भइसक्यो । केउली र सुदनको परिवार बुटवलका जमिन्दार स्व भरतसिंह मल्लको जग्गामा जोतभोग गर्दै आइरहेको थियो । हरूवा–चरूवा उनीहरूलाई भरतसिंहले बसोबास गर्दै आएको जग्गा दिने भनेर विश्वास दिलाएका थिए ।
तर, भरतसिंहको निधनपछि केउली र सुदन बस्दै आएको घरमा भरतसिंहकी छोरी अंगिला मल्लले जग्गा खाली गर्न भनेर घरमा डोजर चलाएपछि उनीहरूको बिचल्ली भएको छ । तीन पुस्तादेखि बस्दै आएको झुपडीमा जमिन्दारले डोजर लगाएर भत्काइदिएपछि दुई परिवार बेघरबार बनेका हुन् । अहिले जग्गा भरतसिंहको श्रीमती आगमदेवी मल्लको नाममा रहेको अंगिलाले बताइन् । केउलीका ससुरा रामचरण र श्रीमान् पूर्णवासी थारूले समेत सोही जग्गामा जोतभोग गर्दै आएका थिए । विसं २०३८ सालदेखि जोतभोग गर्दै आएका दुई परिवार अहिले सडकमा आइपुगेका छन् ।
‘हामी तीन पुस्तादेखि यहीँ साहुकोमा काम गर्दै आएको हौँ,’ केउलीले गहभरी आँसु पार्दै भन्छिन्, ‘हामीसँग जग्गाको नाममा एक टुक्रा पनि छैन । बस्दै आएको झुप्रो पनि भत्काइदिए । हाम्रो बोलिदिने र आवाज सुनिदिने कोही भएनन् ।’ लामो समय जग्गाको जोतभोग र रेखदेख गर्दै आएका सबै परिवारलाई स्व भगतसिंहले बस्ने बास नामसारी गरेरै दिने वचन दिँदै आएका थिए । चार जनाको परिवार बस्दै आएको घर जमिन्दारले नलैजानेमा आफूहरू विश्वस्त भएको केउलीकी छोरी संगीताले भनाइ छ । तर, भरतसिंहको निधनपछि छोरी अंगिला र उनका श्रीमान् आएर घर भत्काइदिएको उनको गुनासो छ ।
बास भत्काइदिएपछि केउलीको परिवार अहिले सोही ठाउँमा लामो समयदेखि बन्द रहेको जग्गाधनीको घरमा छन् । ‘मेरा ससुरा र श्रीमान्ले यही जमिन्दारको जोतभोग गर्दै बितेर गए । अहिले आएर हामीलाई अलपत्र पार्न खोजेका छन् । हामी कहीँ जाने ठाउँ छैन । हाम्रो पीडा र दुःख कसैले देखेनन्,’ केउलीले भनिन् । मजदुरी गरेर गुजारा गर्दै आएकी केउलीका दुई छोरा र एक छोरी छन् । ‘बेला–बेला आएर धम्काउँछन्,’ संगीता भन्छिन्, ‘अरु हामीजस्तैले धेरै चलाख भएर जग्गा पाए । साहुले दिन्छु भनेपछि ढुक्क हुँदा हामी भने अलपत्र परियो । हामीले धेरै केही मागेका छैनौं, अहिले बस्दै आएको ठाउँ हामीले दिए हुन्छ ।’ उनीहरू बस्दै आएको जग्गा साढे तीन कठ्ठाको छ । केउलीले न्यायका लागि बुटवल उपमहानगरपालिका न्यायिक समितिमा निवेदन पनि दिइन् । त्यसको कुनै सुनुवाइ भएन । बस्दै आएको जग्गा साहुले जसरी भए पनि केउलीको परिवारलाई दिनुपर्ने स्थानीय सीता रानाको माग छ ।
केउलीजस्तै त्यहाँका अन्य केही परिवारलाई स्व भरतसिंहले जग्गा नामसारी गरेर दिए पनि केउली र सुधनको परिवारलाई नदिएको सीताको भनाइ छ । सुदनको परिवारले जग्गा जोतभोग मात्र होइन उनीहरू वर्षाँैदेखि अगमदेवीको घरमा पनि काम गर्दै आएका छन् । यसलाई लिएर उनीहरू प्रहरीकहाँ पनि पुगेका थिए । तर, प्रहरीले उनीहरूलाई झनै दुःखी तुल्याएको उनीहरूको गुनासो छ । प्रहरीले तुरुन्त त्यहाँबाट हट्न र नहटे जे पनि हुनसक्ने चेतावनी दिने गरेको केउलीकी छोरी संगीता बताउछिन् । न्यायका लागि केउली र संगीता सबैसँग अनुनय–विनय गरिरहेका छन् । तर, उनीहरूको आवाज कसैले गम्भीर रूपमा नलिएको उनीहरूको दुःखेसो छ ।
नेपालको संविधानले प्रत्येक नागरिकलाई गास, बास र कपासको ग्यारेन्टी गरेको छ । वडा सदस्य तथा स्थानीय लक्ष्मी थारू पनि पुर्खाैंदेखि बसोबास गर्दै आएकालाई कुनै हालतमा उठाउन नपाइने बताउँछिन् । पीडित केउली र सुदनको पक्षमा आफू सधैँ लडिरहने लक्ष्मीले प्रतिबद्धता जनाइन् । भरतसिंहको जग्गा धेरै थियो, कतिले त जग्गा लिएर बेचबिखन गरेर यो ठाउँबाट हिँडिसके । तर, यी दुई थारू परिवारलाई साहुले दिन्छु भनेको समयमा नामसारी नहुँदा अहिले बिचल्ली पर्ने अवस्था आएको हो । केही वर्षअघि केउलीका श्रीमान पूर्णवासीको निधन भयो । जसले गर्दा अहिले उनीहरूले जग्गा जोत्न पनि छाडेका छन् । जमिन्दारले पनि मनोहरापुर क्षेत्रको धेरै जग्गा बिक्री गरिसकेका छन् । यसर्थ, ज्यान पाल्नमात्रै पनि केउलीको परिवारलाई मजदुरी गर्ने वाध्यता छ ।
नेपालको संविधान २०७२ को भाग (३)अन्तर्गत् धारा १६ ले प्रत्येक व्यक्तिलाई सम्मानपूर्वक बाँच्न पाउने अधिकार प्रत्याभूत गरेको छ । सोही भागको धारा २५ ले प्रत्येक नागरिकलाई कानूनको अधिनमा रही सम्पत्ति आर्जन गर्ने, भोग गर्ने, व्यावसायिक लाभ प्राप्त गर्ने र सम्पत्तिको अन्य कारोबार गर्न सक्ने अधिकारहरू दिएको छ ।
तर, केउली र सुदनको परिवार भने यसबाट बञ्चित भएको पाइएको छ । यसबारे जिज्ञासा राख्दा उपमहानगरपालिका– १७ का अध्यक्ष चन्द्रसिंह थापाले आफू केउली र सुदनको पक्षमा लाग्ने प्रतिबद्धता जनाए । निमुखा केउली र सुदनको परिवारले उक्त ठाउँमा जग्गा पाउनुपर्ने उनको भनाइ छ ।
‘भरतसिंहका छोरीज्वाइँ अहिले हाबी भएर भूमिहीन दुई थारू परिवारलाई अफ्टयारो पारेका सुन्छु,’ अध्यक्ष थापाले भने, ‘उनीहरूले जग्गा पाउनुपर्छ । मेरो तर्फबाट उनीहरू सक्दो सहयोग गर्नेछु । उनीहरू वास्तविक निमुखा हुन् । उनीहरू धेरै कुरा पनि थाहा छैन ।’
तर, अर्कोतिर जमिन्दार भरतसिंहकी छोरी अंगिला भने भूमिहीनलाई जग्गा दिन राजी छैनन् । आफ्नो परिवारको नाममा रहेको जग्गामा जे गर्ने पनि अधिकार आफूहरूमा रहेको नै निहीत रहेको उनले दाबी गरिन् । ‘यो विषय मेरो सरोकारको विषय होइन,’ उनी भन्छिन्, ‘उनीहरू तीन पुस्ता त्यहाँ बसेका होइनन् । आफ्नो जग्गा हाम्रो परिवारको अधिकारको विषय हो ।’
डम्मर बुढामगर पछिल्लो समय प्रविधिको विकास भएसँगै चोयाबाट बनेका डाला, डोका, नाङ्लोलगायत सामग्री बिक्न छोडेका छन् । आधुनिक प्रविधिबाट बनेका सामग्रीको प्रयोगका साथै परनिर्भर बन्दा स्थानीय सीप ओझेलमा पर्न था...
दोधारा चाँदनी– सुदूरपश्चिमका गाउँ–बस्ती यतिबेला देउडा गीतले गुञ्जायमान छन् । गौरापर्वको अवसरमा देउडा, ढुस्को, धुमारी र ठाडो खेलको रौनक सुदूरका हरेक बस्तीमा छाएको छ । काठमाडौंको टुडिखेलदेखि पश्च...
रुपन्देहीको एक गौतम परिवारले बुहारीलाई छोरीजस्तै अन्माएर पठाएका छन् । गुल्मीको चन्द्रकोट गाउँपालिका–२ शान्तिपुर घर भई हाल रुपन्देहीको सैनामैनामा बस्दै आएका लक्ष्मीधर गौतमले बुहारीलाई दोस्रो विवाह ...
मुस्लिम समुदायलाई लक्षित गरी सामाजिक सञ्जाल फेसबूकमा लेखिएको ‘स्टाटस’ले बाँकेको नेपालगञ्जमा सम्भावित धार्मिक द्वन्द्वलाई लिएर चिन्ता बढेको छ । मुस्लिम समुदायलाई गाली गरेर सामाजिक सञ्जालमा लेखिएको उक्...
बाजुराको बूढीनन्दा नगरपालिकाकी एक महिलाले सुत्केरी हुन स्वास्थ्य संस्था जाने क्रममा बीच बाटोमा बच्चा जन्माएकी छन्। बूढीनन्दा–४ कुरुकी ३१ वर्षीया पानसरा रोकायाले स्वास्थ्य संस्था जाने क्रममा सुत्केरी व्यथा ला...
बागलुङ नगरपालिका ५ स्थित साझखोलामा गतवर्ष सामुदायिक वन र स्थानीयवासीको सक्रियतामा चर्खे पिङ हालियो । चर्खे पिङ संरक्षण गर्ने उद्देश्यले यहाँको सुनाखरी सामुदायिक वन र स्थानीय युवाको सक्रियतामा चर्खे पिङ हालि...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...