×

NMB BANK
NIC ASIA

पाकिस्तानविरुद्ध नेपालको फितलो प्रदर्शन

काठमाडाैं | भदौ १३, २०८०

NTC
Premier Steels

 एसिया कप क्रिकेटअन्तर्गत पाकिस्तानविरुद्धको खेलमा नेपालले फितलो खेल प्रदर्शन गरेको छ । नेपालले बलिङ र ब्याटिङ दुबैमा कमजोर खेल प्रदर्शन गर्यो । 
पाकिस्तानको मुल्तान रङ्गशालामा टस हारेपछि नेपालले पहिला बलिङ गरेको थियो । 
पाकिस्तानले नेपालविरुद्ध ब्याटिङ गर्ने क्रममा निर्धारित ५० ओभरको खेलमा ६ विकेट गुमाउँदै तीन सय ४२ रन बनायो । तीन सय ४३ रनको लक्ष्य पछ्याएको नेपालको पारी एक सय चार रनमै समेटियो । पाकिस्तानले नेपाललाई दुई सय ३८ रनले हरायो । 

Muktinath Bank

पाकिस्तानका लागि कप्तान बाबर आजम र इफ्तीखार अहमदले शतक प्रहार गरे ।  आजमले एक सय ३१ बल खेल्ने क्रममा चार छक्का र १४ चौकाको मद्दतमा एक सय ५१ रन बनाए । एक सय ३ एकदिवसीय खेलमा २८ वर्षीय कप्तान आजमको यो १९औँ शतक हो । नेपालविरुद्धको शतकसँगै आजमले हालसम्म पाँच हजार दुई सयभन्दा बढी बनाइसकेका छन् । यस अवधिमा उनले पाकिस्तानका लागि २८ अद्र्धशतकसमेत प्रहार गरिसकेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पाकिस्तानका अर्का खेलाडी अहमदले ७१ बल खेल्दै अविजित एक सय नौ रन बनाए । यस क्रममा अहमदले चार छक्का र ११ चौका प्रहार गरे । ३२ वर्षीय अहमदको १५औँ एकदिवसीय खेलमा यो पहिलो शतक हो । उनले एकदिवसीय खेलमा एक अद्र्धशतकसमेत प्रहार गरेका छन् । यस्तै पाकिस्तानका लागि मोहमद रिजवानले ४४ र फखर जमानले १४ रन बनाए ।    


Advertisment
Nabil box
Kumari

बलिङतर्फ नेपालका लागि सोमपाल कामीले दुई तथा सन्दिप लामिछाने र करण केसीले एक एक विकेट लिए । 

Vianet communication

तीन सय ४३ रनको विजयी लक्ष्य पछ्याउने क्रममा नेपालका लागि सोमपाल कामीले २८, आरिफ शेखले २६ र गुल्सन झाले १३ रन बनाए । बलिङतर्फ पाकिस्तानका लागि शदाब खानले चार, शाहीन शाह अफ्रिदी र हरिश रउफले दुई दुई तथा नशिम शाह र मोहमद नवाजले एक एक विकेट लिए । 

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख १८, २०८१

भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्सले दिल्ली क्यापिटल्समाथि जीत दर्ता गरेको छ ।  सोमबार राति घरेलु मैदान इडेन गार्डेनमा भएको खेलमा उत्कृष्ट फर्ममा रहेको कोलकाताले द...

मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x