असोज २६, २०८०
डम्मर बुढामगर पछिल्लो समय प्रविधिको विकास भएसँगै चोयाबाट बनेका डाला, डोका, नाङ्लोलगायत सामग्री बिक्न छोडेका छन् । आधुनिक प्रविधिबाट बनेका सामग्रीको प्रयोगका साथै परनिर्भर बन्दा स्थानीय सीप ओझेलमा पर्न था...
धरान | भदौ ९, २०८०
धरानको भानु चौकमा धेरै चहलपहल हुने गर्छ । कोशी प्रदेशका पहाडी जिल्लामा आउने–जाने सवारीसाधन यही चोकमा भेला हुने गर्छन् । चोकमा एउटा बरको रुखमा चौतारो पनि छ । दिन कटाउनका लागि बूढापाकादेखि युवासम्म यही चौतारामा आएर गफ गर्छन् । पहाड र तराईको सम्बन्ध गाँस्ने चौतारीसमेत यसलाई भनिन्छ । तर शुक्रवार भने भानु चौकमा प्रहरी परिचालन थिए भने सधैँ भिड हुने चौतारोमा केही मानिसमात्रै देखिन्थे ।
यही चौतारोमा धरान उपमहानगरपालिका– ५ का मनकुमार मयुङ पनि गफ गरेर बसिरहेका थिए । उनी धरानमा बसेको ३ दशक भन्दा बढी भयो । उनलाई धार्मिक विषयलाई लिएर निषेधाज्ञा भएकोबारे आफ्नो धारणा राखे । ‘जातीय र धार्मिक द्वन्द्व भनेको सल्किएको आगोजस्तै हो । अहिलेसम्म हामी सबै मिलेर बसेका छौँ,’ उनले भने, ‘अब पनि मिलेर नै बस्न चाहन्छाैँ । हिजोजस्तो थियो भोलि पनि त्यस्तै होस् भन्ने मेरो चाहना छ ।’
मयुङसँगै गफ गरेर बसेका थिए मनबहादुर विश्वकर्मा । २०५९ सालमा संखुवासभाको चैनपुरबाट उनी धरान झरेका हुन् । उनी हाल धरान– ११ मा बस्छन् । उनी ज्याला मजदुरी गरेर जीवन बिताउने गर्छन् । जात र धर्मका नाममा सद्भाव भड्किने खालका कुनै पनि गतिविधि नहोस् भन्ने आफ्नो चाहना रहेको उनले सुनाए । उनले सबै धर्म मान्नेले सबैको सम्मान गर्नुपर्ने बताए ।
त्यही चौतारामै एकजना जनजाति समुदायका मानिस भेटिए । उनले धर्मका नाममा धरानमा जातीय दङ्गाको खतरा बढेको हल्ला फैलिएको कारणबारे आफ्नो धारणा राखे । ‘अरुको धर्मलाई असर पर्नेगरी कुनै पनि गतिविधि गर्नु हुँदैन । सामाजिक सञ्जालमा राख्नु हुँदैन,’ उनले भने ।
शान्ति सुरक्षालाई मध्यनजर गरेर जिल्ला प्रशासन कार्यालय सुनसरीले धरानमा गएराति देखि २४ घण्टे निषेधाज्ञा जारी गरेको थियो । निषेधाज्ञाका कारण गएराति देखिनै बाक्लो मात्रामा धरान छिर्ने नाकाहरूमा प्रहरी परिचालन गरिएको थियो । सार्वजनिक तथा निजी यातायातका साधनलाई समेत आवतजावत गर्न रोक लगाइएपछि तेह्रथुम, संखुवासभा, धनकुटा लगायतका जिल्लामा जाने यात्रु अलपत्र बनेका छन् ।
इटहरीमा भेला भएका हिन्दू धर्मसँग आबद्ध विभिन्न संघ सङ्गठनहरू भने नारा जुलुस गर्दै इटहरी– २० को पानीपियासम्म पुगेका थिए । पानीपिया निषेधित क्षेत्र हो । धरान भने दिनभरी नै शान्त रह्यो । हिन्दू अभियन्ताले शनिवार धार्मिक र्याली आव्हान गरेपछि त्यसको प्रतिकार गर्ने भन्दै प्रचार गरिएपछि धरानका राजनीतिक दल नागरिक समाज र जनप्रतिनिधिले चासो दिएका थिए ।
नागरिक अगुवा, राजनीतिक दल, जनप्रतिनिधिहरूले शान्ति सद्भावलाई लिएर चिन्ता जनाएका थिए ।
बाहिर चर्चा भए जसरी धरानमा धार्मिक सद्भाव खलबलाउने गरी कतै पनि गतिविधि र चर्चा नभएको स्थानीले बताए । सामाजिक सञ्जालमा प्रचार भए जस्तो अवस्था नभएको धरान उपमहानगरपालिकाका पूर्वमेयर तिलक राईले स्पष्ट पारे । यहाँ कुनै पनि समुदायले असुरक्षित महसुस गरेका छैनन् । ‘धरानमा भर्खर–भर्खर आएर बसेकाहरूले अलिक बढी चर्चामा आउनका लागि त्यस्तो गरेको देखिन्छ । सामाजिक सञ्जालमा चर्चा भएजस्तो धरानको अवस्था पनि छैन,’ उनले भने ।
यस विषयमा धरान उपमहानगरपालिका गम्भीर नभएको उनले आरोप लगाए । हल्ला हुनासाथ धर्मगुरू र समाजका अगुवाहरूलाई राखेर छलफल गरेको भए सबै कुरा समाधान यसअघि नै भइसक्ने उनको भनाइ थियो ।
धरानका समस्यालाई लिएर मेयर हर्क साम्पाङले कुनै सरसल्लाह नगर्ने गरेको उनको आरोप छ । धरानलाई धार्मिक पर्यटनको नगरी मान्निछ । यहाँ पिण्डेश्वर, बूढासुब्वा, दन्तकाली लगायतका हिन्दू तथा किरात धर्मलम्बीहरूका मठ–मन्दिर छन् । अनावश्यक हल्लाले धरानको धार्मिक पर्यटनमा असर पर्ने पूर्वमेयर राईले चिन्ता व्यक्त गरे ।
यद्यपि, आफूलगायत इटहरीका दुईजना पूर्वमेयरले बालसन्त जगतगुरु मोहन चरणलाई भेटेर यसबारे छलफल गरेको उनले जानकारी थिए । उनका अनुसार इटहरीमा पूर्वमेयरहरू मनोज मेनाङ्वो र कुमारबहादुर कार्कीले पनि बालसन्तलाई भेटेका हुन् ।
निषेधाज्ञाको परिस्थिति आउनु दुःखद भएकाले अब कस्तो धरान बनाउने भन्ने चिन्ताको विषय भएको दन्तकाली मन्दिरका पुजारी तथा संरक्षक शम्भु खनालले बताए ।
गोरु काटेर खाएको भिडियो तथा फोटो सामाजिक सञ्जालमा आएपछि प्रहरीले धरानबाट दुई व्यक्तिलाई गत ९ साउनमा नियन्त्रणमा लिएको थियो । त्यसपछि धार्मिक द्वन्द्व बढाउने खालका गतिविधि भएका थिए ।
बालगोपाल मन्दिरनजिकै चर्च बनाइएको भन्दै हिन्दू धर्मालम्बीहरूले विरोध गरिरहेका बेला गोरुको मासु खाएको भिडियो तथा फोटाे सार्वजनिक भएको थियो । त्यसपछि हिन्दूधर्मालम्बी थप आक्रोशित बनेका थिए । त्यसपछि हिन्दू धर्म पक्षधरहरूले विरोधस्वरुप आज सभा र्याली निकाल्ने कार्यक्रम तय थियो । यसलाई मध्यनजर गर्दै आज निषेधाज्ञा जारी भएको हो ।
धरानका मेयर हर्क साम्पाङ र राजनीतिक दलले शुक्रवार अलग–अलग वक्तव्य जारी गरी सबै पक्षलाई संयमित हुन अपिल गरेका थिए । शुक्रवार राजनीतिक दलहरूले सद्भाव र्याली निकालेका थिए । अहिले धरानको जनजीवन सामान्य बन्दै गएको छ ।
डम्मर बुढामगर पछिल्लो समय प्रविधिको विकास भएसँगै चोयाबाट बनेका डाला, डोका, नाङ्लोलगायत सामग्री बिक्न छोडेका छन् । आधुनिक प्रविधिबाट बनेका सामग्रीको प्रयोगका साथै परनिर्भर बन्दा स्थानीय सीप ओझेलमा पर्न था...
मोरङको बेलबारी नगरपालिका– १० की शान्ता निरौलाले खेती किसानी गर्छिन् । किसानले गाईबस्तु नपाल्ने कुरै भएन । अहिले उनलाई गाईबस्तुलाई के खुवाउने भन्ने चिन्ताले सताएको छ । वर्षभरि गाईबस्तुलाई खुवाउने भनेर र...
चन्द्रकला भण्डारी, झापा– घरेलु हिंसाबाट पीडित महिला न्यायका लागि प्रहरीकहाँ पुग्ने गरे पनि अधिकांश मुद्दा सहमतिमै टुङ्गिने गरेका छन् । झापामा विगत तीन वर्षमा घरेलु हिंसाका ६२२ उजुरी प्रहरी कार्यालयमा दर्त...
बाजुराको बूढीनन्दा नगरपालिकाकी एक महिलाले सुत्केरी हुन स्वास्थ्य संस्था जाने क्रममा बीच बाटोमा बच्चा जन्माएकी छन्। बूढीनन्दा–४ कुरुकी ३१ वर्षीया पानसरा रोकायाले स्वास्थ्य संस्था जाने क्रममा सुत्केरी व्यथा ला...
बागलुङ नगरपालिका ५ स्थित साझखोलामा गतवर्ष सामुदायिक वन र स्थानीयवासीको सक्रियतामा चर्खे पिङ हालियो । चर्खे पिङ संरक्षण गर्ने उद्देश्यले यहाँको सुनाखरी सामुदायिक वन र स्थानीय युवाको सक्रियतामा चर्खे पिङ हालि...
मुस्लिम समुदायलाई लक्षित गरी सामाजिक सञ्जाल फेसबूकमा लेखिएको ‘स्टाटस’ले बाँकेको नेपालगञ्जमा सम्भावित धार्मिक द्वन्द्वलाई लिएर चिन्ता बढेको छ । मुस्लिम समुदायलाई गाली गरेर सामाजिक सञ्जालमा लेखिएको उक्...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...