×

NMB BANK
NIC ASIA

आधुनिक प्रविधिबाट बनेका सामग्रीको प्रयोग र परनिर्भरताले स्थानीय सीप ओझेलमा

बाग्लुङ | असोज २६, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel
  • डम्मर बुढामगर

पछिल्लो समय प्रविधिको विकास भएसँगै चोयाबाट बनेका डाला, डोका, नाङ्लोलगायत सामग्री बिक्न छोडेका छन् । आधुनिक प्रविधिबाट बनेका सामग्रीको प्रयोगका साथै परनिर्भर बन्दा स्थानीय सीप ओझेलमा पर्न थालेका हुन् ।

Muktinath Bank

‘पहिले–पहिले गाईभैँसी, भेडाबाख्रा चराउन जङ्गल जाने, दिनभर निगालोको चोयाबाट डाला, नाङ्ला र डोको बुन्ने गथ्र्यौँ । महिना दिन लगाएर बुनेका डाला नाङ्ला एकै दिनमा बिक्री हुन्थे । त्यसबाट मनग्ये आम्दानी हुन्थ्यो’, ढोरपाटन–९ का ८३ वर्षीय लिलबहादुर घर्तीमगरले भने । उनले आफ्नो युवा उमेरमा चोयाबाट थुप्रै किसिमका सामग्री बनाएर बिक्री गरेको स्मरण गर्दै अहिले प्लास्टिकका सामग्रीले चोयाका सामान विस्थापित गरिदिएको बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अहिले आफ्नै घरमा पनि प्लास्टिकका नाङ्लो र गाग्री प्रयोग गर्न थालेको घर्तीमगरको भनाइ थियो । प्रविधिको बढ्दो विकाससँगै स्थानीय परनिर्भर बन्दै गएका उनले बताए ।


Advertisment
Nabil box
Kumari

आफ्नो पालामा नुन, भाँडाकुँडा र लत्ताकपडाबाहेक अन्य सामान बाहिरबाट नल्याएको स्मरण गर्दै पछिल्लो समय गाउँमा सबैले आयातित सामान प्रयोग गर्ने गरेका घर्तीमगरको भनाइ थियो । 

Vianet communication
Laxmi Bank

अहिले पनि केही बूढापाकाले चोयाबाट सामग्री बनाउने गरेका भन्दै उनले आधुनिक सामग्रीको प्रयोगका कारण ती बिक्री नहुने बताए । ‘आफूहरू दशैं, माघेसङ्क्रान्ति र चैते दशैंका बेला दर्जनौं डोका, नाङ्लो बोकेर बजारमा बिक्री गर्न जाने गरिन्थ्यो । फर्किँदा घरमा चाहिने सामान लिएर आउथ्यौं’, घर्तीमगरले स्मरण गरे ।

स्थानीय प्रेमबहादुर सुनारले आफू ११ वर्ष हुँदादेखि डालो, नाङ्लो बुन्दै आएको सुनाउँदै अहिले पनि बुन्ने गरेको बताए । पहिले एकै सिजनमा रू डेढ लाखको चोयाका सामग्री बेच्ने गरेकामा अहिले बिक्री नै हुन छाडेको उनको भनाइ थियो । 

बाउ, बाजे र काकाबाट मान्द्रो, डालो, नाम्लो, दाम्लो र नाङ्लो बुन्न सिकेको भन्दै नयाँ पुस्ताले यसप्रति चासो नदेखाउँदा सीप हस्तान्तरण हुन नसकेको सुनारले गुनासो गरे । काको हातखुट्टा चल्न छाडेपछि स्थानीयस्तरमा भएका कला, सीप र संस्कृति लोप भएर जाने खतरा बढेको भन्दै एक दशकदेखि गाउँमा प्लास्टिकका भाँडाकुँडा र डालो, नाङ्लो पुगेपछि चोयाबाट बुनेका सामान प्रयोग गर्न छोडेका उनले जानकारी दिए ।

चोयाबाट बनेका डालो, नाङ्लो, डालोलगायत सामग्री प्लास्टिकको तुलनामा निकै बलियो हुने बताउँदै सुनारले स्थानीय उत्पादनभन्दा आयातित सामानप्रति आकर्षण बढी भएकाले मौलिक सीपबाट बनेका सामानले बजार नपाएको गुनासो गरे । डालो, नाङ्लो वनमा गएर गजिङ, मालिङका चोया निकालेर बुन्न निकै समय लाग्ने भन्दै बजार नपाउँदा आफूहरूको मेहनत खेर गएको उनले दुःखेसो पोखे ।

‘अहिले ७० वर्षको भए । अझै पनि हातमा सीप छ । दिनभरि लगाएर सामान बुन्ने हो, बिक्री नहुँदा दुःख लाग्छ । अहिले वर्षभरि रू ५० हजारको सामान बेच्न पनि मुस्किल हुन्छ’, सुनारले भने, ‘हाम्रा पालामा मानापाथी चल्थे । अहिलेको जस्तो एक किलो, दुई किलो भन्ने थिएन । व्यापारीले पाँच मानादेखि १० पाथीसम्मका ठाला राख्थे, मेला महोत्सवमा पनि धेरै सामान बिक्थे ।’

बडिगाडका होमबहादुर सिंजालीले पहिले बिस्कुन सुकाउन, गोठ छाउनका लागि चोयाका मान्द्रो, बलाङ प्रयोग गर्ने गरेको भन्दै अहिले प्लास्टिकका त्रिपाल बढी चल्ने गरेको बताए । उतिबेला गोठालाले लेक, बेँसीमा गोठा हाल्दा चोयाकै बलाङले छाउने गरे पनि अहिले लेकका टुम्पासम्म पानीकागज र त्रिपाल पुग्न थालेको उनको भनाइ थियो ।

सिंजालीले पहिले गाउँका अधिकांश स्थानीयले अल्लो, भेडाको ऊन, भाँगोको लोक्ताबाट कपडा बनाउने गरेको भन्दै अहिले त्यो प्रचलन नै हराएको बताए ।

उनले भने, ‘दशौं वर्ष अगाडिका धेरै चालचलन र सीप अहिले हराउँदै गएका छन् । गाउँ र वस्तीमा मोटर गुड्न थाले । मोटर गाडीले शहरबजारका सामान सर्लक्कै गाउँ ल्याउँछ । ती सामान देख्दा राम्रो भए पनि हाम्रा जमानाका जस्ता बलियो र गुणस्तरीय हुँदैनन् । अबको केही वर्षपछि डालो, नाम्लो केही देख्न पाइने छैन ।’

hAMROPATRO BELOW NEWS
TATA Below
भदौ ९, २०८०

दोधारा चाँदनी– सुदूरपश्चिमका गाउँ–बस्ती यतिबेला देउडा गीतले गुञ्जायमान छन् । गौरापर्वको अवसरमा देउडा, ढुस्को, धुमारी र ठाडो खेलको रौनक सुदूरका हरेक बस्तीमा छाएको छ । काठमाडौंको टुडिखेलदेखि पश्च...

मंसिर २०, २०८०

बाजुराको बूढीनन्दा नगरपालिकाकी एक महिलाले सुत्केरी हुन स्वास्थ्य संस्था जाने क्रममा बीच बाटोमा बच्चा जन्माएकी छन्। बूढीनन्दा–४ कुरुकी ३१ वर्षीया पानसरा रोकायाले स्वास्थ्य संस्था जाने क्रममा सुत्केरी व्यथा ला...

असोज १६, २०८०

मुस्लिम समुदायलाई लक्षित गरी सामाजिक सञ्जाल फेसबूकमा लेखिएको ‘स्टाटस’ले बाँकेको नेपालगञ्जमा सम्भावित धार्मिक द्वन्द्वलाई लिएर चिन्ता बढेको छ । मुस्लिम समुदायलाई गाली गरेर सामाजिक सञ्जालमा लेखिएको उक्...

भदौ ६, २०८०

केउली थारू र सुदन थारू बुटवल उपमहानगरपालिका–१९ का स्थायी बासिन्दा हुन् । दुई थारू परिवार मोतिपुर र मनोहरापुरमा बसोबास गरेको वर्षौं भइसक्यो । केउली र सुदनको परिवार बुटवलका जमिन्दार स्व भरतसिंह मल्लको ...

असोज ३०, २०८०

ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा मङ्गलवार एकै दिन दुई हजार बढी तीर्थयात्री पुगेका छन् ।  मुलुकका विभिन्न क्षेत्रबाट देवीको पूजा आराधना तथा मन्दिरको दर्शनका लागि एकै दिनमा दुई हजार पाँच सय...

भदौ ९, २०८०

धरानको भानु चौकमा धेरै चहलपहल हुने गर्छ । कोशी प्रदेशका पहाडी जिल्लामा आउने–जाने सवारीसाधन यही चोकमा भेला हुने गर्छन् । चोकमा एउटा बरको रुखमा चौतारो पनि छ । दिन कटाउनका लागि बूढापाकादेखि युवासम्म य...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x