×

NMB BANK
NIC ASIA

दुई सय २० केभी डबल सर्किट प्रसारण लाइनको काम तीव्र गतिमा

नवलपरासी | भदौ २८, २०८०

NTC
Premier Steels

नवलपरासी (बर्दघाट सुस्तापश्चिम)को सुनवलबाट बर्दघाटसम्मको दुई सय २० केभी डबल सर्किट प्रसारण लाइन क्षेत्रका रुख कटानको अनुमति पाएसँगै निर्माणको कामले गति लिएको छ ।

Muktinath Bank

प्रसारण लाइनअन्तर्गत पर्ने रुख कटानको अनुमति पाएसँगै सुनवलबाट बर्दघाटसम्मको दुई सय २० केभी डबल सर्किट प्रसारण लाइन निर्माणको कामले गति लिएको हो । यही भदौ ५ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भरतपुरबाट नवलपरासीको बर्दघाटसम्म दुई सय २० केभीको डबल सर्किट प्रसारण लाइनको उद्घाटन गरेका थिए । सोही प्रसारण लाइनमा अहिले निर्माण भइरहेको विद्युत् प्रसारण लाइन बर्दघाट पुगेर जोडिने छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसअघि समयमै रुख कटानको अनुमति नआउँदा प्रसारण लाइन निर्माणका लागि म्याद थप गर्नुपरेको थियो । गत वर्षको भदौ १५ गतेसम्म निर्माण सम्पन्न गर्नुपर्ने भए पनि वन मन्त्रालयबाट रुख कटानको अनुमति नपाउँदा प्रसारण लाइनको काम सुरु हुन नसकेपछि आयोजना सम्पन्न गर्न एक वर्षको समय थपिएको आयोजना प्रमुख विश्वरञ्जन मिश्रले बताए ।


Advertisment
Nabil box
Kumari

“एक्काइस किलोमिटर लामो प्रसारण लाइनअन्तर्गत पर्ने वन क्षेत्रमा १५ हजार रुख कटान गर्नुपर्ने प्रारम्भिक प्रक्षेपण गरिए पनि दोस्रो सर्वेक्षणले कममात्रै रुख कटान गर्नुपर्ने निष्कर्ष निकालेपछि अनुमतिमा ढिलाइ भएको थियो”, उनले भने।

Vianet communication

दुई चरणमा कटान गर्ने गरी रुख काट्ने अनुमति प्राप्त भएकामा हालसम्म दुई हजार रुख कटान भइसकेको छ । उक्त प्रसारण लाइन विस्तार क्षेत्रमा कुल पाँच हजार आठ सय रुख कटानको अनुमति प्राप्त भएको आयोजना प्रमुख मिश्रले बताए ।

थपिएको म्यादअनुसार यही वर्षको पुस मसान्तसम्ममा काम सक्ने गरी पावर चाइना सेप्कोले रु ६० करोड लागतमा प्रसारण लाइन निर्माणको काम गरिरहेको छ ।

नवलपरासी (बर्दघाट सुस्तापश्चिम)को सुनवल नगरपालिका–१३ सूर्यबस्तीमा यसअघि नै रु एक अर्ब ८० लाखको लागतमा न्यू बुटवल सबस्टेसन निर्माण भइसके पनि प्रसारण लाइनको काम पूरा नहुँदा दुई सय २० केभीको डबल सर्किट प्रसारण लाइन भरतपुरसम्म जोड्ने योजना अधुरो बनेको थियो । रासस

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x