×

NMB BANK
NIC ASIA

बाढीले तटबन्ध नै बगायो, बेल्ही गाउँ असुरक्षित

सिरहा | भदौ ९, २०८०

NTC
Premier Steels

बिहीबार रातिदेखि परेको अविरल वर्षापछि बलान नदीमा आएको बाढीले बेल्हीमा तटबन्ध नै बगाएको छ । बलान बिहुल गाउँपालिका–४ बेल्ही टोललाई नदीबाट सुरक्षित बनाउन लगाइएको तटबन्ध र स्पर बाढीले बगाएपछि बेल्ही गाउँ असुरक्षित भएको हो ।

Muktinath Bank

सो स्थानमा गत वर्ष पनि बाढीले क्षति पुर्‍याएपछि जलस्रोत तथा सिँचाइ विकास डिभिजन सप्तरीले नौ सय मिटर जतिको तटबन्ध लगाएको थियो । तर बिहीबार रातिको बाढीले ५० प्रतिशत तटबन्ध बगाएको वडा नम्बर–४ का वडाध्यक्ष लक्ष्मीनारायण झाले बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तटबन्ध बगाएर बेल्ही नयाँ टोलका १५ घरपरिवार जोखिममा परेका छन् भने मोती गुप्ता, भुटाइ गुप्ता, गङ्गाराम यादव, सजन यादव, बैजनाथ यादव, मुस्तकिम मियाँ घरमा पानी पसेको छ । अहिले पानीको स्तर कम भए पनि जोखिम कायमै रहेको वडाध्यक्ष झाले जानकारी दिए । उनले भने, “बाढीले तटबन्ध भत्किदाँ किसानले लगाएको धानबालीमा व्यापक क्षति भएको छ ।” 


Advertisment
Nabil box
Kumari

स्थानीयवासीले जिल्लाबाट आएका प्रशासनका टोली र बलान बिहुल गाउँपालिकाले भत्किएको बाँध बनाई बस्ती जोगाउनेतर्फ कुनै ध्यान नदिएको गुनासो गरेका छन् । जलस्रोत तथा सिँचाइ विकास डिभिजन सप्तरीले बनाएको तटबन्ध पनि कमसल रहेको र आफूहरूको आँखामा छारो हाल्ने मात्र काम गरिएको स्थानीय महेन्द्र यादवले गुनासो गरे । 

Vianet communication

“यस्तो बाढीले बगाउने तटबन्ध कस्तो होला । सबै हाम्रो आँखामा छारो हाल्ने काम मात्रै गरिएको छ”, उनले भने । नदीको बाँध तीन ठाउँमा भत्किएर बस्तीमा बाढी पस्दा जनजीवन प्रभावित भएको स्थानीय विश्वनाथ यादवले बताए । उनका अनुसार दुई ठाउँमा ५०–५० मिटर र एक ठाउँमा सय मिटर जति बाँध भत्किएको छ । ‘गुणस्तरीय बाँध निर्माण नहुँदा बाँध भत्किएको हो । 

लगातारको वर्षाले बलान नदीमा आएको बाढीले बलान बिहुल गाउँपालिका–१ मल्हनियाँ–२ दिघिया–३ दुधैला–४ बेल्हीमा बाढीको पानी पसेको गाउँपालिकाले जनाएको छ । कटान नियन्त्रणका लागि चारवटै वडामा जेसिभी तयारी अवस्थामा राखिएको र बाढीबाट हुने असरलाई कम गर्न जनचेतनामूलक सन्देश माइकिङमार्फत भइरहेको  गाउँपालिका अध्यक्ष खेमचन्द्र यादवले बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x