×

NMB BANK
NIC ASIA

दक्षिण एसियाली न्युरोसर्जरी शिखर सम्मेलन नेपालमा हुने

काठमाडाैं | भदौ ११, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

आठौँ दक्षिण एसियाली न्युरोसर्जरी शिखर सम्मेलन दक्षिण एसियाको न्युरोसर्जरी अर्थात् स्नायु शल्यचिकित्सासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा हुने भएको छ ।

Muktinath Bank

नेपाल न्युरोसर्जन समाजका अध्यक्ष डा प्रवीण श्रेष्ठका अनुसार यही सेप्टेम्बर ७ देखि ९ तारिख (भदौ २१ देखि २३ गते)सम्म आठौँ दक्षिण एसियाली न्युरोसर्जरीसम्बन्धी तीन दिने शिखर सम्मेलन काठमाडौंमा हुन लागेको हो । यो सम्मेलन सन् १९९९ मा पहिलोपल्ट नेपालबाट नै सुरु भएको थियो । त्यसपछि सन् २०१२ मा दोस्रो पटक गरी नेपालमा हालसम्म यो सम्मेलन दुई पटक भइसकेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विगत करिब ६ वर्षदेखि र कोरोना भाइरस महामारीको समयमा यो सम्मेलन हुन नसकिरहेको बेलामा नेपाल न्युरोसर्जन समाजले आठौँ शिखर सम्मेलन नेपालमै आयोजना गर्न लागेको डा श्रेष्ठले जानकारी दिए ।


Advertisment
Nabil box
Kumari

उनका अनुसार नेपालमा हाल करिब एक सय १२ जना सक्रिय न्युरोसर्जन रहेका छन् र देशका विभिन्न भागमा सेवारत छन् । तीमध्ये करिब ५० प्रतिशत काठमाडौँ उपत्यकामै कार्यरत छन् । बाँकी आधा देशका अन्य स्थानमा कार्यरत छन् । हाल देशको सातै प्रदेशमा न्युरोसर्जनको उपस्थिति रहेको हुनाले न्युरोसर्जरीसम्बन्धी सेवा देशभर पुगेको छ ।

Vianet communication
Laxmi Bank

सन् १९८८ मा स्व डा उपेन्द्र देवकोटाले नेपालमा पहिलोपल्ट आधुनिक न्युरोसर्जरी सेवा सुरु गरेपश्चात् देशमा यो सेवाको सुरुआत भई विस्तार हुँदै गएको हो । हाल नेपालमा रहेका न्युरोसर्जन सङ्ख्याको हिसाबले पर्याप्त नभए तापनि सातै प्रदेशमा न्युरोसर्जनको उपस्थिति हुनु उत्साहजनक कुरा हो ।

नेपालको पूर्वी र तराई क्षेत्रमा न्युरोसर्जनको सङ्ख्या प्रशस्त भए पनि पश्चिम र पहाडी क्षेत्रमा न्युरोसर्जरी सेवा अझै न्यून रहेको छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार करिब एक लाख जनसङ्ख्याका लागि एक न्युरोसर्जनको आवश्यकता पर्दछ । नेपालमा हाल यो अनुपात करिब सवा एक लाख जनसङ्ख्याका लागि एक न्युरोसर्जन रहेको छ जुन त्यति नराम्रो होइन ।

दक्षिण एसियाका अन्य देशमा यो अनुपात नेपालको भन्दा कमजोर देखिन्छ । भारतमा करिब दश लाख जनसङ्ख्याका लागि एक न्युरोसर्जन रहेको छ भने बङ्गलादेशमा पनि झन्डै उस्तै अवस्था रहेको छ । पाकिस्तानको अवस्था निकै नाजुक रहेको देखिन्छ । त्यहाँ करिब ५० लाख जनसङ्ख्याका लागि एकमात्र न्युरोसर्जन रहेको छ । श्रीलङ्कामा करिब आठ लाखका लागि एक न्युरोसर्जन रहेको छ भने मल्दिभ्समा करिब एक लाखको लागि एक न्युरोसर्जन रहेको छ । भुटानमा न्युरोसर्जन र न्युरोसर्जरी सेवाको अझै पनि धेरै कमी देखिन्छ ।

नेपाल न्युरोसर्जन समाजले नेपालमा न्युरोसर्जरी सेवा र न्युरोसर्जरी शिक्षाको विकासका लागि धेरै योगदान पुर्याउँदै आएको छ । हाल देशमा बर्सेनि विभिन्न शिक्षण अस्पतालबाट करिब दश जना न्युरोसर्जन उत्पादन हुँदै आएको छ भने देशका सातै प्रदेशमा वर्षैभरि नेपाल न्युरोसर्जन समाजअन्तर्गत न्युरोसर्जरीसम्बन्धी विभिन्न गोष्ठी तथा सम्मेलन हुने गरेको छ । –रासस–

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x