×

NMB BANK
NIC ASIA

धार्मिक तनाबको चपेटामा बाँके

धरानजस्तै सामाजिक सञ्जालले बिथोलेको नेपालगञ्ज !

बुटवल | असोज १६, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

मुस्लिम समुदायलाई लक्षित गरी सामाजिक सञ्जाल फेसबूकमा लेखिएको ‘स्टाटस’ले बाँकेको नेपालगञ्जमा सम्भावित धार्मिक द्वन्द्वलाई लिएर चिन्ता बढेको छ । मुस्लिम समुदायलाई गाली गरेर सामाजिक सञ्जालमा लेखिएको उक्त उत्तेजनात्मक स्टाटसले नेपालगञ्जमा हिन्दू र मुस्लिमबीच धार्मिक द्वन्द्वको केन्द्र बनाउने प्रयास भएको देखिएको हो ।

Muktinath Bank

सामाजिक सञ्जालको दुरूपयोगले केही समयअघि सुनसरीको धरानमा पनि यस्तै अवस्था सिर्जना भएको थियो । मुस्लिम धर्मावलम्बीको आस्थामा आँच पुर्याउने गरी फेसबूकमा लेखिएको स्टाटसमाथि ‘कमेन्ट’ गरिएको भन्दै असोज १४ गते आइतबार नेपालगञ्जका मुस्लिम समुदायका युवाले जिल्ला प्रशासन कार्यालय, बाँकेअगाडि विरोध प्रदर्शन गरेका थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

null 


Advertisment
Nabil box
Kumari

‘स्टाटस’ र ‘कमेन्ट’ हेरेर त्यहाँका मुस्लिम समुदाय रुष्ट थिए । उनीहरूको असन्तुष्टिलाई बाहिर निस्कनबाट रोक्न भनेर मंगलवार धार्मिक सद्भाव कायम गर्न बिहान ८ बजे नेपालगञ्जको बीपीचौकबाट र्‍याली निकालियो । सामाजिक सद्भाव बलियो बनाउन निकालिएको उक्त र्‍यालीपछि फेरि बिहान ११ बजेतिर ओमकार परिवारले अर्को र्‍याली निकाल्यो ।

Vianet communication
Laxmi Bank

 ओमकार परिवारको र्‍यालीमा झडप र तनावग्रस्त अवस्था सिर्जना भएपछि निशेधाज्ञा (कफ्यू आदेश) जारी गर्नुपरेको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी (प्रजिअ) टोपेन्द्रबहादुर केसीले जानकारी दिए ।

‘ओमकार परिवार हिन्दू समाजले निकालेको र्‍यालीका क्रममा विवाद उत्पन्न भयो,’ केसीले लोकान्तरतसँग भने, ‘हामीले अहिले धेरैजना जम्मा भएका भीडहरू हटाइरहेका छौं । व्यापक रुपमा प्रहरी परिचालन भएको छ । सम्भावित घटना हुन नदिन प्रशासन लागिरहेको छ ।’ सहायक प्रजिअले थपे, ‘धर्ममाथि आक्षेप लगाएर सामाजिक सञ्जालमा लेख्ने व्यक्तिको प्रशासनले खोजी गरिरहेको छ । हामी त्यसबारे अनुसन्धान गर्दैछौंं ।’ लेख्ने व्यक्ति को हुन् र कहाँका हुन् भन्ने विषयमा प्रशासनले खुलाएको छैन । तर, उनी बाँकेको नरैनापुर गाउँपालिकाका युवा रहेको बताइएको छ ।

null 

सम्भावित मुठभेडको संकेत टार्न नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रभित्र दिउँसो १ बजेदेखि निषेधाज्ञा जारी छ । निशेधाज्ञा लगाइए पनि विभिन्न ठाउँमा मानिस बाहिर निस्केको बताइएको छ । हिन्दू र मुस्लिम समुदायबीच धार्मिक सद्भाव बिग्रिने अवस्था मूल्याङ्कन गरेर निषेधाज्ञा जारी गरिएको बाँकेका पजिअ विपिन आचार्यले बताए । अफ्टयारोस्थिति निम्तिन नदिन कफ्यू लगाइएको उनको भनाइ छ ।

बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) सन्तोषसिंह राठौरले शान्ति सुरक्षा कायम गर्ने दिशामा सबैसँग समन्वय भइरहेको बताए । ‘सार्वजनिक सम्पत्ति तोडफोड, ढुंगामुडा प्रहार, उच्छृंखल गतिविधिका कारण सर्वसाधारणको सुरक्षामा पर्नसक्ने सम्भावित जोखिम एवं शान्ति भंग हुन सक्ने अवस्था आएपछि प्रशासनले कफ्यू लगाइएको हो,’ एसपी राठौरले भने, ‘नेपालगञ्ज नगर क्षेत्र पूर्वमा राप्ती नदी पुल, पश्चिममा खजुरा रोडको इन्द्रपुर जाने बाटो, उत्तरमा राँझा चोक र दक्षिणमा जमुनाहा नाका किल्लाभित्र कसैले भेला हुन, सभा–समारोह गर्न, जुलुस र्‍याली गर्न, हुल हुज्जत गर्न र हिंड्डुल गर्न समेत पाइँदैन ।’ 

null

नेपालगञ्जमा बेला–बेला हिन्दू र मुस्लिमबीच टकराबको अवस्था आइरहन्छ । नेपालगञ्जमा गाई काट्ने गरेको आरोप हिन्दूहरूले लगाउँदै आएका छन् । गाई काटेर खानेलाई प्रहरीले बेला–बेला पक्राउ गरी आवश्यक अनुसन्धान पनि गर्दै आएको छ । नेपालगञ्जमा जनसंख्याका हिसाबले हिन्दू र मुस्लिमको बराबरजस्तै छन् । नेपालगञ्ज पश्चिम नेपालको प्रमुख व्यापारिक केन्द्र तथा प्रमुख शहर पनि हो । अहिले बसाइसराइको केन्द्र पनि नेपालगञ्ज नै बनेको छ । नेपालगञ्जमा सदभाव कायम गर्नुपर्ने अवस्था आएको नेपालगञ्ज उपमहानगरपालिकाका उपप्रमुख कमरुद्धिन राईले बताउँछन् । 

‘स्टाटस’ लेख्ने व्यक्ति नरैनापुर गाउँपालिका शिक्षकका छोरा रहेछन्,’ राईले लोकान्तरसँग भने, ‘त्यसप्रति प्रशासनले चासो नदिँदा आज स्थिति तनाबग्रस्त बन्न पुग्यो । ती व्यक्तिलाई नियन्त्रणमा लिएर कारबाही गरेको भए यो अवस्था आउने थिएन ।’ 

null

नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले सबै समुदाय संयमित हुनुपर्ने बताए । नेपालगञ्जलाई अशान्त पार्न खोजिएको भन्दै सद्भाव कायम गर्न नगरपालिका प्रयन्तशील रहेको विष्टको भनाइ छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सांसद डा धवलशमशेर राणाले नेपालगञ्जमा सद्भाव कायम गर्न आग्रह गरेका छन् ।

प्रतिनिधिसभामा विशेष समय लिएर बोल्दै सांसद राणाले दुई समुदायबीच सद्भाव भड्किने भ्रामक सन्देश प्रवाह गरिएको भन्दै त्यस्तो गर्नेहरूलाई कारबाही गर्न माग गरे । पछिल्लो समय बढ्दो सामाजिक सञ्जालको प्रयोगले विभिन्न अफ्ठ्यारो अवस्था र अशान्ति निम्ताउने काम भइरहेकाेमा नेपालगञ्जबासीहरू चिन्तित देखिएका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
भदौ ६, २०८०

केउली थारू र सुदन थारू बुटवल उपमहानगरपालिका–१९ का स्थायी बासिन्दा हुन् । दुई थारू परिवार मोतिपुर र मनोहरापुरमा बसोबास गरेको वर्षौं भइसक्यो । केउली र सुदनको परिवार बुटवलका जमिन्दार स्व भरतसिंह मल्लको ...

भदौ ९, २०८०

धरानको भानु चौकमा धेरै चहलपहल हुने गर्छ । कोशी प्रदेशका पहाडी जिल्लामा आउने–जाने सवारीसाधन यही चोकमा भेला हुने गर्छन् । चोकमा एउटा बरको रुखमा चौतारो पनि छ । दिन कटाउनका लागि बूढापाकादेखि युवासम्म य...

पुस १४, २०८०

मोरङको बेलबारी नगरपालिका– १० की शान्ता निरौलाले खेती किसानी गर्छिन् । किसानले गाईबस्तु नपाल्ने कुरै भएन । अहिले उनलाई गाईबस्तुलाई के खुवाउने भन्ने चिन्ताले सताएको छ । वर्षभरि गाईबस्तुलाई खुवाउने भनेर र...

मंसिर २०, २०८०

बाजुराको बूढीनन्दा नगरपालिकाकी एक महिलाले सुत्केरी हुन स्वास्थ्य संस्था जाने क्रममा बीच बाटोमा बच्चा जन्माएकी छन्। बूढीनन्दा–४ कुरुकी ३१ वर्षीया पानसरा रोकायाले स्वास्थ्य संस्था जाने क्रममा सुत्केरी व्यथा ला...

असोज २९, २०८०

बागलुङ नगरपालिका ५ स्थित साझखोलामा गतवर्ष सामुदायिक वन र स्थानीयवासीको सक्रियतामा चर्खे पिङ हालियो ।​ चर्खे पिङ संरक्षण गर्ने उद्देश्यले यहाँको सुनाखरी सामुदायिक वन र स्थानीय युवाको सक्रियतामा चर्खे पिङ हालि...

चैत ४, २०८०

रुपन्देहीको एक गौतम परिवारले बुहारीलाई छोरीजस्तै अन्माएर पठाएका छन् । गुल्मीको चन्द्रकोट गाउँपालिका–२ शान्तिपुर घर भई हाल रुपन्देहीको सैनामैनामा बस्दै आएका लक्ष्मीधर गौतमले बुहारीलाई दोस्रो विवाह ...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x