
कानून, न्याय तथा मानवअधिकार समितिको सभापतिमा माओवादीकी विमला सुवेदीको उम्मेदवारी दर्ता भएको छ ।
सुवेदीको प्रस्तावक माओवादीकै पूर्वबहादुर घर्ती तथा समर्थक कांग्रेसका रमेश लेखक र एमालेका महेश बर्तौला छन् ।

संसद्का १० विषयगत समितिमा सत्ता गठबन्धन र प्रतिपक्षी एमालेबीच भागबण्डा भएको हो, जसमा कांग्रेसले ४, एमालेले ३, माओवादी, जसपा, नेकपा एस, जनमत र राप्रपाले एक-एक सभापति पाएका छन् ।
माओवादीले आफ्नो भागमा परेको पूर्वाधार विकास समितिको सभापति राप्रपालाई दिएको छ ।
उम्मेदवार बन्ने तयारी गरेका माओवादीका माधव सापकोटा अन्ततः राप्रपाका दीपक सिंहको समर्थक बसेका छन् ।